ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
सन्दर्भः मातातीर्थ आंैसी

‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन, मेरी आमाको मुख दिनमा जतिपटक देखेपनि नथाक्ने म, हेरीरहु ँलाग्ने,बोलीरहु लाग्ने, अझै भन्नुपर्दा जन्मिएसी अहिले सम्म न आमाको मुख देखेर थाकेकी छु, न नराम्रो मानेकी छु, बरु केही दिन, केही महिना, देख्न नपाए अत्तालिन्छु । आमाको बात्सल्यमा लुटुपुटु गर्ने चाहाना राख्छु, तर छोरीको हकमा यि कुरा लागु हुन सक्दैनन् सायदै । आमाको अनुहार आँखा वरिपरि राखेर मिठो प्रेम गर्ने म जस्ता सन्तानहरू कैयौ होलान् । उनीहरू पनि यस्तै भन्लान् मैले जस्तै, अझै धेरै, आफ्नै तरिकाले,आफ्नै प्रमले, सद्भावले, अनि अनेकौ भावले, यो आमा भन्ने शब्दको अर्थ अथाह हुन्छ, मैले शब्दमा बर्णन गर्न थालेभने अन्याय हुन सक्छ, अपुर्ण हुन सक्छ ‘‘‘‘‘।
क्यानडाली लेखक गिल्र्बट पार्करले भनेका छन् “जब एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाकोे जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् ।”
हो,आमा बन्न त्यति सजिलो कहाँ छर ? बाँचे सुत्केरी, मरेकाल भन्ने उखान सुनेर हुर्किएका हामी छोरीले एउटा सन्तानलाई संसार देखाउन आफ्नो जिवन नै दाउमा राखेका हुन्छौ । ठ्याक्कै तथ्यांक प्रस्तुत नगरेपनि आमा बन्दा आमाहरूले आफ्नो जिवन आहुति दिएको हामीले देखेका छौं,भोगेका छौ र सुनेका छौ ।
अब आजको प्रसंगलाई केही दिन अगाडी ०८१ बैशाख १७ गते मेरी कान्छी बैनीलाई प्रसव पीडाले च्यापेको समय र उनी आमा बनीसकेपछिको अनुभूतिलाई जोडेर अगाडि बढ्न चाहान्छु । नौ महिनासम्म आफ्नो शरिरमा राखेको सन्तानलाई सुन्दर संसार देखाउने प्रक्रिया शुरु भएपछि बैनीलाई पिडा हँुदै गयो, एक दिन पिडा भयो, दुईदिन पिडा भयो,अथाह दुख्यो, कहाँ दुख्यो, बेस्सरी सहनै नसक्ने गरि दुख्यो ,तर उनले हिम्मत हारेकी छैनन् ।
पेटमा बच्चाले आफ्नो बासस्थान बनाएपछि नै कहिले खान नहुने, कहिले वान्ता हुने, अल्छी लाग्ने, रिस उठ्ने, पेट ठुलो हुदै गएपछि थुचुक्क बस्न नमिल्ने, सुत्न नमिल्ने, घरको काम, कार्यालयको काम , संगै हरेक पिडा सहेर पार गरेर आएकी उसलाई प्रसव पिडाले नराम्ररी गालेको थियो । उ आमा बन्न खोज्दैथिई । जव उसलाई बेथाले च्याप्दै जान्थ्यौ, म संसारका आमाहरूलाई सम्झिन्थे, एउटा शरिरले मेसीनले झै १९, वटा सम्म बच्चा जन्माएका आमाहरूका जिवन भोगाई त कथा जस्तै लाग्न थाल्यो ,उनीहरूलाई सम्झिन्थे, आठ वटा सम्म बच्चा जन्माएकी आफ्नै आमा सम्झिन्थे, आखाभरि आशु बनाउथे र फेरि बैनीलाई सम्हाल्थे र सम्झाउथे ।
नानी नआत्तिउ यो प्राकृतिक कुरा हो, आमा बन्नु एउटी नारीका लागि सौभाग्य हो । हामी यस्तो सुगम शहरमा छौ, ठाउँमा छौ ,बच्चा जन्माउन नसकेर पनि कही मृत्यु हुन्छ ,अझै शक्ती प्रयोग गर । अगाडी फर्किएर उनलाई हौसला र बल दिने म मन्टो बटार्दै आसु पुछ्थे । ओहो हामी छोरीलाई कति पिडा हुन्छ है ,कति गाह्रो हुन्छ है ,अझै काम नभएकामा गनिन्छ, हाम्रो जिवन । व्यर्थ रहेछ जिन्दगी ,,,,,,यस्तै यस्तै अनेकौ कुराहरू ,,,,,,,,,,सोचिरहे ।,
अनि अर्को मनले भन्थ्यो हामी पे्रमिल छा,ै सहन्छौ, मान्छे बाट मान्छेको जन्म दिन्छौ, आफ्नो रगत सन्तानका लागि खर्चिन्छौ, आधा पेट खाएर सन्तानको भोक मेटाउछौ,अनि त हामी आमा बनेका छौ ,महान आमा ,सन्तानको भगवान, अनि संसारका हरेक सम्बन्ध भन्दा माथि ,,,,धेरै माथि ,,,,,,,,,,,,,,।
यत्तिकैमा बैनी चिच्याईरहेको आवाज कानमा ठोकिन्छ, अब म मेरो सन्तानलाई पाउन सक्दिन, मलाई पिडा भयो, अब म आफै बाचँुला जस्तो लागेन, गाह्रो भो आत्तिए म के गरौं ,,,,,,,,,,,,,,,,, यो प्रश्नको उत्तर म संग थिएन र छैन पनि प्रसव पिडाले थाकेकी बैनी छटपटाउदा छटपटाउदैे सन्तानको जन्म दिईन छोरी, भविष्यकी आमा ,,,,,,,,,,,,,,,,अनि मैले बैनिलाई सोधे, पहिलो सन्तानको आमा बन्दा कस्तो अनुभूति गर्यौ । उनले भनिन् (संसार जिते जस्तो भो , अब त बाचे जस्तो भयो, अझै मिठो सम्बन्ध त मैले आमाको उपमा पाए,आमाको नाता पाए, म आमा भए दिदि । छोरीलाई छातीमा टाँसेपछि त सबै दुखाई बिर्सिए । यो त अचम्मको पिडा हुदो रहेछ, सन्तान देखेपछि दुख भाग्दोरहेछ, यस्तै यस्तै धेरै ‘‘‘‘‘‘‘‘।
यत्ति त जन्माउदा सम्मको पीडा हो, अब जिन्दगीका अरू पल र जिम्मेवारी थपिए भन्ने मनमनै सोचे । एउटी आमालाई आफ्नो सन्तान हास्ला किनै, बोल्ला किनै, हिड्ला किनै,अग्लो होला कि, होचो होलाकी, कस्तो तरिकाले पढ्ला, रोग केही नलागी हुर्काउन पाए हुन्थ्यो, असल भए हुन्थ्यो अनि उसको सुनौलो भविष्य कोरिदिन पाए हुन्थ्यो ।’ त्यही दिनबाट शुरु हुन्छ यो चक्र पनि ‘।भलै यो सोचाई बाउमा पनि आउन सक्छ तर आमालाई अलि बढी नै हुनेगर्छ ।यसरी एउटा जिवनको जन्मचक्रमा आमा नै परेकी हुन्छिन् । आमा त ती साक्षात् देवी हुन् । हाम्रो जिवको सृष्टीकर्ता हुन्,जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरो अपुरो हुन्छ ।
को हुन् आमा ?
आमा, यस्तो पात्र हो जो कसैकी छोरी हुन्, । कसैकी श्रीमति हुन्, । कसैकी बुहारी हुन्, दिदि हुन्, बहिनी हुन्, फुपु हुन्, उनी भाउजु हुन्, नन्द हुन्, अनेक नाता र सम्बन्ध छन,् आमाका । यी र यस्तै अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ, आमाले । र, यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्छिन् आमाले । हाम्रो नेपाली समाजमा परिवार धान्ने जिम्मा आमाको काधमा छ । समानताका कुरा, असमान कुरितिका कुरा हटाउने बहस गरेपनि महिला र पुरुषको जिम्मेवारीका हिसावले घर परिवार,नाता गोता, चाडपर्व, सस्कृति, भेटघाटमा आमा नै अग्रसर भएर अगाडी लाग्नपर्छ र लागिरहेका छन्। आमासंग परिवारमा एउटा छुट्टै किसीमको नाता छ, माया छ, आमा बिनाको घर के घर, आमा बिनाका चाडपर्व के पर्व, भनेर आमा गुमाएकाहरूले आफ्ना अतित सम्झिदा सायदै हाम्रा आँखाभरि आशु छचल्किने गर्छन् । त्यसैले, आमा धर्ती हुन् । आमा गुरु हुन्। आस्था हुन् । आदर्श हुन् । विश्वास हुन् ।प्रेम हुन् । समयमै आमाको सेवा गरौं, रक्षा गरा,ै आमालाई सकेसम्म खुशी राखौं आमासँग कुनै गुनासो नगरौं। र आमाहरूले पनि सन्तानको बृद्धि विकास र उसको भविष्य प्रति चिन्ता गरौ । यति भनिरहदा लेखिरहदा संसारमा यस्ता सन्तान पनि छन् जो आफ्नै आमा संग गुनासो गर्छन्, आमासंग बर्षै बर्ष नबोलेरै आमा गुमाएका छन्,अनि पछि पछुताएका छन् । आमाहरूले पनि सन्तानले बोलि बार्ने सम्मको व्यवहार गर्नुहुदैन र सन्तानले संसार देखाएकी आमासंग धेरै अपेक्षा गर्नुहँुदैन ।
सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, जिवनमा हरेक पलपलमा कयौं कष्ट बिर्सेर सन्तानकै खुसीमा रमाउने आमाहरूलाई पे्रमिल प्रणाम छ ।
समय बदलिदो छ, आमा बन्ने धेरै माध्यमहरू समयको विकासक्रम संगै विकास भएका छन् । रगतको नातासँगै भावनात्मक नातामा बिश्वसनियता कायम हुन थालेको पनि देखिन्छ । हरेक व्यक्तीका आफ्नै पिडा हुन्छन्, समस्या हुन्छन्, ती समस्या समाधान गर्ने अनेक माध्यम होलान् तर आमा मात्रै एउटी यस्तो सल्लाहकार हुन् जो बिना स्वार्थ एउटा दरिलो खम्बा बनेर जिवनको अन्तिम पल सम्म सन्तानको हितका लागि,खुशीका लागि खडा रहन सक्छिन् ।
त्यसैले अब्राहम लिंकनले भनेमा छन्– “जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । ” र अन्त्यमा यही भनाईलाई आत्मसाथ गर्दै आमाको कर्तब्य र निष्ठाको पुर्ण पालना गरि सन्तानले र सन्तानका चाहाना, भावना, र सबै सन्तान प्रतिको प्रेमभावलाई एकताको शुत्रमा बाधेर संसाराभरका बिशेषगरि नेपाली आमाहरूलाई अगाडी बढ्ने प्रेरणा जुगौ जुग सम्म मिलिरहोस् भन्ने आमा औंसीका अवरसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्तm गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?