ट्रेंडिंग:

>> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा

रेडक्रस दिवसमा अभिमुखीकरण

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

गैंडहवा, २७ वैशाख ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले बिपद जोखिम न्यूनीकरण योजना, नीति र राष्ट्रिय विकास परिदृश्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व रेडक्रस दिवसको उपलक्ष्यमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले गरेका थिए ।

त्यस अवसरमा उनले रेडक्रसले आपतकालीन अवस्थामा काम गर्दै आएको बताउँदै प्रकोपविरुद्ध पुर्व तयारीका कामलाई जोड दिनुपर्ने बताए । रुपन्देहीमा नेपाल रेडक्रसले अब नयाँ थप योजना सहित अगाडि बढ्न लागेको बताउँदै जहाँ समस्या त्यहाँ रेडक्रस् भन्ने मूल नारालाई अगाडि राखेर काम गर्न आग्रह गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य महेन्द्र नारायण श्रेष्ठले रुपन्देही रेडक्रसले धेरै उदाहरणीय काम गरेको बताउँदै विपत जुनसुकै समयमा आईपर्ने भएकोले पुर्व तयारी अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा रेडक्रस प्रेमी दिवाकर सुवेदीले प्रकोप विपद अचानक आउने भएकोले पुर्व तयारी हुनुपर्ने र आपतकालीन अवस्थामा रेडक्रसले प्रहरी, स्थानीय जनतासंग उद्दारमा लाग्नुपर्नेमा जोड दिए ।

प्रशिक्षक सामुदायिक सहजकर्ता डिल्लीराज जोशीले प्रकोप र विपतको बारेमा जानकारी दिंदै जोखिम बारेमा रेडक्रसले काम गरेको बताए ।

नेपाल रेडक्रस रुपन्देहीले रोहिणी, समरीमाई, मर्चवारी, लुम्बिनी साँस्कृतिक नगरपालिकामा फागुन देखि बैशाख सम्म १५१ जनालाई तिर्पाल, कम्बल, कपडा लगायत आवश्यकता अनुसार सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले बताएको छ ।

कार्यक्रममा जिल्ला उप–सभापति हिराचन, रुपन्देही जिल्ला सचिव रामचन्द्र उपाध्यायलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?