ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर
जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप

न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

बुटवल, २६ बैशाख । रुपन्देहीमा जारी जेट नेपाल यु—१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपमा न्यु होराइृजन बोर्डिङ स्कुल र बुद्ध पब्लिक स्कुल फाईनलमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बुधबार भएको पहिलो सेमीफाईनलमा न्यु होराईजन स्कुलले स्टार क्रिकेट एकेडेमीलाई ५७ रन तथा बुद्ध पब्लिक स्कुलले आयोजक वेष्ट्रन क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै उपाधि दाबेदारी पेश गरेका छन । प्रतियोगिताको फाईनल खेल विहिबार हुने आयोजक क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

नहरपुर माविस्थित खेलमैदानमा भएको खेलमा टस जितेर न्यु होराईजनले २० ओभरमा ६ बिकेटको नोक्सानीमा १८९ रनको बिशाल लक्ष्य खडा गरेको थियो । न्यु होराईजनका सफल भट्टराईले ४६ बलमा ११ चौकाको मद्यतले शानदान ५७ रनको अर्धशतकिय पारी खेलेका थिए ।
अरुण कुमार नाउले १५ बलमा ३१ रन तथा निरज घिमिरेले १६ बलमा २८ रनको योगदान दिए । स्टारका राहुल क्षेत्रीले ३ तथा दिपेन्द्र रेग्मीले २ बिकेट लिए । विशाल लक्ष्य पछ्याएको स्टारको ओपनरहरु क्रिजमा जम्न नसक्दा खेलमा हार ब्यहोरेको थियो । मध्यम क्रममा आएका अमोध बश्यालले ३० बलमा ४४ तथा राहुल क्षेत्रीले २५ बलमा ४० रन जोडेपनि अन्य ब्याट्सम्यानहरु भने दोहोरो अंक जोड्न सकेनन । १९ ओभरमा केवल १२५ रनमा स्टारका खेलाडीहरु समेटिए । कम स्कोरमा रोक्न न्यु होराईजनका अमृत अर्यालले ३ तथा कृष्ण पन्थी र अरण कुमार नाउले २—२ बिकेट लिए । खेलमा न्यु होराईजनका सफल भट्टराई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरी दोस्रो खेलमा वेष्ट्रनले ब्याटिङ रोजेर निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १३० रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका निश्चल पौडेलले ३१ बलमा २२ तथा केशव रायमाझीले ३५ बलमा ३० रनको बनाए । मध्यम लक्ष्य पछ्याएको बुद्ध पब्लिकका ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर समान १३० रन नै जोडेको थियो । बुद्धका बिनय कार्कीले ५९ बलमा ६३ रनका साथ शानदार अर्धशतक पुरा गरे । खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा बुद्ध पब्लिक विजयी भयो । वेष्ट्रनका जागृत पोखरेलले २ बिकेट लिए । खेलमा बुद्ध पब्लिकका बिनय कार्की प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाईएको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?