ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

अक्षय तृतीयाको दान

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

दानको कुरा गर्दा अक्षय तृतीयालाई विशेषरूपले याद गर्नुपर्ने हुन्छ । वैशाख शुक्ल तृतीयालाई अक्षय तृतीयाको नामले चिनिन्छ । विष्णुका दस अवतारमध्येका छैठौँ अवतार मानिने जमदग्नि र रेणुकाका कान्छा छोरा राम (परशुराम) पनि यही तिथिमा जन्मेका हुनाले यस तिथिलाई परशुराम जयन्तिको रूपमा पनि मनाइन्छ । परशुराम अष्ट चिरञ्जीवीमध्येका एक हुन् र उनी अहिले पनि यही भूमण्डलमा बद्रिका आश्रममा तपस्या गरेर बसिरहेको विश्वास गरिन्छ ।

तीजका दिन भगवान् विष्णुसित विवाह हुने तय भएको विवाहमा पार्वती भागेर विवाह हुन पाएको थिएन । भवानी पार्वतीले अध्यात्मका आद्य गरु भगवान् शिव पति पाउँ भनेको सङ्कल्प पूरा भएको दिन पनि आजै हो । त्यसैले अक्षय तृतीयालाई अर्थात् वैशाख शुक्ल तृतीयालाई भगवान् शिव र भवानी पार्वतीको विवाह भएको खुसीयालीको रूपमा पनि मनाउने गरिन्छ ।

वैशाख शुक्ल तृतीय कसरी अक्षय तृतीया भयो भन्ने सम्बन्धमा एक पौराणिक कथा छ । एउटा जङ्गलको छेउमा एक ब्राह्मण परिवार बस्दथ्यो । उनको बस्ने छाप्रोबाहेक कुनै सम्पत्ति थिएन । ब्राह्मण दम्पती र छोरा बुहारीको छोटो परिवार थियो । आफ्नो श्रममा बाँच्नुपर्छ । कसैको श्रमको फल मागेर, विनासित्तैमा प्रयोग गर्नुहुन्न भन्ने कुरामा सबै जहानको एकमत थियो । आफ्नो श्रम नखर्चिएको अवस्थामा कसैबाट दान लिन्नथे । वनमा डुलेर फलफूल, कन्दमूल खोजेर जहानको भरणपोषण गर्न सबै तल्लीन हुन्थे । फुर्सतको समयमा विभिन्न ज्ञानगुनका कुरा गरेर छोरा बुहारीलाई आदर्शवान् बनाउन लागिरहन्थे, बूढाबूढी ।

वैशाखको महिना थियो । बनमा डढेलो लागेर गिठा, भ्याकुरा, तरुल आदि खोज्न नसकिने अवस्था थियो । गिठा भ्याकुराका झालहरू डढेलोले खाइदिँदा तिनी कहाँ उम्रेका थिए भन्ने ठम्याउन गाह्रो भई फेला पार्न सकिने अवस्था थिएन । अलिअलि भएका काफल, तिँजु पनि बाँदर र चराचुरुङ्गीले बाँकी राख्दैनथे । बाहुनका जहानहरू खोला, सीमसारमा खोले साग खोज्न जान्थे र घरको छाक टार्थे । कहिले भने सिस्नोको खोले खाएर निर्वाह गर्थे । एकदिन किसानले जौ बाली स्याहारेको खाली खेतमा गएर झरेपरेका जौका बाला सिला खोजेर ल्याई त्यसैको सातु बनाए । द्यौपितृलाई अर्पण गरेर सबैले बराबर भाग लगाई खानमात्रै के थालेका थिए एक जना भोका अतिथि आए । सबैको भागबाट उभाएर अर्को भाग तैयार गर्न लागेको देखेर अतिथि बोले – ब्राह्मण, म उभाएको खाना खान्न । मलाई खान दिन्छौ भने यी चार भागमध्ये कुनै एक भाग देऊ ।
अब बाहुनका चारैजनामा आफ्नो भाग अतिथिलाई दिनको लागि हानथाप चल्यो ।

बूढाले भने – मेरो उमेर धेरै गैसकेको छ । बूढ्याइँले गर्दा अग्नि मन्द छ । मलाई भोक खटाउन उति गाह्रो पर्दैन । फेरि म यो घरको मूली हुँ । तिमीहरूको लालनपालन गर्नु मेरो कर्तव्य पनि हो । तिमीहरू मभन्दा उमेरदार छौ । तिमीहरूलाई भोकले बढ्ता सताउँछ । बुहारी त अझ गर्भिणी पनि छौ । तिमी कुपोषित भयौ भने हाम्रो भावी वंश पनि कुपोषित हुन्छ । त्यसैले अतिथिलाई मेरो भाग दिनु उपयुक्त हुन्छ ।
आफ्ना श्रीमान्को कुरामा असहमति राख्दै बूढी बोलिन्– म नारी भएकोले आमा हुँ, आमाको प्रतिनिधि हुँ । परिवारका प्रत्येक सदस्यको खानपानको व्यवस्था गर्नु, पाल्नुपोस्नु मेरो प्रकृतिप्रदत्त अधिकार हो र कर्तव्य पनि । आजको यस्तो अवस्थामा आफ्ना घरका कुनै एक सदस्यलाई भोकै राखेर म खान सक्तिनँ । अरूले खाएको हेरेर अघाउने आमाको बानी हुन्छ । म त्यसैगरी अघाउन चाहन्छु । त्यसैले अतिथिलाई मेरो भाग दिनु नै सर्वोत्तम ठहर्छ ।

बुवाआमाको कुरा सुनेर छोरो भन्छ – म यो घरको गृहस्थ जीवनमा पदार्पण गरेको बलियोबाङ्गो पुरुष व्यक्ति हुँ । बाआमा, श्रीमती र अतिथिको यथासक्य भरणपोषण गर्नु मेरो कर्तव्य हो । यसो गरिनँ भने आमाले दसधारा दूध खुवाएको हुर्काएको, बुवाले हेरचाह गरेको, पढाइसिकाइ गरेको भारा कसरी तिर्न सकुँला ! म बल उमेरको छु । २÷४ दिन त पानी मात्रै खाएर पनि बाँच्न सक्छु । म निकट भविष्यमा सन्तानवान् हँुदैछु । आजको यस्तो परिवेशमा आफ्नो खानेकुराको भाग अपूर्व अतिथिलाई दिन सकिनँ भने द्यौपित्रले मलमूत्रबाहेक अरू कुरा त्याग गर्न नसक्ने व्यक्तिको कोटीमा गणना गर्नेछन् । मेरो भावी वंशले पनि त्यसै गरी धिक्कार्ने छ । त्यसैले अतिथिलाई मेरो भाग दिन उचित ठान्छु र दिन्छु ।
सासूससुरा र पतिका कुरा सुनेर बुहारी बोलिन्– म यो घरमा उमेरमा कनिष्ठ छु । मैले तपार्इँहरूको सेवा गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ । यो मेरो धर्म हो । मैले माइतीमा बाआमाबाट लिएको शिक्षा पनि यही हो । अहिले म एक्ली छैनँ । मेरो गर्भमा हाम्रो भावी सन्तति हुर्किरहेको छ । दानाअनुसारको खाना, खानाअनुसारको बाना (स्वभाव) हुन्छ भन्छन् । आज यहाँहरूमध्ये कसैलाई भोकै राखेर आफूले खाएँ भने अरूलाई भोकै राखी खाने स्वभाव मेरो सन्तानमा पनि सर्नेछ । जसले गर्दा हाम्रो पूर्खाको इज्जत र संस्कार माटोमा मिल्नेछ । त्यसैले मेरो भाग अतिथिलाई दिनु जत्तिको राम्रो उपाय अरू हुन सक्तैन भनी आफ्नो भाग अतिथिलाई दिइहालिन् ।

अतिथिले पानी र सातु स्वाद लिई लिई खान थाले । अतिथि निकै भो देखिन्थे । त्यसैले अतिथिलाई थप्नुपर्न सक्छ भनी आफ्नो भागको सातु नखाई अरू तीन जना बसिरहे । नभन्दै त्यस्तै भयो । अतिथिले बुहारीको भाग सातु सकेर अझै सातु खाने इच्छा जाहेर गरे । अनि छोराचाहिँले आफ्नो भाग सातु अतिथिलाई दियो । सो सकेर पनि अतिथि अझै अघाएनन् । अनि बूढीले आफ्नो भाग दिइन् र यसैगरी बूढाले पनि आफ्नो भाग अतिथिलाई दिए । अब भने अतिथि सन्तुष्ट भए ।

बाहुनका घरमा एउटा न्याउरी मुसो पनि बस्थ्यो । बाहुनका जहानले खाना खाने बेलामा केही खानेकुरा न्याउरीलाई दिने गर्थे । न्याउरी परिवार पनि सो घरको परिवार जस्तै थियो । खाने बेला भएको थाहा पाएपछि न्याउरी लुसुक्क भान्सामा आउँथ्यो । आज पनि न्याउरी सातुको गन्धले दूलोबाट बाहिर आउँदै थियो तर एक जना नचिनेको मान्छे देखेर अलमलियो । पूरै बाहिर आउन नसकी दुलोमा आधा बाहिर आधा भएर बसेको न्याउरीले अतिथिले खाँदा उडेको सातुको बास्ना सुँघ्दै मुख मिठ्याउँदै बसेको थियो ।

खानपिनपछि सबैजना अतिथिसँग बसेर भलाकुसारी गरिरहेका थिए । एकैछिनमा स्वर्गबाट विमान आयो । बाहुनका झोपडीमा आएका अतिथि धर्मराज पो रहेछन् । त्यस्तो आपत्कालीन स्थितिमा पनि कत्ति दुःख नमानी आफ्नो भोको पेट राखेर गरेको सातुदानको हार्दिक प्रशंसा गर्दै धर्मराजले चारैजनालाई सशरीर बैकुण्ठ लैजानुभयो । यो दिन वैशाख शुक्ल तुतीयाको दिन थियो अर्थात् अक्षय तृतीयाको दिन थियो ।
माथिको दृश्य देखेको न्याउरी यी सबै कुराको चर्चा गर्न दौड्दै आफ्ना जहानसँग गयो । जहानले उसलाई चिनेनन् । अतिथिले खाँदा उडेको सातु परेको प्वाल बाहिर देखिएको न्याउरीको आधा शरीर सुनौला भएको थियो । अतिथिलाई दिएको सातु दान त खेर गएन नै उडेको सातुसमेतले न्याउरीको शरीर सुनौलो भएकोले यस दिनमा दिएको दान कत्ति पनि नाश नहुने भनी यस तिथिको नाम अक्षय तृतीया रहन गयो । त्यसैको सम्झनास्वरूप यस तिथिमा सातु सर्वत दान दिने चलन अहिले पनि छ ।

न्याउरीलाई जीउ आधा सुनौलो भएपछि यो शरीर पूरै सुनौलो बनाउने इच्छा बढ्दै गएको थियो । त्यसैले कहीँ ठूलो यज्ञहुँदा न्याउरी त्यहाँ हाजिर भैहाल्थ्यो र जुठ्यानहुँदी लडिबुडी गथ्र्यो । तर उसको शरीरमा अलिकति पनि सुनौलो भाग थपिन वा बढ्न सकेकोे थिएन । एक दिन न्याउरीले राजा युधिष्ठिरले राजसूय यज्ञ गर्ने भन्ने थाहा पायो र साङ्गेताको दिन न्याउरी इन्द्रप्रस्थ पुग्यो । इच्छाअनुसारको दान दिन युधिष्ठिर दत्तचित्त थिए । न्याउरी भने यता छोइए सुनौलोे भैएला कि उता छोइए सुनौलो भैएला भन्दै दौडिरहेको थियो । साँझ परेपछि भव्य यज्ञको बारेमा देश देशावरका व्यक्तिहरूबाट समीक्षा भैरहेको थियो । कसैले यस्तो भव्य यज्ञ देखिएको त के सुनिएको पनि थिएन भन्थे । कसैले यो यज्ञ न भूतो न भविष्यति हो भन्थे । कसैकसैले दरबारको धन सम्पत्तिको स्रोतलाई कल्पवृक्ष, कामधेनुको उपमा दिन्थे । दान लिने दुःखियाहरू राजा युधिष्ठिरको जयजयकार गर्दै आआफ्ना घरतिर जान्थे । युधिष्ठिर पनि आफू दाता भएकोमा मख्ख थिए ।

कहिले यता कहिले उता गरिरेको न्याउरीमाथि युधिष्ठिरको दृष्टि प¥यो । न्याउरीले केही खान खोजिरहेको हो कि भनी भान्सेलाई खाना ल्याउन अह्राइयो । आफूलाई खाना ल्याएको देखेर न्याउरी बोल्यो – महाराज, एक जना सिला खोजी ल्याएको जौको सातु दान गर्दा उडेको सातुको सम्पर्कमा आउँदा मेरो यो आधा शरीर सुवर्णमय बनेको थियो । तर आज तपाईँँँको यत्रो दानको महिमा गाइएको यज्ञमा आउँदा पनि मेरो सुनौलोपन अलिकति पनि थपिन नसक्दा म दिक्दार भएर यताउता भौँतारिइरहेको छु । न्याउरीको वचनले युधिष्ठिरलाई साँच्चै ठेस लाग्यो ।
अर्को दिन उनी दानको वास्तविक रहस्य पत्ता लगाउन शहरबाहिर निस्के । शहर गाउँको सीमामा एउटा महात्मा बस्दा रहेछन् । उनलाई गाउँले र सहरबासीले त्यहीँ आई खाना, भिक्षा दान गर्ने रहेछन् । महात्माले त्यहाँ आउनेलाई अर्ती, उपदेश, ज्ञान दिने गर्ने रहेछन् । युधिष्ठिर पनि महात्माका कोखामा बसेर कुरा सुनिरहेका थिए । खाना खाने बेलामा एउटा मजदुरले अलिकति साग र बाक्लो रोटी ल्याएर दियो । महात्माले खुसी हुँदै राखे । एकै छिनपछि एक जना खानदानीयाले चौरासी व्यञ्जन पठाइदियो । महात्माले मधुरो मुख लागाउँदै सो पनि राखे । अरू सबै जना हिँडे पनि युधिष्ठिर महात्मासँगै थिए । महात्मा स्नानादि गरी शुद्ध भै खाने तरखरमा लागे । उनले चौरासी व्यञ्जनयुक्त खानेकुरालाई पर सारी रोटी र सागतर्फ हात बढाए । त्यसको एक टुक्रा र अलिकति साग युधिष्ठिरलाई पनि दिए ।

चौरासी व्यञ्जनलाई पर सारी मामुली रोटी खाने विचार युधिष्ठिरलाई अनौठो लाग्यो र भने – महात्मन्, यो चौरासी व्यञ्जनभन्दा रोटीतर्फ यहाँको आकर्षण कसरी बढ्न गयो ? मैले यसको रहस्य बुझ्न सकिनँ नि । महात्माले केही नबोली दायाँ हातमा एक गाँस रोटी र बायाँ हातमा एक गाँस चौरासी व्यञ्जनयुक्त खाना लिएर चरप्प मुठी कसे । दायाँँ हातबाट तपतप दूधिलो रस झ¥यो र बायाँ हातबाट रगतका थोपा ! यो दृश्य देखेर युधिष्ठिर उदेकाए । युधिष्ठिरले उदेक मानेको देखेर महात्माले रहस्योद्घाटन गर्दै भने– बाबु हेर, यो देख्दा रूखोसुखो जस्तो देखिन्छ । यो आफ्नै पसीनाको कमाइ हो । त्यसैले यो दूधमय छ । अमृतमय छ । तर यो (चौरासी व्यञ्जन) लाटासोझालाई ठगठाग गरी कमाइएको धनबाट बनेको हुनाले हिंसाजन्य छ, रक्तमय छ, अग्राह्य छ ।

ओहो म चक्रवर्ती सम्राट हुने नाममा कति सोझासादाको ज्यान गयो होला ? कतिले कति कष्ट पाए होलान् ? त्यसैले त न्याउरीले मलाई चसक्क वचन लगाउने अवस्था आयो । दानको यो रहस्य बुझेपछि युधिष्ठिरले हिँजोको न्याउरीको शरीरको रहस्य बोध गर्दै घर फर्के ।
दानप्रतिको सामाजिक दृष्टिकोण यो दिने मात्र हो लिने होइन भन्ने छ । दान दिनु अवसरको कुरा हो भने दान लिनु बाध्यताको कुरा हो । यजुर्वेद अध्याय सातको अठचालीसौँ ऋचाले दान कामनाले दिइन्छ र कामनाले लिइन्छ भनेको छ । (कोदात्कस्माअदात्कामोदात्कामायादात् । कामो दाता कामः प्रतिग्ग्रहिता कामैतत्ते ।।)

दानले दाताको यश, ऐश्वर्य बढ्छ । दान लिने कुपात्र भएमा दानले अपशय पनि पाइन्छ । त्यसैले अज्ञानीलाई दान दियो भने दानको मृत्यु हुन्छ भनिएको छ । के कसरी नाश हुन्छ भन्ने सन्दर्भमा श्रीमद्भागवत् महात्म्यमा यसो भनिएको छ ।
अदृढं च हतं ज्ञानं प्रमादेन हतं श्रुतं । संदिग्धोहि मन्त्रो व्यग्रचित्तो हतो जपः ।
अवैष्णवो हतो राज्यं हतं श्रद्धामपात्रकं । अश्रोत्रियं हतं दानमनाचारं हतं कुलम् ।।
( दृढ निश्चयी नहुनाले ज्ञान नासिन्छ । प्रमाद वा घमण्डले समझ नासिन्छ । शङ्का उपशङ्का गर्नाले मन्त्र वा सूत्रले काम गर्दैनन् । अस्थिर चित्तले जप वा एकाग्रता नासिन्छ । अपालक वा शोषक नेता वा राजाद्वारा देश नासिन्छ । कुपात्रलाई गरिएको श्रद्धा नासिन्छ । अज्ञानी मूर्खलाई दिएको दान नासिन्छ भने अनाचार वा दुराचारले कुलै नासिन्छ ।)

दाताले आफूले दिएको दानको पूरा सदुपयोग होस् भन्ने सोच्नु आवश्यक हुन्छ । दिएको दानले दान ग्रहणकर्तालाई झन् समस्या प¥यो भने दानको औचित्य हुँदैन । गरिबलाई हात्ती दिएजस्तो भन्ने भनाइ नै छ । जोगीलाई गोदानको के काम ? आवश्यकताअनुसारको दानले दाता, प्राप्ता दुवैलाई अमापनीय सन्तुष्टि दिन्छ । रगतको आवश्यकता परेको बिरामीलाई लाखौँ रूपैयाँ भन्दा एक पिन्ट रगत जीवनदायी हुन्छ । भोकले लखतरान परेको बेला एक मुठी रूपैँयाभन्दा एक मुठी सातुले बढ्ता काम दिन्छ । जाडोमा लुगा, गर्मीको समयमा पानी, सामाजिक निर्माणमा श्रमदान, पिछडिएको ठाउँमा शिक्षा दानको महत्व हुन्छ । सूर्य र चन्द्रमाले आफूले उधारोमा ल्याएका जुत्ताको पैसा भाका कबोलमा तिर्न नसकेर अँध्यारो मुख लगाउनु पर्दाको स्थिति नै ग्रहण हो भन्ने भनाइ छ । आपत् टार्न दिइने दान महत्वपूर्ण हुन्छ भनी ग्रहणका समयको दानलाई निकै ठूलो मानिन्छ । ग्रहणमा दिएको दान सूर्य वा चन्द्रमासँग जाओस् र उधारो तिर्न सकून् भन्ने हेतुले नै दिइएको हुन्छ ।

‘दिएको बिर्सनु लिएको सम्झनू’ भन्ने भनाइले निःस्वार्थ दानलाई जोड दिएको देखिन्छ । बोलकबुल, मोलतोल गरेर लिइने दाइजो दान जगत््मा घृणाको कारण बन्छ । दिएको दान फिर्ता लिनुलाई थुकेको थुक चाट्नु सरह मानिन्छ । आफूले दान दिने वस्तु के–कस्तो छ राम्ररी हेरविचार गरी दिनुपर्छ भन्ने कुरा पौराणिक कथा नृग चरित्रमा राम्ररी स्पष्ट पारिएको छ । ठूला दाता भएर पनि हुस्सू दाता हुनाले उनलाई छेपाराको जुनीमा जन्म लिनु परेको थियो । दधिचिले आफ्नो खुट्टाको नलिहाड दिएर, राजा बरेबरेकले टाउको दिएर, कर्णले कुण्डलकवच दिएर, राजा शिवीले आफ्नै मासु दिएर, राजा मुरध्वजले आफ्नो आधा अङ्ग दान दिएर दिने काममा पूर्णता प्राप्त गरेका कथा पुराणमा पाइन्छन् । यी निःस्वार्थ दानका उदाहरण थिए ।

अहिले हरेक ठाउँमा स्वार्थका खेला छन् । हाम्रोजस्तो दानदातव्यका भरमा चल्ने देशले दाताहरूको प्रत्यक्ष वा परोक्ष खेला हेर्न खुब पाउँछ । कमाउँदा आँखा चिम्लेर भ्रष्टाचार गर्ने र सो कालो रकमको केही प्रतिशत दान, चन्दा गरेर चोखो, सुकिलो हुने चलनले दान भ्रष्टाचार मौलाउन सहयोग गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तिहरूले हरेक तिगडम गरेर सन्तानको लागि सम्पत्ति जोर्ने गर्छन् । आफ्नो वास्तविक परिश्रम विना कमाएको धनले आफ्ना सन्ततिमा आयभन्दा व्यय धेरै गर्ने प्रवृत्ति हाबी गराउँछ र कत्रै सम्पत्ति पनि थोरै समयमै स्वाहा हुन्छ । त्यसैले सत् कमाइ र सत् दानमा हाम्रो चित्त प्रवृत्त हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?