ट्रेंडिंग:

>> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी

‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल, १५ बैशाख । गुल्मी जन्म भई समाजमा शैक्षिक र राजनीतिक अभियानमा लागेको स्वर्गिय दिवाकर ज्ञवालीको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली काग्रेस पार्टीका नेता चन्द्र भण्डारीले ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ शनिबार बुटवलमा लोकार्पण गर्दै देशको परिस्थिति बदल्न र मुलुक बनाउन सबै नेपाली एक हुनुपर्ने सुझाव दिए । समाज विकासमा सबै एकजुट भएर लाग्नुपर्ने उनको सुझाव थियो । ‘अब जुट्नुपर्ने अबस्था आएको छ ।’—उनले भने । नेता सरल, सामाजिक उतरदायित्व बहन गर्ने साधारण हुनुपर्ने तर्क दिदै उनले यस्ता नेता देश हाक्न सक्ने दाबी गरे ।

लोकार्पण कार्यक्रममा पुर्व मन्त्री प्रदीप ज्ञवालीले युगद्रष्टा दिवाकर ज्ञवाली शिक्षक मात्रै नभई कुशल राजनीतिज्ञका रुपमा रहनुभएको स्मरण गरे । स्वर्गिय गुरु दिवाकर ज्ञवाली अग्रेजी भाषामा ठुलो बिद्ववान भएको र तत्कालिन पन्चायतकालमा विभिन्न भाषाका पुस्तकहरुलाइ नेपालीमा अनुबाद गरेर आफुजस्तै राजनीतिक युवाहरुलाई बौद्धिक बनाउन सहयोग गरेको बताए ।

श्रममा सबैलाई जोड्दै समाज अघि बढाउने अभियान जस्ता महत्वपूर्ण काम तत्कालिन समयमा भएको दिवाकर स्मृति प्रतिस्ठानका अध्यक्ष भोजराज ज्ञवालीले बताए ।

कार्यक्रममा स्वर्गिय ज्ञवालीका समकालिन अग्रजहरु चिकित्सक ज्योतिन्द्रमान बजिमय, ज्ञानेश्वर सरस्वती, झबिन्द्रमान बजिमय, तिलकराम आचार्य, परमानन्द ज्ञवाली, लिलबहादुर मल्ल, कृष्णचन्द्र गैरे, रामजी खनालका छोरा कमलराज खनालले सम्मान अर्पण गरेका थिए ।

स्मृति ग्रन्थ सम्पादन समितिमा प्रधान सम्पादक प्राडा हिरण्यमान ज्ञवाली, सम्पादकहरुमा रुद्र ज्ञवाली, कलाधर अर्याल, हरि ज्ञवाली, गुरुदत्त ज्ञवाली, कृष्णराज गौतम रहेका थिए ।

प्रतिष्ठानको स्थापना र यसबाट आगामी दिनमा गरिने कार्यक्रमबारे जानकारी गराउदै कान्छासुपुत्र शिव ज्ञवालीले बुबाको योगदानलाई स्मरण हुने गरि समाजसेवामा प्रतिष्ठान अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np