ट्रेंडिंग:

>> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान
जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप

न्यु होराईजन माबिलाई उपाधि

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

बुटवल, २७ बैशाख । टाईटन जेट नेपाल यु–१४ टि ट्वान्टी च्याम्पियनसिपको उपाधि न्यु होराईजन माबिले चुमेको छ । विहिबार भएको फाईनलमा बुद्ध पब्लिक स्कुललाई ३ विकेटले पराजित गर्दै न्यु होराईजन माबिले उपाधि हात पारेको हो । उपाधिसंगै न्यु होराईजनले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ । उपविजेता बुद्ध पब्लिक नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । यसैगरि बेष्ट्रनका बेष्ट बलर सुर्यान्स ज्ञवाली, बेष्ट ब्याट्सम्यान बुद्ध पब्लिका बिनय कार्की, प्लयेयर अफ दी सिरिज अरुण कुमार नाउ, शान्ति नमुनाका रिदम भट्टराई ईमेरजिङ प्लेयरबाट पुरस्कृत भए ।

नहरपुर माबिको खेल मैदानमा भएको खेलमा टस जित्दै बुद्ध पब्लिकले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर ७८ रनको लक्ष्य खडा गरेको थियो । क्रिश केसीले नटआउट २६ बलमा १४, बिनय कार्कि २३ बलमा २० रन बनाए । न्यु होराईजनका कृष्ण पन्थीले ४ तथा अरुण कुमार नाउले ३ विकेट लिए । झिनो लक्ष्य पछ्याएको न्यु होराईजनले १३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटायो । न्यु होराईजनका सफल भट्टराईले १४ बलमा १६, अनिस भट्टराई ३० बलमा २१ रन नटआउट तथा अमित यादवले ११ बलमा २३ रनको योगदान दिए । बुद्ध पब्लिकका रोशन कुवरले ३ विकेट लिए । खेलमा कृष्ण पन्थी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, निवर्तमान क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, नहरपुर माबिका प्रधानाध्यापक धनिश्वार गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज खाड, पुर्व क्रिकेटर शक्ति गौचन, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष रोमित बज्राचार्यले विजेता, उपविजेता र उत्कृष्ट खेलाडिहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रतिनिधित्व गर्ने खेलाडी भनेको यहाको सेरोफेरोका धेरै जिल्लाको प्रतिनिधित्व गर्ने उनले बताए । विकासको मोडल खेलकुदलाई अघि बढाउन जरुरी रहेको उनले बताए । खेलकुद भनेको प्रतिस्प्रर्धाको विधा भएको भन्दै यसबाट आम नागरिकको जिवनलाई सिकाईको रुपमा रहेको उनले बताए । खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम अघि बढाउने उनले बताए ।

कार्यक्रममा लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङले बुटवल क्रिकेट खेलाडी उत्पादनको खानी भएको बताए । बुटवलका खेलाडीहरु अभ्यासका लागि मैदान अभाव रहेको उनले बताए । बुटवल उपमहानगरपालिका क्रिकेट खेल मैदानमा जोड दिन आग्रह गर्दै उनले ६० यार्डको बाउण्ड्रीसहितको मैदानसम्म निर्माण गर्न सुझाव दिए ।

प्रतियोगिताका संयोजक विष्णु पाण्डेले एकेडेमीको स्थापनाकालमा भुवन पाण्डे, राहुल बिकबाट योगदान भएको बताए । ग्रासरुट खेल विकास र खेलाडी उत्पादन गर्न विभिन्न समयमा विशेष तालिम, प्रशिक्षण र प्रतियोगिताहरु गर्दै आएको उनले बताए । वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बैशाख २० गतेबाट शुरु भएको लिग चरणको प्रतियोगितामा आठ वटा टिम सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?