ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

भैरहवा, २७ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा झण्डै २ वर्ष प्रमुख प्रशासकीय अधिकृत रहेका श्रीप्रसाद गौतमले नयाँ ठाउँमा पनि थप उर्जा र हौसलाका साथ काम गर्ने बताएका छन् । रोहिणी गाउँपालिकाले धकधईमा आयोजना गरेको फेरी भेटौला÷विदाई कार्यक्रममा गौतमले यस्तो बताएका हुन् ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा सरुवा भएका गौतमले भने, ‘अस्ती भर्खर जस्तो लाग्छ । समय जाँदा बेर लाग्दैन । १९ महिना २० दिन रोहिणीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालियो । कर्मचारी सरुवा हुनु सामान्य कुरा हो । रोहिणीमा झण्डै २ वर्ष रहदा कसैबाट असहयोग भएन । सकारात्मक रुपमा सहयोग गर्नुभयो ।’ सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको सहयोगी भावना आफूले पाएको उनको भनाइ थियो । ‘यहाँहरुको समर्पण भाव र लगनशीलताकै कारण नै १९ महिनासम्म बस्ने सके । कसैको चित्त दुखाउने प्रयास गरेको छैन, ’गौतमले भने ।

उनले रोहिणी गाउँपालिकाको प्रशासनिक भवन बनेको हेर्ने इच्छा रहेको बताए । उनले गाउँपालिकामा अघि बढेका योजनाहरुलाई पूर्णता दिन आग्रह गरे । १५ शैया अस्पतालको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्न प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको प्रयास सह्रानीय रहेको बताए । उनले भने, ‘रोहिणीमा प्रसाद यहाँले धेरै राम्रो काम गर्नुभएको छ । राम्रो सन्देश दिनुभएको छ । यहाँ आइसकेपछि रोहिणीमा राम्रो कामका थालनी भएको छ । हजुर यहाँबाट जाँदा म दुःखी नै छु । खुसी छैन ।’ उनले गाउँपालिकाभित्र हाईमास्ट लाईट र एनपीआर क्यामेरा जडान भएको र यो कार्यको लागि प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले प्रेरणा दिनुभएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको बताइन् । उनले भनिन्, ‘यहाँ रोहिणीमा हुँदा धेरै राम्रा काम भएका छन् । हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृतको प्रगतिको कामना गरे । उनले भने, ‘हजुर रोहिणी हुँदा केही त्यस्तो त्रुटी भए जस्तो लाग्दैन । हजुरलाई जिल्ला प्रमुखको रुपमा हेर्न पाउँ भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले प्रमुख प्रशासकीय अधिकृत गौतम असाध्यै शालिन र सरल स्वभाव भएको व्यक्तित्व रहेको बताए । उनले भने, ‘रोहिणीको विकासमा अनवरत रुपमा लाग्नुभयो । उहाँबाट असर संस्कारको कुरा सिक्यौं ।’

गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवालीले गैडहवा गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरी अघि बढ्ने विश्वास गरे । उनले भने, ‘समय कति छिटो बितिसकेको छ ।’

बगहा स्वास्थ्य चौकीका प्रमुख बुद्धि प्रसाद पन्तले विदाई अत्यन्तै दुःखको क्षण भएको बताए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतज्यूको भावी जीवन सफल होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?