ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

‘रक्तचाप नापौं, रक्तचाप नियन्त्रण गरेर दिर्घायू बनौं’ भन्ने नाराका साथ आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । विशेषगरी नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यकर्मीहरूले यो दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएका छन र यो बर्षपनि विभिन्न चेतनामूलक कार्यक्रम गर्दैछन । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइने गरिन्छ भने नेपालमा पनि बर्षौदेखि यो दिवस चेतनामूलक दिवसका रूपमा मनाईदै आइएको छ । बदलिँदो र व्यस्त जीवनशैली, डिब्बाका खानेकुरा, प्रशोधित पदार्थ र सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०२३ मा गरिएको नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । नेपालमा सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । रक्तचाप अहिलेको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । यसको नियन्त्रणमा ध्यान पु¥याउन नसक्ने हो भने कुनैपनि बेला र अवस्थामा मानिसको ज्यान नै जान सक्छ । रक्तचापलाई निश्चित बिन्दुमा राख्नु जरुरी छ । तसर्थ विश्व रक्तचाप दिवको अवसरमा कुनै एक दिनमात्रै होइन नियमित रक्तचाप जाँच गरेर आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउँ । अनि धुम्रपान र मद्यपान तथा अनावश्यक तनाव र ब्यस्त दैनिकीलाई सन्तुलित बनाउने प्रयास गर्नु आवश्यक छ । रक्तचाप नियन्त्रणको महत्वपूर्ण माध्यम योगा समेत हुन सक्छ । तसर्थ दैनिक ब्यायाम गरेर स्वस्थ्य बन्ने प्रयास गरौं ।

आजको विश्वमा उच्च रक्तचापलाई सामान्य जस्तै मान्ने प्रचलन भैसकेको छ । तर, यो प्रवृत्ति मानव स्वास्थ्यकै लागि हानीकारक छ । हरेक कुरामा बिषादीको प्रयोग बढ्दो छ, त्यसले पनि रक्तचाप बढाउन मद्दत गरेको छ । रक्तचाप सामान्य भन्दाभन्दै यसले बिकराल स्वास्थ्य समस्या निम्त्याउन सक्छ । रक्तचापले धेरै अप्रत्यक्ष रोगको शिकार बनाउन सक्छ, जसका कारण भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । अर्को कुरा के महत्वपूर्ण छ भने रक्तचाप मोटो पातलो जुनसुकै र जुनकुनै उमेरका मानिसलाई पनि हुनसक्छ । तसर्थ यसलाई ख्यालठट्टा गरेर लापरवाही गरियो भने यसले ज्यान समेत लिनसक्छ । जेहोस यसको नियन्त्रण अव हाम्रो लागि चुनौति देखिएको छ र सचेतना नै यसको प्रमुख निराकरणको माध्यम भएकोले यसको नियन्त्रणमा आफै सचेत बन्नु जरुरी छ । चिकित्सकहरूका अनुसार ४० वर्ष उमेर कटेका बयस्कहरूमा यो रोगको खतरा ८० प्रतिशत बढी हुने भएकोले यसको रोकथामका लागि त्यसै अनुसार ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । उच्च रक्तचापको पहिलो रोकथाम र प्राथमिक उपचार सचेतना नै भएकोले यसको विषयमा पूर्व जानकारी हुनु आवश्यक छ । प्रत्येक नेपालीले यो रोगको विषयमा जानकारी राख्न सके भने निश्चितरूपमा यसको नियन्त्रणमा जोड पुग्नेछ । रोगका विषयमा जानकारी भएरपनि खानपानमा नियन्त्रण नगर्ने र लापरवाही गर्नेहरूको संख्या पनि बढेको छ । तसर्थ अव नेपालीहरू सचेत हुने बेला आएको छ । बढ्दो चुनौति र जोखिमको यो रोग नियन्त्रण आफैबाट सुरु गर्नु जरुरी छ । रक्तचाप नियमित जाँच गर्ने अभ्यास आजैदेखि गर्नु जरुरी छ । यो बर्षको दिवसको नाराले भनेजस्तै उच्च रक्तचाप नियन्त्रण गरेर लामो आयु बाँच्नेतर्फ सवैको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?