ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

खानेपानी बोक्न दिनभर एक जना

हिउँद सुरु भएसंगै खानेपानीको चिन्ता हुन्छ । घरमा एक जनाले दिनभर खानेपानी बोक्नुपर्छ । गाईवस्तुलाई खुवाउन बनाएका पोखरी समेत सुक्दा मान्छे र पशुचौपायाका लागि पानी व्यवस्थापन गर्नु चूनौती पूर्ण रहेको छ । पानी बोकेर टाउको नै खुइलिसक्यो स्थानीयले भने, हाम्रो समस्या कसैले हेर्दैनन् ।
२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

रोल्पा, २७ बैशाख । जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ र ४ मा खानेपानीको समस्या देखिन थालेको छ । खानेपानीका मुहान सुकेसँगै लामो दुरीबाट पानी बोकेर ल्याउनु परेको स्थानीयहरूको भनाइ छ । मान्छेले खानका लागी बनेका पानी धारामा पानी आउन छाडेको छ । पशुचौपायाले पानी खान वनाइएका पोखरीहरू पनि सुक्न थालेका छन । लामो समयको खडेरीले पानीका मुहान सुक्नुका साथै कृषि उपज समेत सुक्न थालेको स्थानीयहरूको भनाइ छ । खडेरीको चपेटाले आगलागीको समस्या समेत बढ्दै जान थालेको बताईन्छ ।

हिउँदयाम सुरु भएसँगै खानेपानीको अभाव सुरु भएपनि लामो खडेरीले यसको संकट बढ्दै गएको लुंग्री गाउँपालिका वडा नं. ४ का अन्जु सुनारले भने । घरमा रहेको धारामा पानी आउन छाडेपछि आधा घण्टा टाढावाट पानी ल्याउनु परेको छ उनले भने । खानेपानीको यो समस्या वर्षौं देखिको भएपनि यसको समस्या हल गर्न कसैले तत्परता देखाएका छैनन सुनारले भने । हिउँद सुरु भएसँगै खानेपानीको चिन्ता हुन्छ उनले भने । सुनारका अनुसार घरमा एक जनाले दिनभर खानेपानी बोक्नु पर्छ । गाईवस्तुलाई खुवाउन बनाएका पोखरी समेत सुक्दा मान्छे र पशुचौपायाका लागि पानी व्यवस्थापन गर्नु चूनौती पूर्ण रहेको उनको भनाइ छ । पानी बोकेर टाउको नै खुइलिसक्यो, हाम्रो समस्या कसैले हेर्दैनन उनले भने ।

खानेपानी समस्याबाट महिलाहरूले थप समस्या भोग्नु परेको छ । पुरुषहरू रोजगारीका लागी वैदेशिक रोजगारीमा रहने हुँदा घर व्यवहार सम्हाल्दै आएका महिलाहरू बढी पीडित हुने गरेको स्थानीय पत्रकार खुम सुनारको भनाइ छ । अगाडी वच्चा र पछाडी गाग्री बोकेर पानीको जोहो गर्न महिलाहरू वाध्य छन सुनारले भने । यहाँका अधिकांश परिवारमा पानीको जोहो गर्ने जिम्मा महिलाको हुन्छ सुनारले भने । धारामा आउने पानीका लागि पालो नै पुग्दैन । आधाघण्टाको दुरीमा रहेको खोलाको मुहानबाट पानी बोक्नु पर्ने बाध्यता छ ।

निर्वाचनका समयमा नेताहरूले सिमिखोला पानी ल्याईदिने वाचा खाएपनि अहिले सम्म वाचा पुरा नगरेको लुंग्री गाउँपालिका ४ नम्जाकी सीता विकको भनाइ छ । निर्वाचन जितेपछि भने कसैले पनि फर्केर हेरेनन उनले भनिन । जातिय रूपमा दलित वस्तीहरू खानेपानीवाट वढी प्रभावित भएका छन उनले भनिन । उनका अनुसार सिमिखोलमा दलितहरू बढी भएकै कारण खानेपानी र अन्य सुबिधावाट वंचित छन । उनले भने ‘निर्वाचनका बेला नेताहरू चिल्ला भाषण दिन्छन । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पु¥याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन । नेताहरू जितेपछि गाउँमै आउँदैनन ।’ लुंग्री गाउँपालिका वडा ४ सिमिखोला टोलमा ३५ बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन ।
गाइभैंसीका लागि समेत बोकेर पानीको जोहो गर्नुपर्छ । गाउँमा खानेपानी पु¥याउँछु भन्ने कता गए थाहा नै छैन । हाम्रा लागि त सरकार नै छैन जस्तो छ ।’ पुराना कुवाँमा पानी सुक्दै गएपछि खानेपानी अभाव चुलिएको स्थानीय मिना रोकाले बताइन ।
उनले भनिन् ‘पहिला पहिला कुवामा पानी हुन्थ्यो । सोही पानीले गाउँमा खानेपानीको जोहो गर्दै आएका थियौँ । तर,अहिले कुवाँको पानी पनि सुकेपछि टाढाको मुहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । गाउँमा पानीको अभाव हुदा केही घरधुरीको शौचालय प्रयोग समेत प्रभावित हुने गरेका छन ।
लुंग्री गाउँपालिका वडा नं १ मा पनि स्थानीयहरू पनि लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन । सो ठाउँमा आउने खानेपानीको मुहानमै पानी कम भएपछि खानेपानीको हाहाकार भएको हो । पछिल्लो समयमा अन्धाधुन्ध रूपमा डोजरले सडक खन्दा प्राकृतिक मुहान सुक्दै गएका कारण खानेपानीको समस्या झेल्नु परेको स्थानीयहरूको वुझाई छ । ‘डोजरले जथाभावी सडक खन्दा सडक तलतिरका मुहान ंमासिएका छन । मुहान सुक्दै जाँदा गाउँमा खानेपानीको समस्या चुलिएको छ । सामुदायिक वन संरक्षणका अभियान्ता टेकवहादुर सुनारले भने । वातावरणमैत्री विकास गरेमात्रै पानीका मुहान संरक्षण हुने भएपनि सिघ्र विकासको आकांक्षाले पानीका मुहान प्रभावित भएका छन सुनारले भने ।

गाउँपालिकाका थुप्रै ठाउँमा खानेपानीको समस्या रहेकाले समस्या समाधानका लागि आफूहरू लागिपरेको लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाको भनाइ छ । प्राकृतिक र मानवीय दुवै कारणले विपद निम्तने गरेको बताउँदै सुख्खा खडेरी बढेसंगै खानेपानीका मुहान प्रभावित भएका छन थापाले भने । गाउँपालिकामा खानेपानी समस्या हल गर्न गाउँपालिका लागि परेको वताउदै यसका लागी गाउँपालिका सहित संघ र प्रदेश सरकारवाट वजेट विनियोजनका लागी पहल गरिरहेको थापाको भनाई छ ।

उनले भने – ‘क्रमशः खानेपानीको समस्या समाधान भएको छ, केही वडामा समस्या समाधान हुन बाँकी छ । थापाका अनुसार विभिन्न तरिका लिएर समाधानको लागि विभिन्न मन्त्रालयमा खानेपानीको लागि बजेट विनोजन गरेको पनि बताएका थिए । उनका अनुसार खानेपानीमा सवैको पहुँच स्थापित गर्न गाउँपालिकाभरका सवै घरधुरीमा एक घर एक धारा कार्यक्रम अघि सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?