ट्रेंडिंग:

>> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना

महिला हत्या गर्ने आठ जना कारागार चलान

६ जेष्ठ २०७८, बिहीबार
६ जेष्ठ २०७८, बिहीबार

महिलाको हत्या गरि हातका औलाहरु काटेर बिक्री गर्ने गिरोहमा संलग्न ८ जना पुर्पक्षका लागी कारागार चलान भएका छन ।

कपिलवस्तु अदालतको आदेशमा गिरोहमा संलग्न ८ जनालाई पुर्पक्षका लागि कपिलवस्तु कारागार चलान गरिएको हो ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका सँगै सिमा जोडिएको रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नम्बर ५ मनहरपुर बुडन्तपुर स्थित माईती घरमा बस्दै आएकी ४२ बर्षिय सरजहाँ दर्जी चैत्र १२ गते राती एकाएक घरबाट हराएकी थिईन ।

प्रहरीले चैत्र २० गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को बेतिया नदीमा बोरामा हालेर चार वटा ढुङ्गा समेत राखी फालिएको अवस्थाको उनको शव फेला पारेको थियो । बोरामा हालेर फालिएको महिलाको लासमा दुबै हातका बुढी औला बाहेकका आठ औंला काटिएको अवस्था थियो । अनुसन्धानको क्रममा सरजहाँ दर्जीलाई शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बेतिया नदी छेउको चौरमा लगी गफ गरेर केहि बेर पछि हत्या गरेको खुल्न आएको थियो ।

उनलाई घटनास्थलमा बोलाउनेहरुमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका २ का अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमान थिए । चउरमा लगी गफगाफ गरेको दुई घण्टाकै अवधीमा दुबै जनाले मिलेर सरजहाँ दर्जीको घाटी थिचेर हत्या गरेको खुलेको थियो । हत्या पश्चात बेलालले उनका आठ औंला काटेको र दुबै जना मिली बोरामा हालेर बेती नदीमा फालेका थिए । अनुसन्धानका क्रममा हत्या गरि निज महिलाका हातका औलाहरु काटेर ल्याएमा प्रति औंला ७०/८० लाख मुल्य पर्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न तान्त्रिक सहित ८ जनालाई प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा आएकामा कलाम र बेलाल सगै तान्त्रिक पेशामा रहेका रुपन्देहीको शियारी गाँउपालिका ५ का जमिल अहमद देवान थिए । उनीहरु सँगै घटनामा संलग्न रहेका कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ शिवलवाका कृष्ण कुर्मी र राम हरक यादव तथा वडा नम्बर ४ का सत्य नारायण बढई, नवलपरासी पुर्वको मध्यबिन्दु नपा ७ का खेम बहादुर मल्ल र रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १ बनकट्टाका ६७ बर्षिय कर्ण बहादुर सुनार रहेका छन ।

महिलाको हत्या पश्चात औला काटी बिभिन्न स्थानमा सप्लाई गर्ने तथा राख्ने व्यक्तिहरुको संगठित गिरोहमा संलग्न ८ जना लाई जिल्ला अदाालत कपिलवस्तुबाट संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचबिखन तथा ओसार पसार कसुर मुद्दामा पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश अनुरुप कपिलवस्तु कारागार चलान गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?