ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

कथाः हेडसर

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

साहित्य पोष्ट
हेडसर भनेपछि वरिपरिका गाउँबस्तीमा नचिन्ने कोही थिएन । उनको नाम घनलाल भए पनि घनलालभन्दा बढी उनी हेडसरबाट परिचित थिए । उनी विद्यालयमा पढाउने शिक्षक मात्रै थिएनन्, विद्यालय चलाउने प्रशासक मात्रै थिएनन्, गाउँका भद्रभलाद्मी तथा बुद्धिजीवी पनि थिए । सबैका प्यारा थिए । गाउँलेहरूका बिचमा सम्मानित तथा प्रतिष्ठित थिए ।
निकै मिहिनेतका साथ पढेर बिए पास गरेपछि हेडसर आफ्नै गाउँको स्कुलमा माध्यमिक तहको मास्टर भएका थिए । त्यस समयमा स्कुलमा विद्यार्थीको निकै चाप हुन्थ्यो । सात–आठ सय नै हुन्थे विद्यार्थी । वरिपरि नजिकमा अर्को हाइस्कूल थिएन । मास्टर भएको केही वर्षमै उनले हेडमास्टर भएर विद्यालयको प्रशासन चलाउन थालेका थिए । बेला बेलामा स्कुलमा केटाहरूका बिच झगडा पर्थ्यो । विशेष गरी गुरुङ गाउँ र मगर गाउँका केटाहरू पढाइभन्दा बढी लडभिडमा लाग्थे । कहिलेकाहीँ आठ–नौ कक्षामा पढ्ने फाँटका गिरी केटाहरू पनि लड्नैका लागि भनेर साइकलको चेन र छुरीहरू झोलामा हालेर ल्याउँथे । सबैलाई सम्झाइबुझाई गरी स्कुल चलाएका थिए हेडसरले । गाली गरेर हुने अवस्थामा गाली गर्थे भने पिट्नुपर्ने अवस्थामा लडभिडमा संलग्नहरूलाई पिटेरै पनि समस्याको समाधान गर्थे ।

विद्यार्थी एवम् गाउँलेहरूको मुखबाट निस्कन्थ्यो, ‘हेडसर कडा स्वभावका छन् र प्रशासन पनि राम्रो चलाउँछन् ।’

सानो र सुखी परिवार थियो हेडसरको । एक छोरा र एक छोरी गरी दुई मात्र सन्तान थिए । छोराछोरी दुवैलाई सहरमा राखेर बोर्डिङ स्कुलमा पढाएका थिए । केही पछि सहरमै जग्गा किनेर घर बनाए । सहरको घरमा छोराछोरी
बस्ने गरेका थिए भने गाउँको घरमा हेडसरका आफ्नै दम्पती ।

गाउँको पुर्ख्यौली खेतको केही अंश बेचेर एउटा प्राइवेट हस्पिटलमा सानोतिनो लगानी गरेका थिए अर्थात् शेयर हालेका थिए । उनलाई त यसरी लगानी गर्नुपर्छ भन्ने बारेमा खासै ज्ञान थिएन र लगानीबाट फाइदा नै हुन्छ भन्नेमा पनि निश्चिन्त थिएनन् तर सांसद भएको सालो अनि श्रीमतीलगायत सबैले हौस्याएको हुनाले नै उनले लगानी गरेका थिए ।
छोराछोरी दुवैले सहरकै बोर्डिङबाट एसएलसी पास गरेपछि कक्षा एघारमा साइन्स लिएर पढेका थिए । दुवै पढाइमा अब्बल पनि थिए । छोराले एघार–बाह्र कक्षा राम्रै अङ्क ल्याएर पास ग¥यो । उसका अधिकांश साथीहरू पढ्नका लागि भनेर कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही जापान र कोही क्यानडा पुगिसकेका थिए । मन मिलेका साथीहरू सबै विदेश भासिएकाले ऊ साथीहरूबाट एक्लियो । विदेश जान नसक्ने हो भने त इज्जतमै दाग लाग्छ कि जस्तो गर्न थाल्यो र उसले पनि बिस्तारै विदेश जाने सोच बनायो ।
ब्याचलरको दोस्रो वर्षमा पढ्दै गर्दा विदेशतिरको प्रोसेस चाल्यो । अमेरिका र क्यानडा उसले जान चाहेका देश थिए । एक वर्षभित्रकै प्रयत्नमा अमेरिकाका लागि भिसा लाग्यो । अमेरिकाका लागि छोराको भिसा लाग्दा देख्नेहरू सबैले हेडसरको अनुहार उज्यालिएको अनुभव गरे । उनी छोरालाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । बाबुछोरा भएर विमानस्थलमा थरीथरीका सेल्फी खिचे । हेडसरले आफ्नो फेसबुकमा बाबुछोराका संयुक्त र सिङ्गल फोटाहरू पोस्ट गरे ।
फोटाहरूसँगै उनले लेखेको टिप्पणी यस्तो थियो, ‘शुभयात्रा छोरा ! तिम्रो अमेरिकाको बसाइ सफल होस्, सुन्दर भविष्यका लागि शुभकामना !’
छोरीले पनि बाह्र कक्षा पास गर्नासाथ अष्ट्रेलियाको बाटो समाई । छोरीलाई बिदाई गर्ने क्रममा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेडसरका श्रीमान्श्रीमती दुवै पुगेका थिए । यति बेला पनि उनले विमानस्थलतिर पस्ने मूल गेटदेखि भित्रसम्म श्रीमती र छोरीका साथमा विभिन्न फोटाहरू खिचे ।
आफ्नो फेसबुकमा छोरीसँग खिचेका फोटाहरू राखेर स्टाटसमा लेखेका थिए, ‘छोरीको अष्ट्रेलियाको बसाइ सुखद् रहोस् !’
छोरो अमेरिकामा पुगेको केही समयमै काममा लाग्यो । कमाउँदै पढ्दै गर्न थाल्यो । यही समयमा हेडसरले पनि मास्टरी पेसाबाट अवकाश लिए । गाउँको घर धुवाँउनका लागि पल्लो गाउँका मगर बाजेको परिवारलाई जिम्मा दिएर उनी सहरमै बस्न थाले । सहरको घरमा हेडसरका बुढाबुढी मात्रै । छोराछोरी दुवै बाहिर । छोराले अमेरिकामा बसेर कमाइ गर्न थालेको केही वर्षपछि हेडसरले सहरमा अर्को एउटा घडेरी पनि जोडेका थिए ।
पहिले हामी एउटै गाउँका, नातामा भाइखलक पनि । अहिले यस सहरमा पनि हेडसर र म छिमेकी अर्थात् हामीहरू दुवैको घर एउटै टोलमा । घर चाहिँ उनको ठुलो र मेरो सानो अर्थात् उनको साढे दुई तलाको र मेरो डेढ तलाको । डेढ तला भनेको माथिल्ला दुईवटा कोठा टिनले छाएका । घरको आकारप्रकार र आर्थिक रूपमा धेरै न तलमाथि भएपनि हामी दुवै परिवारका बिच हार्दिकता थियो । मिलेर बसेका थियौँ । यद्यपि कहिलेकाहीँ हेडसरमा अलि बढी फूर्ति पनि गरिहाल्ने बानी थियो । हुनेखाने भएकाले हो कि सायद्, गफ पनि ठुलाठुला गर्थे । भेटिएकाहरूसँग गफ गर्ने सिलसिलामा छोराछोरी दुवै विदेश, त्यसमा पनि ठुलाठुला देश अर्थात् अमेरिका र अष्ट्रेलियामा भएको कुरा गर्न बिर्संदैनथे ।
चिया पसलमा चिया पिउँदै गर्दा होस् वा पार्कमा घाम ताप्दै गर्दा होस्, ‘छोराले कार किनेको छ । कारबिना त अमेरिकामा जागिर गर्न मात्रै कहाँ हो र ! जीवन चलाउनै पनि कठिन हुन्छ रे !’ हेडसरले फूर्ति छोडिहाल्थे । साथमा छोरीको अष्ट्रेलियन दिनचर्यालाई पनि जोड्न बिर्संदैनथे ।
एकपटक हेडसर बिरामी भएछन् । रातको समयमा छटपटाउन थालेछन् । मलाई फोन आयो । फोन उनैकी म्याडमले गरेकी थिइन् । निद्रामा थिएँ, ब्युँझेर घडी हेरेँ– पौने एक बजेको रहेछ । तत्कालै उठेर उनको घरमा गएँ ।
‘पेट खपिनसक्नु दुःखेको छ, साँझदेखि अहिलेसम्म चार–पाँचपटक त ट्वाइलेट पनि गइसकेँ । बमिट गर्दागर्दा आन्द्रा नै चुँडे जस्तो लाग्या’छ । पहिला पहिला पनि पेट त दुखिरहन्थ्यो तर आज चाहिँ अचाक्लि नै भयो । जति नै बल गर्दापनि निदाउन सकेको छैन ।’ हेडसरले आफ्नो व्यथा बताए ।
मैले तुरून्तै ट्याक्सी बोलाएँ । हेडसरलाई लिएर हस्पिटल गएँ र ईमरजेन्सी वार्डमा छिराएँ । राति नदुख्ने औषधी र सलाइन पानी चढाएर राखियो । बिस्तारै उनी निदाए । भोलिपल्ट इन्डोस्कोपी र एक्सरे गरियो । अझ क्लियिर हुन डाक्टरले पेटको सिटि स्क्यान गर्न भने, त्यो पनि गरियो । ठूलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँमा रातोरातो खालको घाउ भएको रहेछ । डाक्टरले अल्सर भएको बताउँदै अप्रेसनका लागि तयार हुन भने ।
अप्रेसन गरियो । बिरामी भएर अस्पतालमा बसुन्जेल मैले छोडिन । साथ दिएँ । अस्पतालमा उनकी श्रीमतीलाई पालो दिई नै रहेँ । बिरामीको कुरुवा भएर केही रात त अस्पतालको चिसो भुइँमा पनि सुतेँ । आफ्नो बाबुको हेरविचार गरेबापत उनको छोराले मलाई अमेरिकाबाट म्यासेन्जरमार्फत् ‘धन्यवाद !’ पठायो ।
मैले पनि ‘दुःखबिमार पर्दा हेरविचार गर्नु त छिमेकीको कर्तव्य नै हो नि’ भन्ने वाक्य लेखेर प्रत्युत्तर स्वरूप पठाएँ ।
छोराले अमेरिकामै घरजम गरिसकेको थियो । भुटानी शरणार्थीका रूपमा नेपाल बसेर अमेरिका प्रवेश गरेको परिवारसँग उसको सम्बन्ध जोडिएको थियो । दम्पती दुवै काममा व्यस्त थिए तिनीहरू । आफूले चाहँदैमा बिदा पाउँदैनथे ।
हेडसरको रोग बिसेक हुँदै गयो । दिनचर्या बिस्तारै पुरानै लयमा फर्किन थाल्यो । पेसाबाट अवकास लिएपछि र छोराछोरीले विदेशमा बसेर कमाउन थालेपछि उनमा गफ लडाउने नसा अझ बढी मात्रामा चढ्न थालेको थियो ।
कहिलेकाहीँ मलाई चिया पिउनका लागि बोलाएर निकै बेरसम्म आफ्नै मात्र कुरा गर्थे । उनमा अरूका कुरा सुन्ने चाख तथा धैर्य थिएन भने पनि हुन्छ । दुईचार जना जम्मा भएको ठाउँमा पनि आफ्ना कुरा गरिहाल्थे । राजनीति उनको गफगाफका लागि रुचिको विषय थियो ।
‘म नौ कक्षामा पढ्दादेखि नै प्रगतिशील विद्यार्थीहरूको समूहमा जोडिएको थिएँ । पछि क्याम्पसमा त स्ववियुकै सदस्य थिएँ नि ।’ राजनीतिक तथा बौद्धिक जमातमा उनले यो कुरा धेरैपटक दोहो¥याएका थिए ।
‘अहिले पनि म कम्युनिष्ट पार्टीको जिल्ला सदस्य त छँदै छु । बुद्धिजीवीहरूको फाँट हेर्ने गरेको छु । पार्टीको सांस्कृतिक विभागमा पनि छु । पार्टीले अहिलेसम्म पत्याएकै छ भनौँ ।’ यसरी सुनाउँथे उनले आफ्नो कुरा । हेडसर बेलाबेलामा गोष्ठी, अन्तरक्रिया छ भन्दै विभिन्न कार्यक्रमहरूमा जान्थे । मलाई पनि उनले त्यस्ता कार्यक्रममा धेरैपटक निम्तो गरेका थिए तर मैले एउटा न एउटा बहाना बनाएर फुर्सद नभएको कुरा गरिदिन्थेँ । उनले जाऊँ भनेका कार्यक्रमहरूमा म गइदिएको थिइन तर पछिल्लो समयमा उनले साह्रै कर गर्न थालेपछि भने समयले साथ दिएको र काममा फुर्सद भएको अवस्थामा म पनि उनीसँगै उनीहरूको कार्यक्रममा जान थालेको थिएँ । कार्यक्रमहरू
कहिले उनको पार्टीले गरेको हुन्थ्यो भने कहिले उनकै पार्टीका बुद्धिजीवी तथा संस्कृतिकर्मीहरूका सङ्गठनले गरेका हुन्थे ।
मञ्च पाएपछि उनलाई बढी नै मात्रामा भाषण गर्नुपर्ने ! मान्छे यस्ता कि, दर्शक वा श्रोता जति नै न्यून भए पनि भाषण चाहिँ गर्नै पर्ने ! भाषण पनि लम्बेतानको ! कहिलेकाहीँ त सत्य र तथ्यभन्दा बाहिर गएर मनमा जे आयो त्यही बोलिदिने ! अब त भनाइ टुङ्ग्याउलान् कि भन्यो टुङ्ग्याउनै नजान्ने ! विषयवस्तुभन्दा बाहिर बहकिएर पनि बोल्ने हुँदा श्रोता वा दर्शकलाई दिक्क लाग्नु स्वाभाविक थियो । दर्शक, श्रोताको मनोविज्ञान बुझ्न नसक्ने हेडसरको मन्तव्य सुन्नुपर्दा हलमा बसेकाहरू सबै छटपटाउँथे, आत्तिन्थे ।
हेडसर प्रगतिशील बुद्धिजीवीका रूपमा गनिएका थिए । एकपटक राष्ट्रिय स्वाधीनताको सवालसँग सम्बन्धित विचार गोष्ठीमा उनी वक्ता थिए । म पनि उक्त कार्यक्रममा श्रोताका रूपमा सहभागी थिएँ । उनले राष्ट्रप्रेमका बारेमा साह्रै घतलाग्दा कुराहरू गरे – ‘हामीले हाम्रा युवाहरूलाई विदेश नपठाएर स्वदेशमै उनीहरूको पसिना र पौरखको सदुपयोग गर्नुपर्छ । विदेशी तथा साम्राज्यवादीहरूको गुलाम बनेर हाम्रा पढालेखा युवायुवतीहरूले आफ्नो बल र बैँस तिनीहरूकै देशमा खर्च गर्नु हुँदैन ।’
बोल्ने क्रममा उनले नेपाली युवाहरू विदेशिएकामा यसरी चिन्ता व्यक्त गरे ।
अरेवियन मरूभूमियुक्त मुलुकहरूलाई हराभरा बनाउनुको सट्टा यहीँका बाँझा पाखापखेराहरूलाई उर्वर बनाउनुपर्नेमा जोड दिँदै थप कुराका रूपमा उनले भने, ‘गरे के हुँदैन र यहाँ ? यहीँका पाखापखेराहरूमा नै सुन फुलाउन सकिन्छ ।’
उनले आफ्नो मन्तव्यका क्रममा यसो भन्दै गर्दा मलाई छोराछोरी विदेश पठाउने क्रममा उनैले फेसबुकमा हालेका फोटाहरूको सम्झना आयो । हलमा उपस्थित अधिकांशलाई उनका सन्तान विदेशमा छन् भन्ने थाहा थिएन सायद् ।
अझ हेडसरका बुढाबुढी नाति जन्मेपछि नातिको स्याहारसुसारका लागि अर्थात् थाङ्ने भिसामा अमेरिका पुगेर छ महिनासम्म बसेको पनि मलाई याद आयो ।
उनले मन्तव्यलाई निरन्तरता दिँदै जाँदा मैले पनि श्रोता दीर्घामा बसेर उनका धेरै कुरा सम्झिरहेँ । त्रिभुवन विमानस्थलबाट छोराछोरीलाई बिदाई गर्दाका फोटा मात्र नभई अमेरिकाको नायगरा फल्समा गएर खिची पोस्ट गरेको फोटो पनि सम्झेँ । न्यूयोर्क स्थित स्टाचु अफ लिबर्टीका अगाडि हेडसर, उनकी श्रीमती र छोराबुहारीका साथमा नातिसमेत रहेको फोटो फेसबुकमा आएको पनि मेरो मानसपटलमा झुल्कियो । त्यहाँका चौडा, सफा र सुन्दर सडक अनि डिपार्टमेन्टल स्टोरहरूका फोटा । गगनचुम्बी भवनहरूका फोटा, लटरम्म फल लागेका बोटहरूका मुनिपट्टि बसेर खिचेका फोटा । त्यहाँका विभिन्न पार्क, नदी र तालका छेउमा बसेर खिचेका फोटा । र तिनै फोटाहरूको तलपट्टि ‘स्वर्ग यही धर्तीमै रहेछ’ भनेर उनले लेखेको स्टाटसको भाषा पनि सम्झेँ मैले ।
हेडसर कार्यक्रम भनेपछि हुरुक्कै हुन्थे । वक्ताका रूपमा खरो उत्रन्थे । अर्को एकपटक सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित गोष्ठीमा पनि मैले उनको विचार सुन्ने अवसर पाएको थिएँ । यसपटकको कार्यक्रममा भने मसँगै मेरा अर्का छिमेकी दयालाल पनि थिए । दयालाल र म श्रोता दीर्घामा सँगै थियौँ । हेडसर मञ्चमा । सभासमारोहमा हेडसर आफूलाई अब्बल दर्जाको भौतिकवादी हुँ भन्थे । र यस गोष्ठीमा पनि बोल्ने क्रममा उनले ‘भौतिकवादी जीवनपद्धति अँगाल्न नसक्नेहरू प्रगतिशील हुनै सक्दैनन्’ भन्न के भ्याएका थिए, दयालाल आफ्नो मुन्टो मेरो कानैमा ल्याएर फुसफुसाए– ‘यी हेडसर के खालका मान्छे हुन् सर ! अस्ति भर्खर एकाहा कि के जाति भन्दै पुरेतहरू बोलाएर सिमेन्टेड आँगन पोलिरहेका थिए ! अहिले यहाँ चाहिँ भौतिकवादी दर्शन छाँटिरहेका छन् !’
दयालाल फुसफुसाएपछि मेरो स्मृतिमा पनि गाउँमा बाबुको श्राद्धको दिनमा टपरीमा पिण्ड लिएर पँधेरातिर झर्दै गरेको हेडसरको चित्र आइपुग्यो । यति मात्र नभएर उनले एकपटक सप्ताह लगाई सात दिनसम्म गाउँलेहरूलाई जम्मा पारेको दृश्यबिम्ब पनि आइपुग्यो । उनको घरमा दिनमा मात्रै नभएर रातरातभरि पनि भजनकीर्तनमा नाचगान गरेको दृश्य स्मृतिपटलमा ताजा भएर आयो । कार्यक्रममा मञ्चमा हेडसर बोलिरहेका थिए, मैले हेडसरसँग सम्बन्धित आफ्नो संस्मरण दयालाललाई मात्र होइन कि अरू कसैलाई पनि सुनाउन चाहिन । वक्ताले आफ्नो धारणा व्यक्त गरिरहेका बखत हामी श्रोताले बिचमा कानेखुसी गर्नु शोभनीय हुँदैन भन्ने लाग्यो ।
अहिले उनमा साँच्चिकै भौतिकवादी चेतना आयो भन्ने कुरामा मलाई रतिभर पनि विश्वास लाग्दैन । उनका आन्द्राभुँडी सबै मलाई थाहा छ । मैले उनको सङ्गत गरेको पनि वर्षौं भइसकेको छ । उनको बोल्ने शैलीका बारेमा पनि म जानकार नै छु । उनी जहिले पनि आफूलाई केन्द्रमा राखेर बोल्ने गर्छन् । घरिघरि उनी सत्यभन्दा निकै परका अर्थात् तथ्यहीन कुरा पनि बोलिदिन्छन् । आफूले जे बोले पनि श्रोताहरूले पत्याउँछन् भन्ने उनको मानसिकताका बारेमा पनि मलाई राम्रो ज्ञान छ । उनी मान्छे र जमघटअनुसारको कुरा गर्न सिपालु छन् । अहिले पनि उनी माइक्रोफोनमै छन् । श्रोताहरू कतिपय हिँडिसकेका छन् भने बाँकी रहेका अधिकांश कानेखुसीमा व्यस्त छन् ।
मैले हेडसरकै मन्तव्यलाई एकोहोरो सुनिरहेको थिएँ । दयालाल फेरि मेरो कानमा फुसफुसाउन थाले, ‘ए सर ! कुरो एकातिर र व्यवहार अर्कातिर गर्नेहरूलाई पनि हामीले किन ठुलाबडा ठानेर सम्मान गरिरहेका छौं, हँ ?’
यसपटक पनि मैले दयालालको जिज्ञासालाई वास्ता गरिन बरु उनलाई भनेँ, ‘कार्यक्रम सकिएपछि कुरा गरौँला, अहिले चाहिँ फन्टुसै कुरा भए पनि वक्ताकै कुरा सुनिदिऊँ न दयालालजी !’
कार्यक्रम सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित थियो । अरू वक्ताहरू अधिकांशले पुरातन रुढिग्रस्त संस्कारमा अल्झिन नहुने कुरा गरेका थिए तर हेडसर चाहिँ बोल्ने क्रममा विषयवस्तुभन्दा बाहिर बढी बहकिन पुगे । उनी घरि नैतिक शिक्षाका कुरा गर्थे । घरि समसामयिक राजनीतिका कुरा गर्थे, घरि देशभक्तिका कुरा गर्थे । घरि भनिसकेका कुरालाई पनि दोहो¥याउन पुग्थे । घरिघरि बिचबिचमा चाहिँ उनले सन्दर्भ मिलोस् वा नमिलोस्, केही उपकथाहरू पनि जोडिरहेका थिए । मैले उनकै कुरा सुनिरहेको थिएँ ।
मन्तव्यका क्रममा उनले भने, ‘हामी हातपाखुरा सबल हुँदाहुँदै पनि परजीवी बन्न पुग्यौं । विदेशी रेमिट्यान्स नआएसम्म हाम्रो चुलो पनि नबल्ने भयो ! हामीले आफ्नो सामर्थ्यको सदुपयोग यही देशमा गर्न सकेनौं । सन्तानलाई विदेश पठाएर स्वदेशको महिमागान गर्न थाल्यौं । यस्तो अवस्थामा देश कसरी उँभो लाग्छ ? ल, तपाईंहरू नै भन्नुहोस् त– छोराछोरी, शाखासन्तानलाई डी.भी. र पी.आर. मा विदेश पठाउनेहरूले साँच्चिकै देशलाई माया गर्छन् त ?’‘
‘यो सरासर विषयान्तर नै भएन र सर ? शीर्षक एकातिर छ, मन्तव्य अर्कोतिर । यस्ताका कुरा पनि कति सुनेर बस्ने हो ? चार घन्टा भइसक्यो, निस्कौं ।’ दयालालले हलबाट निस्कन मसँग आग्रह गरे ।
लामो अवधिसम्म एउटै ठाउँमा बसेर कतिपय दोहोरिएका र कतिपय अति सामान्य कुराहरू सुनिरहनुपर्दा म पनि भित्रभित्रै त छटपटिएको थिएँ तर दयालालको आग्रहको प्रत्युत्तरस्वरूप बोलेँ, ‘यो पट्यारलाग्दो भाषण सुनिरहनुपर्दा म पनि त आत्तिएकै छु नि तर वक्ताले बोलिरहेकै अवस्थामा हलबाट बाहिरिँदा राम्रो हुँदैन कि दयालालजी ! एक्कै छिन बसौं न, अब त सक्लान् कि !’
‘तपाईं बस्ने हो भने बसिराख्नुस्, म त निस्केँ ।’ यति भनेर मसित झोंक्किँदै दयालाल हलबाट निस्के ।
म उनीसँगै बाहिर निस्कन सकिन । मनले नचाहे पनि हलमै बसिरहेँ । दयालाल बाहिर निस्केको तिनचार मिनेटपछि मेरो मोबाइलको घन्टी बज्यो । मोबाइल हेरेँ । दयालालले फोन गरेका रहेछन् । मोबाइलको यो घन्टी चाहिँ मेरा लागि ‘के खोज्छस् दृष्टिविहीन, आँखो’ भनेजस्तै भयो । म पनि केके न ईमरजेन्सी फोन आएको जस्तो गरी मोबाइल कानतिर तेस्र्याएर ‘हेलो, हेलो’ भन्दै हलबाट निस्केर आफ्नो बाटो लागेँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?