ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण

सातौ पटक शिविरमा ३ हजार ५ सय जनालाई सेवा
२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

बुटवल, २२ बैशाख । विवान फार्मेसीको तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा पारेर फार्मेसीले निशु्ल्क र विशेष छुट सहित सातौ स्वस्थ्य एवं ल्याब परिक्षण कार्यक्रम गरेको छ । शनिबार औपचारिक कार्यक्रमको नेपाल औषधी ब्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने उद्घाटन गर्दै ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा गरेको कामको प्रशंसा गरे ।

विवान फार्मेसी रुपन्देहीमा नै मापदण्ड पुरा गरेको एकमात्र स्वास्थ्य सेवा दिने फार्मेसीका रुपमा रहेको एमडी दिपक ढकालले दाबी गरे । ‘फार्मासिष्टबाटमात्र औषधी वितरण गर्दै आएका छौ ।’—उनले भने । स्वास्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा समेत आफुहरु स्थापनाकालदेखी नै सेवा गर्दै आएको उनले बताए । सातौ पटक शिविर संचालन गर्दा करीब ३ हजार ५ सय जनालाई सेवा दिईएको फार्मेसीका एमडी ढकालले बताए । छैटौ पटकसम्म निशुल्क औषधी वितरण समेत गरिएको उनले बताए । यसपटक ३ दिने कार्यक्रममा निशुल्क सुगर र अन्य ल्याब परिक्षणमा छुट दिईएको उनले बताए । वैशाख २२ र २३ गते दुई दिनसम्म विशेषज्ञ चिकित्सकबाट परिक्षण र परामर्श सेवा दिईने उनले बताए । स्त्रीरोग विशेषज्ञ डा अनिता पुन, बाल तथा नवजात रोग विशेषज्ञ डा सन्दिप शाक्य, ईन्डोक्राईमोलोजिस्ट डा.एस एन यादवबाट सेवा दिइने उनले बताए ।

कार्यक्रममा नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले फार्मासिष्टबाटमात्र औषधी बिक्री वितरण गर्नुपर्ने कुरा संस्थागत रुपमा वकालत गर्दै आएको बताए । सरकारबाट औषधीको वर्गिकरण गरेको छ । जसमा क, ख र ग मध्ये पहिलो दुई वटा अनिवार्य फार्मासिस्टबाट बिक्रीवितरण गर्नुपर्ने प्रावधान रहेको उनले बताए । देशमा ओरियन्टेसन गरेकोलाई औषधी विक्रीको मान्यता सरकाबाट पाएको भएपनि सकेसम्म यसलाई ब्यवस्थित गर्दै लैजाने गरि काम भैरहेको उनले बताए । फार्मेसी काउन्सिलमा फार्मेसी संघमार्फत सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क शिविर, रक्तदान जस्ता कार्यक्रम गर्दै आएको बताए । फार्मेसी विद्यार्थीहरुलाई गुड फार्मेसी प्राक्टिस, तालिम जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

नेपालमा हाल पिसिएल, ब्याचलर, मास्टर लेभलको पढाई हुन्छ । रुपन्देहीमा ५ सय बढी फार्मासिस्टहरु संघमा आवद्ध रहेको उनले बताए । ०७३/०७४ को तथ्याकमा ९ हजार रहेकोमा हाल देशभर करीब २० हजार फार्मासिस्ट दर्ता रहेका छन ।

कार्यक्रममा फार्मेसीका मेडिकल डाईरेक्टर सुभ्रेन्द्र प्रसाद यादव, मेडिकल ईन्चार्ज ईन्दिरा चौधरीले स्वास्थ्य सेवा केवल आर्थिकमात्र नभई सामाजिक सेवा भावना जोडिएको पेशा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?