ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

विश्व रेडक्रस दिवस

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

‘म खुसी दिन चाहन्छु र मैले दिएको खुसी मेरा लागि सम्मान हुनेछ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस विश्वका विभिन्न मुलुकसंगै नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनले गरेको योगदानको कदर गर्दै हरेक बर्षको मे ८ लाई संसारभर रेडक्रस दिवसका रूपमा मनाउने परम्परा रहेको छ । विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आत्मसाथ गर्दै सन् १८६४ को जेनेभा सम्मेलनबाट रेडक्रसले आधिकारीकरूपमा मान्यता प्राप्त गरेको हो । नेपालमा भने धेरैपछि बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भयो । रेडक्रसले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र सर्वव्यापकता भन्ने भावलाई आत्मसाथ गरेको छ । अहिले देशका विभिन्न स्थानमा डढेलोका कारण आगलागीका घटना भएका छन । यो बेला सयौं घर परिवार विस्थापित भएका छन । विस्थापित भएका घर परिवारलाई मानवीय सहयोग गर्नुपर्ने आवश्यकता छ । दुःखको बेला मानवको सेवा गर्ने रेडक्रसको महान अभियान हो । रेडक्रस दिवस खासगरी स्वयंसेवक युवाहरूको संलग्नता, सम्मान, सुरक्षा तथा स्वयंसेवकको प्रबर्धनमा लक्षित रहेको छ । सम्भावित विपद् तथा आपत्कालिन परिस्थितिको सामाना गर्न समुदायलाई सहयोग गर्ने, उनीहरूको उत्थानशीलतालाई बढावा दिन तथा अहिंसा एवं शान्तिको प्रबर्धन गर्ने गतिविधिमा युवा स्वयंसेवकले अतुलनीय योगदान दिइरहेका छन् । आपतकालीन परिस्थितिमा स्वास्थ्य सेवा पु¥याउने काम र शान्ति प्रबद्र्धनको लागि सकारात्मक व्यवहार प्रबद्र्धनमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ । तर, पछिल्लोसमय रेडक्रसको भूमिकामाथि प्रश्न गर्न थालिएको छ । यो चिन्ताको कुरा हो ।

नेपालमा अहिले मानवीय सहयोगको ठूलो खाँचो रहेको छ । खासगरि आगलागी र डढेलोका कारण विस्थापनमा परेकाहरूको पीडामा मल्हम लगाउनुपर्ने खाँचो छ । यद्यपि रेडक्रसले विगतमा आफ्नो भूमिकालाई सशक्त नबनाएको भने होइन । जसको साख अहिलेसम्म पनि कायमै छ । तर, पछिल्लो समयमा रेडक्रसको भूमिका पारदर्शी नभएको आरोप पनि संसारभरि लाग्न थालेको छ । यो चिन्ताको कुरा हो । रेडक्रसका पदाधिकारीमाथि बेला बेलामा प्रश्न उठने गरेको छ । रेडक्रस दिवस मनाउँदै गर्दा अव रेडक्रसको नेतृत्वमा युवाको बर्चस्व हुनुपर्दछ । वास्तवमा आजका यूवा नै हुन जसले भोलिको नेपालको नक्सा कोर्न सक्छन । दुखेको देशलाई मल्हम पट्टी लगाएर केही आशातीत वनाउन सक्छन । यूवामा नै त्यो साहस छ जसले परिवर्तनको पथमा आफूलाई कहिल्यै विचलित वनाएनन् । चाहे त्यो २००७ को प्रजातन्त्र वा ऐतिहासिक जनआन्दोलन २०४६ सफल वनाउन नै किन नहोस् । यूवाहरूको भूमिका त्यो भन्दा पनि बढी सामाजिक काममा सशक्त रहेको देख्न सकिन्छ ।

नेपालकै सन्दर्भमा कुरा गर्दा रेडक्रसकै मार्फत यूवाहरूले सामाजिक विकासमा सहभागिता जनाएका छन । त्यो संगै विपदका समयमा उनीहरूले खेलेको भूमिका कहिल्यै विर्सन सकिदैन । रेडक्रम एक माध्यम हो र यही माध्यमवाट यूवाहरूले समाजका अनेक आयाममा सहयोग पु¥याएका छन । यूवामा नै त्यो शक्ति छ जसले कुनैपनि समस्याका बखत आफूलाई समर्पित गर्न सक्छ । सन्दर्भ रेडक्रससंग जोडिएकोले नेपालको रेडक्रससंग यूवाहरूको साइनो अन्योन्याश्रित छ । नेपालका हरेक विपदका समयमा यूवाहरूले ठूलो त्याग गरेका छन जसको सम्मान गर्नुपर्दछ । विपदको अवस्थामा युवाहरूको सक्रियता र भूमिका विगतमा पनि हामीले देखेकै हो । तसर्थ विश्व रेडक्रस दिवस मनाउँदै गर्दा युवालाई समाजसेवामा जोड्नु जरुरी छ । समाजसेवा भनेकै रेडक्रस हो । रेडक्रसका माध्यमबाट युवाहरूले देश दुःखीरहेको बेला मल्हम बन्ने प्रयास गर्नु जरुरी छ । हेनरी ड्यूनाले स्थापना गरेको रेडक्रसको साख जोगाउने र त्यसकै माध्यमबाट समाजसेवा गर्नेतर्फ हामी सवैको ध्यान जानुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?