ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द !

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

नवलपरासी, २५ बैशाख । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउँदै सेवा थप गर्ने क्रममा विगत चार बर्षदेखि बन्द रहेको बालरोग विशेषज्ञ सेवा पुनः सुचारु गरेको छ । बालरोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भएपछि रोकिएको बालरोग विशेषज्ञ सेवा पुनः सञ्चालनमा आएको हो ।

बालरोग विशेषज्ञ चिकित्सक डा.रोशन पौडेल अस्पतालमा हाजिर भएपछि सो सेवा सुचारु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सर्जन चिकित्सक डा.किरण पाण्डेले जानकारी गराए । केही महिनादेखि सिए सहितको महिला तथा प्रसूती सेवा दिँदै आएपनि प्रसूति पछिको शिशु (बालक) लाई आवश्यक विशेषज्ञ सेवा दिनमा समस्या थियो, उनले भने, समान्य रूपमा शिशु तथा बालकलाई उपचार तथा सेवा दिँदै आएको भए पनि विशेषज्ञ चिकित्सक भन्ने थिएनन्, तर अहिले बालरोग विशेषज्ञ चिकित्सक आई पुगेका छन् ।

अहिले उक्त सेवा सुचारु भई रहेको छ । उनी यो अस्पतालमा आउनुसँगै अस्पतालमा सिक न्युरेटर केयर युनिट (एसएनसिय) सञ्चालनका लागि तालिममा पठाउने अवसर पनि आएको थियो । सो तालिम लिएर बालरोग विशेषज्ञ सहित अन्य स्वास्थ्यकर्मीहरू आई सकेका छन् । छिट्टै एसएनसियु सेवा पनि अस्पतालले सञ्चालन गर्ने अवस्थामा पुगेको निमेसु डा.पाण्डेले बताए । यसले गर्दा एसएनसियुका लागि यस क्षेत्रका शिशु तथा बालबालिकालाई बाहिर पठाउनु पर्ने बाध्यता पनि टरेको छ ।

पृथ्वीचन्द्र अस्पतालमा विगतका केही घटनाले बदनाम हुँदै आएको हुँदा अस्पतालमा विशेषज्ञ चिकित्सक आउन नमान्ने अवस्था थियो । तर अहिले अस्पतालको वातावरण चिकित्सक मैत्री हुँदै गएको अनुभूति पनि भएको छ । यहाँका नागरिक समाजको तर्फबाट पनि सहयोग हुँदै आएको छ । सबैको सद्भावमा वृद्धि भई रहेको छ । यसले गर्दा विशेषज्ञहरूलाई यो अस्पतालमा काम गर्नका लागि प्रोत्साहित गर्दै आएको निमेसु डा.पाण्डेले बताए । अस्पतालमा विशेषज्ञ चिकित्सकहरू क्रमशः थपिँदै गएका छन्, उनले भने, यो परासी क्षेत्रकै लागि सुखद कुरा हो । तर चिकित्सकलाई निरन्तर राखी राख्नका लागि पनि आर्थिक स्रोतको ब्यवस्थापन अझै चुनौती नै रहेको छ । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् । सरकारी समय भन्दा अतिरिक्त समयमा पनि चिकित्सकहरूले विरामीलाई सेवा दिँदै आएका छन् । तर ति चिकित्सकका लागि आवश्यक सहायक स्तरका स्वास्थ्यकर्मीहरूको आवश्यकता रहेको छ ।

अस्पतालका अनुसार अहिले दैनिक साढे ४ सय देखी ५ सय सम्म विरामी अस्पतालमा आउन थालेका छन् । छिमेकी रूपन्देही जिल्ला देखी भारत उत्तर प्रदेशको महराजगँज जिल्ला र विहार प्रदेशको चम्पारनसम्मका बिरामी अस्पतालमा सेवा लिन आउने गरेका छन् । निर्माण सम्पन्न भई सकेको नयाँ अस्पताल भवन जति सक्दो हस्तानान्तरण हुन्छ, त्यती नै चाडो अस्पतालको अन्य सेवा विस्तारमा सहायक हुने अस्पताल प्रशासनले जनाएको छ । नयाँ भवन हस्तानान्तरका प्रकृया छिट्टै अगाडि बढाई दिनका लागि स्वास्थ्यमन्त्रीलाई समेत भ्रमण गराई सकिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले जानकारी गराए । भवन हस्तानन्तरका लागि लुम्बिनी प्रदेश सरकारसँग निरन्तर पहल भई रहेको छ,उनले भने, छिट्टै हस्तान्तरणमा हामी विश्वस्त छौ । भवन निर्माणकार्य सम्पन्न भई सकेको छ, निर्माण कम्पनीले भुतmानी नपाएको भन्दै हस्तानान्तरणमा ढिलाई भई रहेको बताउदै आएको छ ।

पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक, जीन स्पट सेवा, संस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

नयाँ भवन हस्तानान्तरण पछि स्वास्थ्यमन्त्रीको सुझाव अनुसार अस्पतालको क्षमता १ सय सैयाको बनाउने र शैक्षणिक कार्यक्रम पनि शुभारम्भ गर्ने लक्ष्य रहेको छ । यसले यस क्षेत्रका विद्यार्थीलाई पनि स्टाफनर्स र स्वास्थ्य सहायक जस्ता अध्ययन गर्न सहज हुनुका साथै सो जनशतिmले अस्पताल सञ्चालनमा सहयोगी हुने छन् । विरामीको चाप बढ्दै गएका कारण उनीहरूको सैद्धान्तिक पठनपाठनसंगै ब्यवहारिक ज्ञानका लागि प्रयोगात्मक गर्न समेत पाउने छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?