ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

वि.सं. २०५७ सालमा वाल्मीकि विद्यापीठमा अध्ययन गर्ने सिलसिलामा प्रा.डा. वेणीमाधव ढकाल गुरुसँगको पहिलो भेटाईको निरन्तरताले यतिखेर आएर बिट मारेको छ । कसैका आँखामा राखेर पनि नबिझाउने, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? भन्ने प्रकृतिका गुरु यही २०८१ वैशाख १८ गते पाशुपत क्षेत्रबाट आफ्नो नश्वर शरीर त्याग गरी सूक्ष्म शरीरका माध्यमले चन्द्रलोकको यात्रामा निस्कनुभएको छ । यहाँका घुम्ने मेच माथि अन्धो मान्छे प्रकृतिका शासकहरूलाई पत्तै नभएपनि नेपाल आमाले एउटा विद्वान् सपुत गुमाएकी छिन् । यस कारणले संस्कृत क्षेत्रले अत्यन्त ठूलो घाटा व्यहोरेको छ । वि.सं. २००६ वैशाख २६ गते भगवान ्ऋषीकेशको प्रकटस्थल पाल्पाको रुरुक्षेत्र आसपासको भगवान् शिवको भैरवरूपको विग्रहस्थलको नजिकै ठिमुरेको पोरकनीमा जन्मिनुभएका गुरु सेन राजवंशद्वारा सम्मानित राजगुरु पण्डित हिरामणि ढकालका वंशज हुनुहुन्थ्यो । यही वंश परम्पराका क्रमले पिता पण्डित चुडामणि ढकाल र माता श्रीमती दिव्य लक्ष्मीदेवीका दोस्रो पुत्ररत्नको रूपमा गुरुको जन्म भएको थियो ।

प्रा. माधवराज गौतम उपकुलपति हुँदाताका उहाँले वेणीमाधव गुरुजस्ता संस्कृत क्षेत्रका विद्वान्हरूलाई अप्रकाशित एवम् दुर्बोध्य संस्कृतका ग्रन्थहरू प्रकाशन गर्नका लागि प्रेरित गर्नुहुँदो रहेछ । त्यसैले त्यस समय तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालयबाट प्रकाशित अधिकांश ग्रन्थहरूमा वेणीमाधव गुरुको नामोल्लेख भएको हुन्थ्यो । गुरुको नाम देखिसकेका विद्यार्थीहरूमा उहाँलाई प्रत्यक्ष देख्ने चाहना रहेको हुन्थ्यो । त्यसैले पनि दाङ्बाट शास्त्री कक्षा अध्ययनका लागि काठमाडौँ आएको मलाई पनि वेणीमाधव गुरुलाई भेट्नका लागि इच्छा हुनु स्वाभाविकै थियो । साना साना कदका, चस्माका साथै सगरमाथाको प्रतीक ढाका टोपी शिरमा लगाएका आदरणीय गुरुले वाल्मीकि विद्यापीठको बाहिरपट्टिको चौरमा बसेर पढाएको प्रभाव अलि वरसम्म फैलिरहेको थियो । उहाँले विद्यार्थीहरूलाई स्पष्ट शैलीले पढाएको देख्दा मलाई पनि कतै ज्यौतिष छोडेर साहित्यतिर पो लागौँ कि भन्नेसम्मको विचार आएको थियो । त्यो पहिलो दिनको गुरुको पढाईको सुनाई पछि भने गुरुसँग चिनिएरै परिचय हुन केही समय लाग्यो । अर्थात् उहाँको पिएचडीको थेसिस पुस्तकाकार रूपमा प्रकाशन भएपछिको विमोचनका दिन त्यो पुस्तक माग्ने क्रममा गुरुसँग परिचय भएको थियो । पछि उहाँले आफुले प्रकाशन गरेको काव्यदीपिका पनि मलाई सप्रेम दिनुभएको थियो ।
म पछि नेपाल संस्कृत विश्वविद्यालयमा प्रवेश गरेपछि उहाँसँगको मायाले अझै गाढा रूप लियो । उहाँले प्रकाशन गर्दै गरेका पुस्तकका सिलसिलामा उहाँ नारायणघाट आएर प्रा.डा. नारायणप्रसाद खनाल एवम् देवघाट आएर प्रा.डा.नुरापति पोखरेलसँगको भेटघाटका क्रमले पनि मलाई उहाँको अझ धेरै ममता पाउने सौभाग्य मिलेको थियो । धेरै मायाका कारणले होला सायद केही वर्ष पहिले उहाँका कान्छा छोराको विहेका सिलसिलामा चितवनकी एकजना डाक्टर कन्याका बारेमा हेर्न र बुझ्न मलाई आग्रह गर्नुभएको थियो र मैले पनि सो कार्य गरी उहाँलाई देखेका र बुझेका कुरा भनेको पनि थिएँ । तर सबै कुरा राम्रो हुँदा पनि ग्रह नक्षत्रका कारणले गर्दा त्यो काम हुन नसकेको कुरा गुरुले पछि भेटमा गर्नुभएको थियो । उहाँले सम्पादन गर्नुभएको आह्निक सूत्रावलीको बृहद् काममा समेत मैले अति नगन्य सहयोग गरेका भरमा पनि मलाई धन्यवादको पात्र बनाउनुभएको थियो । यी कुराहरूबाट उहाँले कसैलाई पनि केही काम गराउनुभयो भने उसलाई त्यसै कजाउनु हुन्नथ्यो । उसको सामान्य रकम पनि खर्च भएको भए त्यस वापतको रकम उहाँले जसरी पनि दिनुहुन्थ्यो भने अरू सामान्य परिश्रमको सहयोगमा पनि सम्बन्धित स्थानमा नामोल्लेख गरेरै छाड्नुहुन्थ्यो । आदरणीय गुरु जीवनमा खाली भन्ने कहिल्यै देखिनुभएन । कसैसँगको भेटमा समेत फाल्टु गफ गरेर बस्नुको साटो विद्या साधनाका विषय नै उहाँबाट आउँथे । आफ्ना सहकर्मी गुरुहरू राजनीतिक अखाडामा पद प्रतिष्ठाका लागि बार्गेनिङ् गरिरहँदा उहाँ भने विद्यासाधनामै रमेर बस्नुहुन्थ्यो । राष्ट्रगुरु योगी नरहरिनाथ जस्तै आजीवन विद्यार्थी भएर इतिहासविद् नयराज पन्तजस्तै विद्याव्यसनमा लागिरहने बानी उहाँमा थियो । त्यसैले पनि उहाँले गणना गर्न नसकिने गरी हामीलाई अमूल्य ग्रन्थहरू दिएर जानुभएको छ ।

सानैदेखि प्रतिभा सम्पन्न गुरुले पण्डित स्थानेश्वर नेपालबाट गायत्रीमन्त्र प्राप्त गरी चण्डी, रुद्रीसहित चालिसै अध्याय शुक्लयजुर्वेदको अध्ययन दश वर्ष मैँ सकी औपचारिक पढाईका लागि भारतको ऋषिकेशमा जानुभएको थियो । त्यहाँबाट पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री, आचार्य परीक्षा उत्तीर्ण गर्नुभएका गुरुले उत्तरमध्यमा पास गरिसकेपछिको केही समय आफ्नै गाउँमा आएर निमावि स्तरको अध्यापन समेत गर्नुभएको थियो । साहित्याचार्य एवम् सर्वदर्शनाचार्य गुरुले योगी नरहरिनाथद्वारा भारतमा स्थापित महाविद्यालयमा समेत केही समय कुलसचिव भई संस्कृतको सेवा गर्नुभएको थियो भने त्यसपछि भारतकै ऋषिकेशमा गई अध्यापन समेत गर्नुभएको थियो । उहाँका रचनाहरू यति चाँडै नै सस्वर निस्कने गर्थे कि यस किसिमको उहाँको प्रतिभालाई देखेर योगी नरहरिनाथ एवम् स्वामी प्रपन्नाचार्यले समेत उहाँलाई आँशुकविको उपाधिबाट विभूषित गर्नुभएको थियो । त्यस्तै ऋषिकेशमा रहेर त्यहाँ अध्ययन गर्ने सिलसिलामा कुनैपनि साहित्यिक कार्यक्रममा प्रथम भएर आउने गुरु कार्यक्रममा आएको थाहा पाउँदासाथ कार्यक्रममा दोस्रो र तेस्रोको लागि मात्र प्रतियोगिता भए सरह हुने गथ्र्यो भनी उहाँका अग्रज सहपाठी अर्घाखाँचीका ज्यो.पं.छन्दप्रसाद शर्माले सम्झिनुहुन्छ ।

नेपालमैँ आएर केही गरौँ भन्ने इच्छाका साथ नेपाल आई तात्कालिक श्री ५ को सरकार अन्तर्गतको गृह मन्त्रालयमा अनुसन्धान अधिकृतका रूपमा काम गर्दा उहाँको अध्ययन÷अनुसन्धानप्रतिको प्रतिभालाई देखी उहाँलाई संस्कृत अध्ययन संस्थान अन्तर्गतको वाल्मीकी विद्यापीठमा सरुवा गराइयो । त्यसपछि उहाँले सहायक प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक हुँदै आफ्नो अध्यापन कार्यलाई निरन्तरता दिइरहनुभयो । प्राध्यापन मात्र नगरेर उहाँले शैलेश, पृथूदय महाकाव्यम्, त्रिशूलप्रकार, रश्मिप्रभास आदि विभिन्न पुस्तकको रचना गर्नुभयो भने धर्मविज्ञान, ब्रह्मसूत्रशाङ्करभाष्यम्, श्रीमद्गणेशपुराण आदि संस्कृतमा रहेका महत्वपूर्ण पुस्तकहरूको नेपाली भाषामा सबैले बुझ्ने गरी अनुवाद पनि गरिदिनुभयो । त्यस्तै कार्तवीर्योदयमहाकाव्यम्, हरिकेलिमहाकाव्यम्, संस्कृत नेपाली कोश, कर्मकाण्ड भास्कर, श्रीरामचरितम्, संस्कृत नेपाली बृहद् शब्दकोश आदि विभिन्न ग्रन्थको सम्पादनका साथै हरिकेलिनवनीतम्, काव्यदीपिका, कार्तवीर्योदयमकरन्द आदि पुस्तकहरूको संस्कृत एवम् नेपाली टीका आदि गरी ती पुस्तकहरूलाई सर्वसुबोध्य पनि बनाइदिनुभयो । नेपाल संस्कृत विश्वविद्यालयबाट लिच्छवि अभिलेखहरूका बारेमा विद्यावारिधि गर्नुभएका गुरु अनुसन्धान परिषद्को निर्देशकका साथै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको दुई कार्यकालसम्म अध्यक्ष समेत भएर काम गर्नुभयो । सरस्वती माताका वरदपुत्र गुरुलाई यी पदहरूले कुनै बाधा पु¥याएनन् । उहाँको विद्यासाधना चलि नै रह्यो । त्यसैले पनि राष्ट्रगुरु योगी नरहरिनाथलाई आदर्श मान्ने गुरुले दिउँसो कार्यालयको काममा व्यस्त रहेपनि साँझ एवम् राती विद्यासाधनामा व्यस्त रहँदै निर्णयसिन्धु, आह्निक सूत्रावली, श्रीमद्देवीभागवत्, हिमवत्खण्ड, शिवमहापुराण आदि थुप्रै ग्रन्थहरूको नेपाली अर्थ गरी सर्वसाधरणलाई समेत सुबोध्य गराइदिनुभयो ।

तर के गर्ने विधिको विधान जन्मिसकेपछि जानुपर्ने कारणले उहाँलाई पनि रोगको एउटा निहुँले लगिछाड्यो । काठमाडौँको चिसोमा विद्यासाधना गर्दा उहाँको फोक्सोमा समस्या आयो । समस्या आउँदा पनि विद्यासाधनामा पछि भने हट्नुभएन । यसको फलस्वरूप यस धर्तीबाट विदा लिनुभन्दा केही समय अगाडि श्रीमद्भागवत् महापुराणको नेपाली अर्थ सहितको पुस्तक नेपाली सन्तानका लागि अन्तिम उपहार दिई परिवारलाई आफ्नो मरणको दिन आज भएको पूर्वोल्लेख गरी ब्रह्ममा लिन हुनका लागि महायात्रामा निस्कनुभयो । अन्त्यमा यी सामान्य शब्दले उहाँको योगदानको चर्चा के पो गर्न सकिन्थ्यो र तर पनि लुम्बिनी प्रदेशको पाल्पामा जन्मिनुभएका नेपाल आमाका सत्पुत्र गुरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?