ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार

मानव सामाजिक प्राणी भएकै कारण उसले गर्ने हरेक क्रियाकलाप समाजसँग जोडिनु स्वभाविक नै ठहर्छ । यद्यपि समाजबाट स्थापित मूल्य र मान्यतालाई आफ्नो ठाउँमा राखेर त्योभन्दा माथिको बाटो पनि हिड्न सक्नुपर्छ । यसो गर्न किनपनि जरुरी छ भने कतिपय सामाजिक मूल्य मान्यता सही पनि हुँदैनन् । सामाजिक मूल्य मान्यतालाई विश्लेषण गर्न सक्ने र आफ्नो आत्माले उपयुक्त ठानेको काम गरेपछिमात्रै पूर्ण आकारको जीवन बन्न सक्छ । यस्तो पूर्ण आकारको जीवनले नै व्यक्ति रूपान्तरणसँगै समाजमा सकारात्मक चिन्तनसहितको परिवर्तन ल्याउन मद्दत पुयाउँछ साथसाथै व्यक्तिमा नवीन उर्जालाई आमन्त्रण पनि गर्दछ ।

मानव जीवनका हरेक कर्मका अगाडि सकारात्मक सोचको ठूलो भूमिका रहन्छ । त्यस्ता सोचले गरिएका काम युगौँयुगसम्म जीवन्त रहन्छन । नकारात्मक सोच वा चिन्तन बोकेर गरिएका काम कहिल्यै सफल हुँदैनन् । ती केही क्षण वा समयका लागि सफल जस्ता देखिएपनि अन्ततः परिणाम नकारात्मक नै हुन्छ । यसबाट पुष्टि हुन्छ, सहज र सरल जीवनका निम्ति नकारात्मकता विनाशतिरको यात्रा हो । यो यात्रा गर्नेहरू कहिल्यै यथार्थको गन्तव्यमा पुग्दैनन् वा पुगे पनि स्थिर रहँदैनन् । पुर्खाका सकारात्मक सोच र चिन्तनकै कारण हामी विश्वसामु शिर ठाडो बनाउँदै उभिन सफल भएका हौँ । उनीहरूले सुख–दुःख, खुसी र घरपरिवार त्यागेर बलिदान गरेकाले हामी अग्ला र सग्ला बनेका हौँ । अन्यथा के वा कस्तो हुने थियो कल्पनामात्र गर्न सकिन्छ यसै भन्न सकिँदैन ।

कृतघ्न नबन्ने हो भने सकारात्मक कर्म गरेर पुर्खाले हामी सबैलाई ऋणी बनाएका छन । त्यो ऋणबाट मुक्तिका लागि सबैले यथास्थानबाट योगदान गर्नु आवश्यक छ । योगदान यो वा त्यो भन्ने हुँदैन । सकारात्मक सोचले जुनसुकै तह र तप्काका नागरिकले त्यो गर्न सक्छ । कर्म नै असल योगदान हो । हाम्रा पुर्खाहरूले देखाएका सुरता, वीरता, त्याग, समर्पण, कर्तव्यपरायणता र माटोप्रतिको निष्ठाले हाम्रो शिर सगरमाथाझैँ अग्लिएको हो । हामीले विगतदेखि वर्तमानसम्म कसैको दासता स्वीकार्नुपरेको छैन । यो पुर्खाका सकारात्मक सोच र चिन्तनको प्रतिफल हो । उनीहरूभित्र सकारात्मक सोच नभएको भए आफू र आफ्नो परिवार तथा आफन्त भुलेर भावी पिँढीलाई देश दिन मरिमेट्दैनथे । आज हामी त्यो बाटोबाट क्रमशः विचलित बन्न लागेको हो कि भन्ने आभास हुन्छ । आफूलाई जान्ने–सुन्ने र टाठो–बाठो देखाउन अनावश्यक हर्कत गर्ने मनसुवा उम्रन खोजिरहेका छन् । अर्थात् मन मस्तिष्क विगतबाट टाढा बन्न थालेको छ । वर्तमान बाँच्ने नाममा जे–जस्तो गर्न र बन्न पनि अग्रसर बनिरहेछौँ । यो सकारात्मक यात्रा र यथार्थ बाटो हुन सक्दैन । अहिले राम्रो देखिएपनि भविष्यमा आउने परिणाम पक्का नकारात्मक हुनेछ ।

तसर्थ, बेलैमा हाम्रो ध्यान यता सोझिनु आवश्यक छ । निश्चित छ– नसोझिए हाम्रो बाटो अग्रगामी हैन पश्चगामी हुन्छ । त्यसो नभए त्यसले पु¥याउने ठाउँ भनेकै निराशा, कुण्ठा र वितृष्णामात्र हो । सधैँ अग्रगामी सोच र सकारात्मक चिन्तन बोक्ने पुर्खाका सन्तान हामी त्यो बाटो परित्याग गर्दै क्षणिकता वा लघुताभासतिर उन्मुख हुन खोजिरहेछौँ । सामूहिकता र सामाजिकता मनमस्तिष्कबाट विस्थापनको बाटो हिँड्न अग्रसर बनिरहेछन । अराजकता र विशृङलता हाबी बन्न खोजिरहेको देख्न सक्छ । वर्तमानमा हाम्रा चिन्तन नकारात्मकता समाएर हिँड्ने प्रयासमा छन । हरेक मनमस्तिष्क गालीगलौजले भरिएको छ । विश्वास चुहिँदै गएको प्रतीत हुन्छ । आलोचना, हिंसा, प्रतिशोध र विचार शून्यताले सबैतिर स्थान पाउँदै गएको छ । यो कुनै हालतमा सकारात्मक पाटो हुन सक्दैन । हत्या, हिंसा, द्वन्द्व, प्रतिशोध र कुण्ठा नकारात्मक चिन्तन हुन् । यसले कसैलाई अगाडि बढाउँदैन । यसलाई आत्मसात् गर्न खोज्नेहरू जति हिँडे पनि कहीँ पुग्दैनन । अर्थात् जहाँको त्यहीँ हुन्छन । जेको त्यही हुन्छन् र जस्ताको त्यस्तै हुन्छन् । किनकि नकारात्मकता जीवनको एउटा भुलभुलैयामात्र हो । त्यसलाई आत्मसात् गर्नेहरू जहिले पनि पछिको पछि पर्छन् र जीवनको बाटोबाट छुट्ने सम्भावना रहन्छ । मनुष्य जीवन सुख दिन, सुख लिन, प्रेम सद्भावना बाँड्न, प्रेम सद्भावना प्राप्त गर्न, खुसी रहन, खुसी बाँड्नका लागि नै प्राप्त भएको अनुपम उपहार हो । मनमा यदि सकारात्मक विचार र सङ्कल्प चल्छन् भने मानिसभित्रको शक्ति पनि त्यही अनुपातमा वृद्धि हुन पुग्छ तर यसको विपरीत नकारात्मक प्रकृतिका विचार मात्र मनमा उत्पन्न भइरहन्छन् भने परिणाम पनि त्यही अनुसारको प्राप्त हुन जान्छ । निश्चितरूपमा हामी जस्तो सोच्दछौँ, त्यस्तै प्रकारको व्यक्तित्व र जीवनशैली हामी निर्माण गरिरहेका हुन्छौ । त्यसैले मानिसको मनमा चिन्ता, भय, तनाव र हिंसाको भावना उत्पन्न हुनुका मूल कारण पनि यही सत्य ज्ञान र सकारात्मक सोचको अभाव नै हो भन्न सकिन्छ । मानिस भौतिक सुख सुविधामा मात्र अत्यधिक लिप्त नभएर आध्यात्मिक ज्ञानबाट पनि ओतप्रोत हुनुपर्छ । यसबाट हामी आफ्नो कर्मक्षेत्रमा निश्चिन्त र निर्भिकताका साथ सजग र चेतनशील बनेर लाग्न सक्छौँ ।

सकारात्मकताले सधैँ अगाडि बढ्न सिकाउँछ । विश्वासको बाटोबाट कर्मपथमा हिँडिरहन र उद्देश्य तथा लक्ष्यमा लागिरहन सिकाउँछ । आस्था र विश्वास बोकेर निरन्तर पाइला चालिरहन प्रेरित गर्छ । जीवनलाई निराशा र कुण्ठाको बाटोबाट हैन, यथार्थको पाटोबाट बढ्न प्रेरित गर्छ । वास्तविक सन्दर्भ र परिप्रेक्ष्य पनि हो । जीवनको सबल पक्ष भनेकै सकारात्मकता हो । यसले सुख र सन्तोष दुवै दिन्छ । यसको अभावमा कोही पनि सफल यात्राका सहयात्री बन्न सक्दैनन । सफल नबन्नु जीवनको सग्लो बाटो हुन सक्दैन । जीवनलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै सकारात्मक चिन्तन हो र वास्तविक जीवनको सग्लो चित्र पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?