ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

गएको बैशाख ९ गते बुटवल पब्लिकेशन प्रा.लि.ले बुटवल नगरीको उत्थानको विषयलाई लिएर चिन्ता र चासो जगाउने खालको कार्यक्रम राख्यो । बुटवलः हिजो, आज र भोलि भन्ने विषयमा अन्तरसंवाद राखिएको कार्यक्रममा बुटवलको प्रागऐतिहासिक कालदेखि वर्तमानसम्मको ऐतिहासिक सर्वेक्षण झल्काउने छाँयाछवि प्रदर्शनबाट प्रारम्भ भएको कार्यक्रम यस क्षेत्रका हरेक विषयवस्तु र विधासित सरोकार राख्ने व्यक्तिहरूका धारणहरू साटासाट गराएर आयोजकको विचार विनिमयको ओजनदार प्रस्तुतिले बुटवल क्षेत्रको सर्वाङ्गिण विकासको लागि आवश्यक पृष्ठभूमि तयार गर्न बुटवलवासीहरू अब जाग्नैपर्ने भाव सबैमा सञ्चार गरायो । बुटवललाई विकसित पार्न बुटवलवासीका सम्पूर्ण प्रयन्नहरू विकास अभियानमा मोड्न सबैलाई त्यसै दिशातिर डो¥याउन अब चाहि अलग अभियानको खाँचो छ । बक्ताले यही भाव व्यक्त गरे । सबै क्षेत्रमा यथेष्ठ पूर्वाधारहरू तयार हँुदाहँुदै पनि अहिलेको हाम्रो बुटवलले सबै पक्षले आ–आफ्ना लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेका छैनन् । त्यसैले यसको निम्ति सबै जिम्मेवार निकायहरू र खासगरी प्रशासनिक क्षेत्र र प्रशासकीय त्रुटी दोहोरिन नदिन वढी सजग हुनुपर्छ भन्ने सहभागीहरूको आमधारणा बुझिन्थे । यसमा नगरप्रमुखको पनि स्वीकारोक्तिले जनता तथा जनप्रतिनिधि सबै बुटवलको आर्थिक उन्नयनका निमित व्यग्र लालयित छन् भन्ने सन्देश दिन्थ्यो ।

यद्यपि बुटवलको विकासमा तगारो बनेको भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, अति राजनीतिकरणको समस्यामध्येको एक प्रमुख कारक हो तर यस सवालतर्फ भने सहभागीहरूको खासै ध्यान गएको पाइएन । तापनि नगर प्रमुखले आफ्नो मन्तव्यमा आफू जुन दलको टिकटबाट प्रतिनिधि बनेको भएपनि आफ्नो दृष्टि सबैप्रति समभाव रहेको र बुटवलको उत्थान र बुटवलवासीको सुखद भविष्यको निम्ति सबैको सहयोग लिएर अगाडि बढ्ने प्रष्टोक्तिले विशेष महत्व राख्ने अर्थ झल्काउँथ्यो । शक्ति र पदमा वस्नेहरूको बोली र व्यवहारमा गहिरो अन्तर रहँदै आएको नेपालको वर्तमान परिप्रेक्षमा नगरपिताको त्यो बाचा बाचामा मात्र सीमित नवनोस् भन्ने सहभागीहरूको खासखुस पनि सुनियो । कुनैपनि लक्ष्यभन्दा त्यो लक्ष्यलाई प्राप्त गर्न या हासिल गर्न अपनाइने कार्यान्वयन प्रकृया वढी महत्वपूर्ण हुन्छ । लक्ष्य आफैमा साध्य होइन । लक्ष्य त साध्यमा पुग्ने साधन हो । हाम्रा कार्यान्वयन प्रकृयामा धेरै समस्याहरू छन् । उदाहरणको लागि मोतिपुर औद्योगिक क्षेत्र र बुटवल धागो कारखाना । मोतिपुर औद्योगिक क्षेत्रको प्रसंगमा त धेरै चर्चा परिचर्चा गरिए तर बुटवल धागो कारखानालाई पुनर्जीवन दिने सवालमा यो पंक्तिकार वाहेक अरू कसैको मुखबाट एक आखिर वोलेको सुन्न पाइएन । जवकि बुटवल धागो कारखानाले पहिले जस्तो जीवन पाएको थियो त्यहीरूपमा पुनर्जीवन नपाएसम्म बुटवलमा खोसिएको श्री अथवा बुटवलले गुमाउनु परेको शोभा कहिल्यै प्राप्त हुनेछैन । कुनै दिन अहोरात्र पूरै सिफ्ट चलेको बुटवल धागो कारखानाले १५ सयभन्दा वढी मजदूरहरू र अन्य पाँच सयको हाराहारीमा प्रशासन तथा अन्य निकायका सरोकारवालाहरूले प्रत्यक्ष रोजगारी पाएका थिए भने धागो उत्पादनको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ कपास उत्पादन गर्ने ग्रामीण भेगका किसान र धागो कारखानामा काम गर्ने मजदूर तथा कर्मचारीहरूलाई कोठा भाडामा दिएर नियमित मासिक आन्दानी कमाइरहेका बुटवलवासीहरूको गाँस खोस्ने काम भयो । जुन अक्षम्य अपराध विभिन्न वहानामा तत्कालीन सरकारले ग–यो । त्यो अपराधलाई अबको बुटवलले तिनाउको भेलमा वगाइदिएर नयाँ उर्जाशील बुटवल निर्माण गर्ने सवालमा सबैको एक मत हुनु जरुरी छ । बुटवल धागो कारखाना वन्द गराईनुको साथै भृकुटी कागज कारखाना, हेटौंडा कपडा उद्योग, बाँसवारी छाला जुत्ता कारखाना लगायतका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई षडयन्त्रपूर्वक वन्द गराएर देशमा दलाल पुँजी भित्राउन जुन प्रपञ्च रचियो त्यही प्रपञ्चको बलियो हात छ । यस्ता प्रपञ्चहरूलाई चिदैं अगाडि नबढेसम्म नेपाल कहिल्यै बन्दैन भन्नेमा सबैका मतैक्य जरुरी छ । स्वदेशी उद्योगहरूलाई नमारेसम्म विदेशीहरूका उद्योग हुल्न र कमिशन खान नपाइने भएपछि हाम्रा राष्ट्रिय उद्योगहरूका प्रशासन यन्त्रमा नातावाद कृपावाद तथा फरियावाद र भ्रष्टाचार तथा तलब भत्ता खाने काम चाही नगर्ने सस्कृतिले संरक्षण पाउँदा देशका तमाम उद्योगहरू भताभुंग बनेका हुन् । यो कुरा सबैले बुझ्नु जरुरी छ । साथै विगतका गल्तीहरूबाट पाठ सिकेर अघि बढ्नु जरुरी छ । आजको युगमा देश विकासको माध्यम नैै औद्योगिकरण हो ।

औद्योगिकरण विना देशको राष्ट्रिय व्यापार राष्ट्रहित अनुकुल हुन सक्दैन । साथै कृषिमा लागेको श्रम शक्ति जो छुपेको वेरोजगारीको रूपमा विद्यमान छ । त्यो समस्या हल गर्न पनि राष्ट्रिय औद्योगिकरणकै खाँचो छ । गरिबीको निरपेक्ष रेखामुनि थिचिएर वस्न वाध्य भएका लाखौलाख नेपाली जनताका सामु विभिन्न प्रकारका कहालीलाग्दा संकटहरू छन् । एकातिर साँझ विहान हातमुख जोर्न अन्नको संकट छ । अर्कोतिर दुःख विमार पर्दा ओखती मुलोको संकट । त्यसैगरी आफ्ना छोराछोरीलाई स्तरीय शिक्षण संस्थामा भर्ना गराएर शिक्षा दिलाउने संकट छ भने शान्ति सुरक्षाको संकट त सबैलाई छ । रहनसहनको संकट अर्थाभावको संकट आदि । त्यहि संकटहरूले नेपाली जनता चारैतिरबाट घेरिएका छन् । बिना धन केही नभन भने झैं यी सबै संकटहरूबाट पार पाउने उपाय भनेको धन हो, धनको माने पैसा हो । पैसा रुखमा फल्दैन । पैसा कमाउन उद्यमशीलता चाहिन्छ । तसर्थ कुनैपनि जिम्मेवारी सरकारको पहिलो जिम्मेवारी भनेको देशमा उद्यमशीलताको विकास गरी नागरिकहरूलाई कुनै न कुनै इलम वा पेशामा संलग्न वनाई उनीहरूका हात हात पैसा पु¥याई दिने मेसो वनाइदिने काम हुन्छ । भनाइको मतलब सरकारले अधिकतम मात्रामा रोजगारीको अवसरहरू खडा गरेर जनताको आय आर्जनमा ध्यान दिनुपर्दछ । देशका जनताको हितको हेरचाह गर्ने जिम्मेवारी लिएको सरकारले जब वेरोजगार जनताका पीर मर्काहरू बुझ्न सक्दैन भने कुनैपनि सरकार हुनु र नहुनुको के अर्थ भयो र ? यसैले अब देशमा यत्रतत्र सर्वत्र विगतमा विदेशी शक्ति सित मिलेमतो गरी षड्यन्त्रपूर्वक वन्द गराइएका सबै उद्योग खुलाई वर्तमान कहालीलाग्दो आर्थिक स्थितिको पृष्ठभूमिमा नयाँ आशाका किरणहरू जगाउन देशका सबै औधोगिक क्षेत्रका उद्योग र औद्योगिक क्षेत्र बाहिरका पुराना उद्योगहरूलाई समेत पुनः सञ्चालनमा ल्याएर आर्थिक क्षेत्रमा क्रान्तिकारी छलाड मार्न जरुरी छ । प्रचण्डले ल्याएको क्रान्तिकारी छलाडले सबै नापियो । ओली, देउवा, माकुने, वावुराम, उपेन्द्र, महन्त, राजेन्द्र सबैको कर्तुतहरू पनि जगजाहेरै छन् । वरु अहिले नयाँ आशाको किरण लिएर उदाएका बालेन शाह, गोपी हमाल, हर्क साम्पाड, महावीर पुन जस्ता उदीयमान शक्तिहरूलाई अघि लगाएर वडो सतर्कता एवं सावधानिका साथ देशको आर्थिक पुनर्जागरणको निम्ति सबै नेपाली एकजुट वन्न सक्यौं भने निकट भविष्यमै देशले आर्थिक क्षेत्रमा काँचुली फेर्न सक्ने कुरामा कुनै सन्देह मान्न पर्दैन । स्वदेशी उद्योगहरूलाई मार्ने र विदेशीबाट तस्करी गरी ल्याइएका सामानहरूलाई संगठित व्यापारको रूप दिन सरकारबाटै संरक्षणकारी भूमिका निभाइने, अनि युवायुवतीहरूलाई अरव मुलुकमा तातो घाममा जोतिन पठाएर यहाँ सुशासनका कुरा गर्ने ? यसरी देशको अवस्था कहिल्यै वदलिदैन । भिन्न भिन्न आर्थिक लाभका साँठगाँठमा देशलाई र जनतालाई वर्वादीतिर धकेली रेमिटान्स र कमिसन व्यापारलाई वढावा दिने होइन राष्ट्रिय अर्थतन्त्रको संरक्षण, सम्बद्र्धनको निम्ति नयाँ नयाँ जुक्ति निकालेर अघि बढौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?