ट्रेंडिंग:

>> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ !

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

भैरहवा, २७ बैशाख ।

“न रहे बाँस न बजे बाँसुरी” यो चर्चित भनाइ जस्तै अवस्थामा पुगेको छ भैरहवा ५३ को जिन्दगी । बाँसै नभएपछि कसरी बाँसुरी बज्छ होला ? ढल्किंदो उमेर न त कसैको साथ न कसैको साहारा । पैसाले मात्रै भरिँदैन मन, आशा र भरोसा । तिनै एकल महिलाको सहारा बन्ने आश देखाउँदै आउँछन् ती पुरुष ।

ती एकल महिलाको जिन्दगी फिल्मी स्टायलमा सुरु हुन्छ अनि टक्क रोकिन्छ । आशा र भरोसा निराशामा परिणत हुन्छ । सुन्दा पत्यार नलाग्ने जस्तो तर ब्यवहारमा भोग्नेलाई मात्र थाहा हुने एउटा वास्तविक घटनाको पीडा भोग्दै छिन्, भैरहवा–५३ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर (साविक वडा नं १३ ) का ३६ बर्षिय सिद्धार्थ गुरुङले ती एकल महिलालाई ललाई फकाई गर्दै जबरजस्ती करणी गर्दै सम्पत्ति समेत हात पार्न सफल भएको पीडित महिलाको गुनासो छ ।
३६ वर्षिय गुरुङ आफू भन्दा उमेरले धेरै जेठी महिलासंग नजिकिँदै जान्छन् । यो ३।४ वर्ष पहिलेको कुरा हो । एकल महिला, मन र धन भएकी महिलासंग बिस्तारै नजिकिँदै जान्छन् । पीडित महिलाको भनाई अनुसार महिलाको घरसम्म बिभिन्न बहाना बनाउँदै सहयोगी भावले घरमा जाने आउने क्रम चलिरहन्छ । कहिले एक्लै बसेर टिभि हेर्दै बस्छन्, कहिले दिउँसै त्यहि सोफा मै सुत्छन् ।

‘सदा झैँ घर आउने जाने क्रम चलिरहन्छ, एक दिन दिनभर मेरो घर बसेर आफ्नो घर जाने बेलामा हग गरेर बाई भनी विदा हौं न भन्यो, हग गर्नु त्यस्तो आपत्तिजनक के भो र भन्ने सोचेर सहमति जनाएं तर उसले जोडले गलत मनसायका साथ हग गरेपछि मलाई असह्य भयो, मैले आपत्ति जनाउंदै चिच्याउं भनेर भनेपछि ऊ त्यस्तो हैन भन्दै घरबाट निस्कियो’– भैरहवा ५३ ले भनिन् – ‘त्यो घटनापछि केही दिनसम्म बोलचाल र सम्पर्क भएन, केही दिनपछि उसले माफी माग्छु भनेपछि मैले ठिकै छ भने बोलाएँ , ऊ घर भित्र आयो अनि ढोकाको चुक्कुल लगाएर मेरो कपडा उतारेर एक्कासी जबरजस्ती करणी ग¥यो, करणी गरेपछि भिडियो समेत खिचेछ, अनि भाग्यो ।’

केही समय पछि फेरि फोनमा कुराकानी हुंदा माफी माग्छु भनेको तर आफूले भिडियो फोटो डिलिट गर्न आग्रह गर्दा उल्टै भिडियो सार्वजनिक गरेर भाइरल गराउने धम्की दिन थालेको भैरहवा ५३ को दावी छ । ‘भेट हुदा भिडियो डिलिट गर्छु भन्ने तर के के बहाना बनाउंदै तर्किने गर्दा भिडियो हटाउंछ की भन्ने आशले उसंग वाध्यताले टाढिन नसकेको हो’– भैरहवा ५३ भन्छिन् –‘उसले मेरो वाध्यताको फाइदा उठाउंदै योजना बनाएर मलाई माया गरेजस्तै गरी गल्ती भयो भन्दै भिडियो छैन डिलिट भयो भन्दै जालमा पारेर सबै सम्पत्ति र शरीर लुट्दै गयो ।’ पीडक पुरुषले २०८० माघ १७ गतेका दिन बेलुका साढे ७ बजे पिजा लिएर घरमा आउँदै छु भनेर घरमा आई जबरजस्ती करणी गरी घरका चेक, नगद तथा मुल्यवान सामान, गर गहना पैसा समेत लिएर गएको भैरहवा ५३ को दावी छ ।

गुरुङले योजनावद्ध रुपमा आफ्नो इज्जत र सम्पति सबै लुटेको महसुस गरेपछि न्यायको लागि प्रहरीको शरणमा पुगेको पीडितको भनाई छ ।

एकल महिलालाई ब्ल्याकमेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थलाई बैशाख ६ गते पक्राउ गरेको थियो । गुरुङले २०७८ सालदेखि धाकधम्की दिएर पटक पटक ती महिलालाई यौन शोषण गरेको, श्रीमतिसंग राम्रो सम्बन्ध छैन भन्दै प्रभावमा पारेको, लालसा देखाएको, चलअचल सम्पत्तिहरु जबरस्ती लिने काम गरेको आरोप सहित भैरहवा ५३ ले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएकी थिइन् ।

सिद्धार्थले पहिलोपटक जबरजस्ती करणी गरेको तस्वीर र भिडियो बनाएर राखेको र त्यसपछि भनेको नमाने उक्त भिडियो र तस्वीर सबैलाई देखाउने भन्दै ब्ल्याकमेल गर्दै पटकपटक करणी गर्ने गरेको भैरहवा ५३ को आरोप छ । सिद्धार्थले ती महिलासँग पटक पटक गरेर ५ करोड भन्दा बढी रकम पनि लगेको आरोप छ । उक्त रकम बापत दिएको प्रमाण सुरक्षित रहेको उनको दावी छ । सिद्धार्थ गुरुङले दबाब र प्रभाव आधारमा पक्राउ परेकै दिन विरामीको कागजात पेश गरी भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालको डिलक्स रुममा बसेका थिए । तर यसबारे समाचार आएपछि उनी हाल प्रहरीको थुनामै छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी मनोहर भट्टले महिलाले जबरजस्ती करणीको उजुरी गरेको अबस्थामा मुद्दा दर्ता गरी कारबाही हुने बताए । कसैले उजुरी दिएको समयदेखि २५ दिनसम्म प्रहरीले अनुसन्धान गर्ने समय हुन्छ ।
आर्थिक वर्ष ०८०।८१ को चैतसम्म जबरजस्ती करणीका मुद्दाहरु जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १ सय ९२ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये हाल गुरुङ सहित २ जनाको जबरजस्ती करणीमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?