Logo
११ मंसिर २०७९, आईतवार
तनहुं १ मा रामचन्द्र पौडेल विजयी

बुटवल,८ मंसिर । तनहुँ १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित हुंदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका पुर्व कांग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले

लमजुङमा देव गुरुङलाई हराउंदै एमालेका पृथ्वीसुब्बा विजयी

बुटवल,८ मंसिर । लमजुङको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र

प्युठान प्रदेश सभामा एमालेका शर्मा र कांग्रेसका राणा विजयी

बुटवल,८ मंसिर । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीलाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए । प्रदेश सभा २ मा नेपाली कांग्रेसका

रुपन्देही–५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी

बुटवल, ७ मंसिर । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पाटीका

उदयपुर २ मा एमाले विजयी

काठमाडौं, ६ मंसिर । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै

धांधली भएको भन्दै गोर्खामा पुनः मतदान गर्न एमालेको माग

बुटवल,५ मंसिर । नेकपा एमाले लगायतका दलले सत्ता गठबन्धनबाट धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् ।

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षिय योगेश विजयी

बुटवल,५ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । एउटा क्षेत्र रहेको यहां कांग्रेसका यागेश गौचन थकाली विजयी भएका छन् । उनी कांग्रेसबाट पटक पटक सांसद भएका रोमी गौचन थकालीका छोरा हुन् । उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । ७ हजार २३० मत खसेको

स्याङ्जा २ का ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै उजुरी

बुटवल,५ मंसिर । स्याङ्जा २ का चार बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । कांग्रेस कार्यकर्ताहरुल्े अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका

अखिल नेता ऐडीको  प्रहरीको गोली लागेर मृत्यु

बुटवल,५ मंसिर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुने सञ्जीव ऐडी नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलको सुदुर पश्चिम बिश्वबिद्यालय कमिटीका अध्यक्ष रहेको खुलेको छ । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर

हृदयेश त्रिपाठी विरुद्ध भ्रम फैलाएको भन्दै चौधरी ग्रुपका कर्मचारी पक्राउ

नवलपरासी, १ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलियाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हृदयेश त्रिपाठी विरुद्ध गलत प्रचारबाजी गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विनोद चौधरीद्वारा संञ्चालित चौधरी गुु्रपमा कार्यरत बर्दघाट १ मोतिबस्ती बस्ने कृष्ण बहादुर रानालाई त्रिपाठी विरुद्ध प्रचार गरेको भन्दै प्रहरीले

सम्वन्धित समाचारहरु