ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

बुटवल, २८ वैशाख ।

सिद्धार्थनगर नगरपालिकामा आर्थिक बर्षको १० महिनामा ४२ वटा विवाद दर्ता भएका छन् । जसमध्ये आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा नगरपालिकाको मेलमिलाप केन्द्रमा ३१ वटा र अघिल्लो आर्थिक बर्षमा बाँकी रहेका ११ उजुरी गरी ४२ विवाद दर्ता भएको नगर उप–प्रमुख एवं समिति संयोजक उमा अधिकारीले बताईन् । नयाँ आर्थिक बर्षको १० महिनामा मात्रै केन्द्रमा ३१ वटा विवाद दर्ता भएका हुन् ।

समितिले बिहीबार सम्म अघिल्लो ल्याएका सहित गरी १३ वटा विवादको निरुपण गरेको समिति संयोजक अधिकारीले जानकारी दिईन् । विवाद अन्तर्गत १० वटा दुईपक्षबिचको सहमतिबाट निरुपण भएको र १३ वटा विवाद न्यायिक समितिको छलफलबाट निरुपण गरिएको समिति संयोजक अधिकारीले जानकारी दिईन् । बाँकी १९ वटा विवाद छलफल प्रक्रियाको क्रममा रहेका छन् । स्थानीय तहको न्यायिक समितिमा आउने उजुरी फरकफरक प्रकृतिका हुने गरेका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीका धेरैजसो पालिकामा अन्य उजुरीको तुलनामा जग्गा विवादका उजुरी धेरै आउने गरेका छन् । सिद्धार्थनगरमा पनि जग्गा विवादका उजुरी अरु विवादको तुलनामा धेरै छन् । “अन्य विवादहरु स्वतस्फुर्त रुपमा आउने गरे पनि घरेलु हिंसाका मुद्दा भने कमै मात्रामा आउने गरेका छन्”– अधिकारीले भनिन्, “हिंसाको विवाद वा घटना दर्ता गर्ने बित्तिकै भोलि भरणपोषण र परिवारमा फर्किएर संरक्षण सहितको दैनिक जनजीवन सहज हुँदैन भन्ने डरले पनि घरेलु हिंसाका घटना कम दर्ता हुने गरेका छन् ।”

“पछिल्लो समय बहुविवाहका विवाद समेत आउने गरेका छन्,जुन कानुन सम्मत छैनन् तर पहिला नै भएका बहुविवाहका कारण अहिले समस्या भएको छ”–उप्रमुख अधिकारीले भनिन् । अब ती समस्या र विवाद कसरी समाधान गर्ने भन्नेमा पालिका नै अन्योलमा रहेको अधिकारीले बताईन् । यसका लागि सबै पक्षले बसेर छलफल गर्न जरुरी छ ।

सिद्धार्थनगर नगरपालिकामा न्यायिक समितिमा पारिवारिक समस्या समाधान इज्जत अनुसार खान लाउन र शिक्षा पाउँ, इज्जत सहितको मानाचामल भरी पाउँ लेनदेन सम्बन्धी, गाली बेइज्जती, कुटपिट, ठेक्का रकम दिलाई पाउँ, जग्गा कब्जा खाली गराई पाउँ, निजी जग्गामा निर्माण भएको बाटो भत्काई पाउँ, बहुविवाह दर्तामा समस्या भई छोराछोरीका कागजपत्र मिलाउन कठिनाई लगायतका उजुरी पर्ने गरेकोे सिद्धार्थनगर नगरपालिकाका मेलमिलाप केन्द्र संयोजक शारदा गौतमले जानकारी दिईन् ।

सिद्धार्थनगर नगरपालिकामा रहेका १३ वटै वडामा मेलमिलाप कर्ता रहेको संयोजक गौतमले बताईन् । संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ ।

समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाई छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख अधिकारीले बताइन् । न्यायिक समितिबाट सकेसम्म मिलाएर दुबैपक्षका कुरा सुनेर छिटो छरितो रुपमा फैसला गर्ने गरेको अधिकारीको दाबी छ ।

न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारबाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकार बाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्दछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगर सभा)मा पेस गर्नुपर्ने हुन्छ । न्यायिक समितिबाट विवादको अन्तिम निर्णय भएको मितिले पैतीस दिनभित्र सम्बन्धित पक्षलाई सो निर्णयको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनु व्यवस्था रहेको छ । साथै न्यायिक समितिबाट भएको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?