ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न
काठमाडौं महानगरको युवालक्षित कार्यक्रम

निःशुल्क सीपः सीपसँगै जागिरको अवसर

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

काठमाडौं, २६ वैशाख ।

धेरै पहिलेदेखि फेसन डिजाइनिङ कोर्ष गर्र्ने रहर पालेकी काठमाडौं मनमैजुकी सरस्वती ढकालको रहर काठमाडौं महानगरपालिकाले टँुडिखेलमा आयोजना गरेको सीप तालिममा सहभागी भएपछि पूरा भएको छ ।

सीप तालिममा सहभागी भएर बाहिरिदै गरेकी ढकालले फेसन डिजाईनिङ कोर्ष गर्ने पहिलेदेखिकोे रहर काठमाडौं महानगरले पूरा गरिदएको बताइन् । ‘रहर पूरा गर्नुका साथै सीप सिकेर आफै केही गरौं भनेर तालिम लिएको हो’, उनले भनिन् । महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक पेजमा सूचना देखेर उनका श्रीमानले तालिम लिन उनलाई सुझाएका थिए । श्रीमानको सुझाव अनुसार उनले अनलाईन फर्म भरिन् । फेसन डिजाईनिङ कोर्षका लागि सिलाईकटाई जानेको हुनुपर्ने रहेछ । सिलाईकटाई तालिम पहिल्यै लिईसकेकी उनी तालिमका लागि छनौट पनि भईन् । महानगरले संचालन गरेको फेसन डिजाईनिङ कोर्ष १५ दिनको छ । ‘तालिममा सबै सुविधा छ । घरबाट केही ल्याउन पर्दैन । सबै त्यहीं उपलब्ध हुन्छ, जे चाहिए पनि । तर, समय थोरै भयो । १५ दिन भन्नुभएको छ, पछि थप्ने कुरा पनि छ, यसको क्षेत्र ठुलो छ । के हुन्छ हेरौ !’ उनले भनिन् । तालिम असाध्यै राम्रो भएको तर, समय भने अलि कम भएको सहभागीहरुले बताएका छन् ।

त्यस्तै , भर्खरै माध्यामिक तहको पढाइ सकेका दोलखाका प्रकाश गोले पनि कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङको तालिम लिइरहेका छन् । रुटिन अफ नेपाल बन्दमा तालिमको सूचना देखेर आवेदन दिएको गोलेले बताए । उनीसँग कम्युटर हार्डवेयर एण्ड नेटवर्किङको बेसिक ज्ञान छ । एडभान्स सिक्न पाए राम्रो हुन्थ्यो भन्ने लागेर तालिम लिएको उनी बताउँछन् ।

ढकालले जस्तै गोलेले पनि तालिम राम्रो भैरहेको बताए । तालिम लिइरहँदा तालिमको समय भने अलि छोटो भयो कि जस्तो लागेको छ उनलाई । सञ्चालन भैरहेका तालिम मध्ये कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ १५ दिन सम्म सञ्चालन हुनेछ । ‘काठमाडौंमा मात्र होईन यस्ता तालिम देशैभरि संचालन हुनुपर्छ । यसको सिको अरु पालिकाले गर्दा पनि रामै्र हुन्छ’, उनले भने, ‘बाहिरबाट काठमाडौं आएर तालिम लिन नसक्ने युवाहरुका लागि देशभरिकै पालिकाहरुले यस्ता खाले तालिम सञ्चालन गरे यहीं गर्न चाहनेलाई पनि अवसर हुने र बिदेश जान चाहनेको हातमा सीप हुने थियो ।’

वैशाखको प्रचण्ड गर्मीमा आवेदन दिन आउनेको संख्या पनि ठूलो देखिन्छ । तालिमका लागि लाईनमा बसेर पालो कुरेकी बाग्लुङकी प्रतिक्षा कंडेल पनि सौन्दर्यसम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहन्छिन् । ‘बाहिर तालिम लिन असाध्यै महँगो छ । काठमाडौं महानगरले निःशुल्क तालिम सञ्चालन गरेको छ, यसको फाईदा किन नलिने भनेर आवेदन दिन लागेकी हुँ’, उनले भनिन् । एडभान्स तहको तालिम भएकाले बाहिर ७० हजार रुपियाँसम्म लाग्छ निःशुल्क मैले खोजेकै तालिम लिन पाएपछि खुसी लागेको छ । ‘सीप सिकेपछि काम लाग्छ । देशमा बस्नै सकिएन र विदेश जानु परे, हातमा कम्तीमा एउटा सीप त हुन्छ नि !’ उनले सुनाइन् ।

देशमा रोजगारीका पर्याप्त अवसर सृजना हुन नसक्दा दैनिक ठूलो संख्यामा रोजगारीका लागि युवाहरु विदेशिने क्रम रोकिएको छैन । काठमाडौं महानगरपालिकाले देशमै दक्ष जनशक्ति उत्पादन गर्ने साथै उनीहरुको ज्ञान र सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा सीप मेला सुरु गरेको हो । रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि भन्ने नाराका साथ सिप मेला आयोजना गरिएको हो । युवाहरुलाई एकै पटक, एकै स्थानबाट विभिन्न बिधामा सिपमूलक तालिम दिएर रोजगारीमा जोड्ने समेत महानगरले बताएको छ ।

सीप मेलाले ब्यावसायिक सीपका बिषयमा चेतना जगाउने समुदाय स्तरमा तालिम संचालनको वातावरण निर्माण हुने, रोजगारी र उद्धमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरेर निःशुल्क तालिमको आयोजना गरेको पनि काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । पहिलो चरणमा २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखेकोमा अहिले १५ सयको हाराहारीमा युवाहरुले तालिम लिईरहेका छन् । महानगरले अनलाईन मार्फत पनि फर्म भर्न सकिने ब्यवस्था मिलाएको छ । तालिम लिन ईच्छुक युवाहरुको भिडभाड पनि टँुडिखेलमा उस्तै देखिन्छ । आवेदन दिने जति सबैलाई तालिममा सहभागी गराउने महानगरको लक्ष्य छ ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । जसभित्र २९ प्रकारका तालिम भैरहेका छन् । मागको आधारमा पेशा र क्षेत्र थप गर्न सकिने झाले बताए । तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् । अहिले दैनिक ३ सिफ्टमा कक्षाहरु सञ्चालन भैरहेका छन् । रोजगार संयोजक देवेन्द्र केसी प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको बताउँछन् । ‘एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन,’ उनले भने ।

१० वटा विधामध्ये अटो मोबाइल्समा तीनवटा पेसासँग सम्बन्धित तालिम छन् । पहिलो पेसा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ ।

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टायल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ गरी ४ वटा पेसासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् ।

हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एन्ड कुक, वेकरी, बार टेन्डिङ र वेटर÷वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरू ७ दिन अवधिका हुन् ।

सूचना प्रविधि (इन्फरमेसन एन्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेसाका तालिम छन् । डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटिभी क्यामेरा र मोबाइल रिपेयरिङका कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेसाका कक्षा १५ दिन चल्नेछन् ।

मेकानिकल विधा (पाँचौ) मा २ वटा पेसा छन् । वेल्डिङ पेसाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एन्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ÷ड्रेस मेकर र फेसन डिजाइनिङ गरी दुईवटा पेसासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ र ड्रेस मेकरमा अत्यधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २÷२ वटा कक्षा चलाइएको छ ।

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेसा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एन्ड स्टायल र सैलुन छन् । यसको समयावधि १५÷१५ दिनको रहेका छन् । मेकअप आर्ट, आइलेस आर्ट सात दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौँ) मा सात दिन अवधिको स्क्रिन प्रिन्टको कक्षा छ । पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर सीप तालिम महानगरपालिकाको गौरवको आयोजना भएको बताउँछन् । तालिमले देशमै केही गरौं भन्ने युवाहरुलाई तालिमले दक्ष बनाउनुका साथै रोजीरोटीका लागि विदेश जान पर्ने समस्या अन्त्य हुने उनको दाबी छ । ‘सीप तालिमले देशमै दक्ष जनशक्ति उत्पादन हुनेछन् । जसले गर्दा बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । अहिले दिएको तालिमको समय पर्याप्त भएन भने फेरि पनि तालिममा राखेर दक्ष बनाउने महानगरको लक्ष्य छ’, उनले भने । महानगरपालिकाले निशुल्क तालिम दिने मात्र नभएर रोजगारीसँग पनि युवाहरुलाई जोडीदिने उनी बताउँछन् । जुन विषयमा तालिम लिएको छ, सोही प्रकारको उद्धमीहरुसँग, रोजगारदाताहरुसँंग जोडेदिने काम महानगरले गर्नेछ । जसले गर्दा ब्यावसायिक दक्ष कामदारको अभाव हुँदैन । रोजगारीका अवसर सृजना हुनेछ । आवेदन भरेका जति सबैलाई तालिम दिने लक्ष्य महानगरको भएको पनि उनले बतए । तालिम दिइ्एका २९ बिधामा नै सहभागिता राम्रो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?