ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

हे मत्यु ऐले नआ !

३ आश्विन २०७७, शनिबार
३ आश्विन २०७७, शनिबार

आँखा बादलिएर लाग्छ अहिले कानो भयो जिन्दगी
छाती मुन्तिर चस्किदा दिनदिनै गानो भयो जिन्दगी
कहिलै पुर्ण भएन खाली दुईटा चानो भयो जिन्दगी
स्वप्नको घर भत्किएर चुहिने छानो भयो जिन्दगी

मानिस ७० वर्षको उमेरमा पुग्दाको अवस्था चित्रण गर्दै छन्दबादी समाज नेपालका अध्यक्ष तथा प्रगतिशिल लेखक संघका उपाध्यक्ष कविराज पौडेलले शनिबार बुटवलमा ‘जिन्दगी’ कवितासंगै समसामयिक अवस्था चित्रण गर्ने ‘कोरोनालाई चिठी’ कविता सुनाए ।

हे मत्यु ऐले नआ !
यी सांसारिक रोगका विरसिला सुन्दै कथुङ्ग्री अझै।
आनन्दै छु बसी यहीँ नियतिका चढ्दै म थुक्की अझै।
बाँच्ने लोभ हुँदा छ दुःखपिरको सानोतिनो त्यो कथा।
साह्रै दुःखित छैन मार्छु म भनी हे मृत्यु ऐले नआ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४२ औ नियमित बैठक तथा साहित्यीक अन्तरक्रियामा उनले आफनो रचना वाचन गरे । उनिसगै तिलोत्तमा साहित्य प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेले मुक्तक र गजलहरु सुनाए ।

धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।
कोही कुबेर होला कोही सुदामा होला, सबैमा जिवन बाच्ने रहर देखियो । धेरै पछि कोरोनाको कहर देखियो ।
न कोही शत्ता पक्ष न प्रतिपक्ष नै छ, देशैभरि एकताको लहर देखियो । चारैतिर कोरोनाको कहर देखियो ।
न ज्ञान र विज्ञान संगै नै छ ओखती, सर्वत्र ब्यस्त अनौठौ जहर देखियो चारैतिर कोरोनाको कहर देखियो ।
बाच्नमात्र पर्छ अनेक देख्न पाईन्छ भन्थे, कहाली लाग्दो एउटा ठुलो प्रहर देखियो ।
धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।

करौडौ कमाउनेले नी के पो खान्छ र? कात्रो बाहेक मर्दा के पो लान्छ र ?
यति विद्म घमण्ड किन हो तिमीमात्रै, हासेर बोल्दैमा तिम्रो के पो जान्छ र ?

कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ विरुद्ध क्लबबाट विभिन्न सचेतनासंगै सुरक्षा निकाय, पत्रकार संघसंस्थाहरुलाई मास्क वितरण, हेन्ड सेनिटाईजर वितरण कार्यक्रम गरिएको बताए । पछिल्लो समय लकडाउन खुकुलो भएसंगै सुरक्षा र स्वस्थ्य मापदण्ड अप्नाएर कोरोना सचेतनासंगै कला संस्कृति र साहित्यको जर्गेना गर्ने लक्ष्यसहित अन्तरक्रिया गरिएको उनले बताए । कोरोना कहर न्युनिकरण भए आफनो कार्यक्रलमा राष्ट्रब्यापी साहित्यीक कार्यक्रम गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम अर्याल, बालकृष्ण अर्याल, सचिव अर्जुन आचार्य, सदस्य भगवती अर्यालले साहित्य समाजको दपर्ण भएको बताउदै यसको संरक्षण गर्ने काम सबैको साझा दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?