ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

काफल बेच्न भ्याई नभ्याई

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

पाल्पा, २७ वैशाख ।

माथागढी गाउँपालिका झडेवाकी कमला पौडेल क्षेत्रीलाई मौसम अनुकुलको काफल टिप्न आजभोलि भ्याई नभ्याई छ । मौसम अनुसारको जंगली फलका रुपमा रहेको काफल बिक्री गरेर मनग्य आम्दानी होला भन्ने उनलाई कल्पना नै थिएन ।

फागुनको अन्तिम सातादेखि खान योग्य भएको काफलको बिक्रीबाट यसवर्ष ८० हजार रुपियाँ हात पर्दा उनी अत्यन्तै खुसी भएको बताउँछिन् । आफ्नै घर नजिक उम्रिएका दुईवटा काफलका रुखबाट राम्रो आम्दानी भएपछि काफललाई आम्दानीको बलियो माध्यम बनाएको उनी बताउँछिन् ।

जंगली फलका रुपमा स्थापित काफल कमलाका लागि मात्र नभई झडेवाको देवीनगर, मक्कले, भुटुके जस्ता २० भन्दा बढी परिवारका लागि आय आर्जनको बलियो माध्यम भएको छ । हावापानी, भौगोलिक बनावट अनुरुप पृथक पृथक खालका पाइने काफललाई यस वर्ष समयानुकुल वर्षात नभए पनि बोटमा राम्रो फल लागेको कारण फगुनको अन्तिम सातादेखि वैसाखको तेस्रो सातासम्म एउटा परिवारले २० हजार देखि ८० हजार सम्म भित्र्याएको देव बहादुर सुनारी बताउँछन् ।

एउटा बोटबाट आफुले ४० हजार रुपियाँ आम्दानी गरेको बताउने सुनारी भन्छन्, “पहिले पहिले यातायातको सहज पहँुच नहँुदा डोकोमा बोकी टाढा टाढाका बस्ती बस्तीमा लगेर अन्नसँग साट्ने चलन थियो । “यातायातको सहज पहँुच भएपछि आज आफैले डोकोमा राखी तानसेन–बुटवल सम्म पु¥याएर बिक्री गर्नु पर्ने भयो, यसरी बजार लैजाँदा मूल्यमा आउने उतार चढावले कहिलेकाहीं एक डोको काफल बेच्दा गाडी भाडा सम्म नपुगेको हुन्थ्यो, तर आज भोलि गाउँमा पसल खुलेपछि निकै सहज भएको छ”–उनी भन्छन् ।

एक माना काफल ७० देखि ८० रुपियाँमा बिक्री भएको छ । स्थानीय पसलमा निकै सजिलो भएको छ । विद्यालयमा पठन पाठन गर्ने बालबलिकाले एक सिजनको काफल बिक्रीबाट आएको रकमबाट एक वर्षको लागि कापी किताव डेक्स समेत किन्ने गरेको एक स्थानीय विद्यालयका शिक्षकले बताए । सबै उमेर समूहका लागि काफल आम्दानी गर्ने माध्यम भएको छ । “फागुनको समयमा त प्रति माना १ सय ५० रुपियाँ सम्ममा बिक्री भयो”–त्यतिबेला पनि राम्रो आम्दानी गरेकी फुल कुमारी सुनारी भन्छिन् –“काफलबाट यो वर्ष जति गएका वर्षहरुमा राम्रो आम्दानी भएको थिएन ।”

वनजंगल वारीका कान्ला, पाखा, पखेरामा उम्रिएका हुन् काफल । सको व्यावसायीक खेति गर्ने गरी बिरुवा नलगाएको स्थानीय महेन्द्र जिसी बताउँछन् । स्थानीय व्यापारी तथा संकलक बालकृष्ण न्यौपाने भन्छन्, “यस वर्ष मात्र ३० लाख रुपियाँको खरिद बिक्री भयो । असिना र पानी केही समय आएन भने २० लाख रुपियाँ बराबरको काफल रुखमै छ ।” काफललाई स्थानीयहरुले आम्दानीको बलियो माध्यम बनाएका छन् । जब काफलको दाना लाग्छ, चरा चुरुङ्गी तथा वन्यजन्तुबाट पालो पहरा नै दिएर जोगाउँछन् । यसैबाट अधिकांश परिवारले एक वर्षलाई पुग्ने नुन तेल, खाद्यान्न, मसलाहरु ल्याइसके ।

पकेट क्षेत्रको घोषणा

स्थानीय सरकारले झडेवाको देवीनगर क्षेत्रलाई काफलको पकेट क्षेत्रको घोषणा गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी बताउँछन् । यस क्षेत्रमा पर्याप्त मात्रमा पाइने र आउने दिनहरुमा थप व्यावसायिक बनाउन पकेट क्षेत्रका रुपमा घोषणा गरिएको हो । वर्षायाममा यस प्रजातीका विरुवा अभियानका रुपमा लगाउन डिभिजन वन कार्यालयसंग समन्वय भएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे बताउँछन् ।

राम्रो आम्दानी लिन सकिने बजारीकरणको समेत समस्या नभएको कारण जिल्लामा पहिलोपटक पकेट क्षेत्रको रुपमा समेत घोषणा गरियो । जिल्लाको रिब्दीकोट, रैनादेवी छहरामा समेत यस प्रजातीका वनस्पतिहरु पाइन्छन् । विशेष गरी जिल्लामा ३ प्रजातिका काफलको वनस्पति पाइए पनि यसरी आय आर्जनको भन्दा निर्वाहमुखी थियो । स्थानीय सरकारले नै यसको खेतिसँगै संरक्षण नयाँ वृक्षारोपणको लागि तत्परता देखाउनु अत्यन्तै राम्रो भएको डिभिजन वन कार्यालयका सहायक अधिकृत रामचन्द्र लामा बताउँछन् ।

जोखिमको खेति

काफल भन्नासाथ कमजोर वनस्पतिका रुपमा लिने गरिन्छ । यसको बोट ठूलो नै हुन्छ । फल मसिनो तथा साना साना भएका कारण वोटमा नै चढ्नुपर्ने हुन्छ । रुखको हाँगा भाँचिने र रुखबाट लड्ने हँुदा यसलाई जोखिमको फल पनि भनिन्छ । “कहिलेकाहीं काफलको रुखबाट लडेर ज्यान गुमाउने र अपाङ्गता हुने जस्ता घटना भएका कारण जो कोही रुखमा चढ्न मान्दैनन्”–एक स्थानीयले गुनासो पोखे ।

“स्थानीय सरकारले काफलको पकेट क्षेत्र घोषणा गरेर राम्रो काम गरे जस्तो लागेको होला तर एक माना काफलको लागि मानवीय दुर्घटना नहोला भन्न सकिदैन । काफल टिप्दा अपनाउनु पर्ने सावधानीका विषयमा स्थानीय सरकार बेखबर भएको छ”–स्थानीय शमशेर जिसी भन्छन् ।

यस्ता विषयमा स्थानीय सरकार संवेदनशील बन्नु पर्दछ । ठुला ठुला रुखमा चढ्न सक्ने क्षमता भएका व्यक्ति गाउँमा कमै छन् । बजारमा राम्रो मूल्यमा बिक्री हुन लागेपछि भने मनै लोभिन्छ तर वोटमा चढ्दा अपनाउनु पर्ने सावधानी त छँदै छैन । यस्ता विषयमा समेत सावधानी हुनु पर्दछ । साना साना बाल बालिकाको समेत मोह बढेका कारण वोटमा चढ्दा दुर्घटनाहरु हुने गरेकाले यसतर्फ पनि स्थानीय सरकार उत्तिकै संवेदनशील बन्नुपर्ने स्थानीय बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?