ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

म मेट्ने धुनमा…….

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

अक्षरारम्भका बखत मैले चिन्नुपर्ने आकृति भनेर देखेको वर्ण कपुरी क भए पनि आनन्द बोधसित देखेको वर्ण म हो । म राम्रो म भनेर म वर्णलाई चिनाउँदा निकै आह्लादित भएको थिएँ । छत्तीस वटा वर्णमा आफूलाई राम्रो भन्ने केवल म थियो । साँच्चै यसले आफ्नै मनका कुरा गरे जस्तै लाग्यो । कतिपय ठाउँमा मावली म भनेर म वर्ण पढ्ने चलन रहेछ । भनिन्छ मावली हजुरबुबा हजुरआमा छँदासम्मको मावल साँच्चै लैनो गाई हो । आफूसित भएको दूध जति बेला चाहियो उति बेला दिने । त्यसैले मावली म भनेर पढ्नेका लागि पनि म उत्तिकै प्रिय, म राम्रो म जत्तिकै ।
संस्कृत भाषाको अहं को अनुवाद नै नेपाली भाषाको म हो । यही अहंबाट अहङ्कारको जन्म भएकाले विवेकको धुरी ताक्नेका लागि यो अहं दुष्ट घोडालाई गति अल्मल्याउन लगाइदिने फाल्सन जस्तो बन्छ । उनीहरूको आलोचनाको तारो बन्छ । किनकि अहंको हुङ्कार नै अहङ्कार हो । अध्यात्मको हल्का गुलियो चाट्न सिक्दै गर्दा अहङ्कार गर्जन नाद स्पष्ट सुनिन लाग्यो । तर जीवनभरि यही गर्जनलाई मङ्गल धुनका रूपमा वरण गरेको हुनाले जतिसुकै दुत्कार्न खोजे पनि मूर्ख सन्तानलाई केही बेर हप्काएर पर हुत्ताए पनि फेरि फकाउँदै काखमा लिने बाबुआमाले झैँ मनका काखमा लिइहाल्थेँ । अहङ्कार अध्यात्म क्षेत्रको तुँवालो हो भन्ने जानेर यसलाई हटाउन निकै प्रयास गरेँ । तर एक लिप्त अम्मलीले कति नै बाचा गरेर अम्मल छाड्दै बाचा तोड्दै गरी जस्ताको तस्तै भए जस्तै भइरह्यो ।
यो अहंलाई ब्रह्मको महासागरमा घोलेर अस्तित्वहीन बनाउन कोसिस गरेँ । तर अहङ्कारका रङ्गले ब्रह्मलाई नै अहङ्कारमय पो बनायो । अनि त म नै ब्रह्म हुँ अहं ब्रह्मास्मि को झन् जोडदार फुङ्कार गर्जियो । अनि सम्झेँ, हो त यस्तो अहं मैले कतिपय सन्त भनिएका व्यक्तिका अनुहारमा अवतरित भएको देखेको कुरा । कस्तो हो यो अहं जति मेट्न खोज्यो उति चम्कने ! मनका खेलबाट हैरान भएर व्यवहारवादी तनका खेलतिर जान खोजेँ । किनकि अरूलाई बुझाउन म व्यवहारमा उत्रिनै पर्छ । तब एक दशक पहिले लेखेको कपिका केही अक्षर मेटाउन एक मेट्टा लिएर कँस्सिएँ । मेट्टाले घिस्दा अक्षरमा झन् चमक आयो । अहो मेरो म मेट्ने धुन मनमा तनमा असफल हुने भयो भनेर मनमा पीर लाग्यो । तैपनि हार नखाई मेट्टा घिस्दै गएँ । अक्षर मधुरिँदै गए । अक्षर मधुरिएकाले मेटाइ काम सफल हुने झझल्को आउनै लाग्दा अक्षर टाँसिएको कागज क्षेत्र झन्डै प्वाल पर्न लागेको देखिहालेँ । मेरो मनमा काँढा उठे । किनकि म लाई मेट्न खोज्दा म को बासस्थान शरीर नै नरहने सङ्केत उक्त खिइँदो कागजले दिइरहेको थियो । सशरीरमा रमाएको व्यक्तिले अशरीरको कल्पना कसरी गर्न सक्थे र ? अहङ्कार त्याग्न शरीर नै त्याग्नुपर्ने हो भने भौतिक जगतको अहङ्कार अजेय हुने भयो । अहङ्कारविहीन भौतिक जगत असम्भव हुने भयो । यसो हो भने अहङ्कारहीन हुनतर्फ कसको आकर्षण होला ? कसरी आकर्षण होला ?

मेट्टा प्रविधि छोडेर पोता प्रविधितिर लाग्न मन चल्यो । केही पोतेर भौतिक म लाई मेटाउने योजना गरेँ । देख्दाखेरि त देखिवैन तर गुप्त रूपमा झन् सुरक्षित पो हुने देखियो । पुस्तकमा गाता हालेर पुस्तकको आवरण सुरक्षित भए जस्तै । कुनै दिन त्यो पोतेको कुरा पुरानिएर, खिइएर वा उक्किएर जाँदा झन् झल्झलाकार अवस्थामा देखिने भयो ! यसरी ढाकछोप गर्नु भनेको त क्षणिक पर्दा जस्तो मात्रै पो भयो । फेरि पोतिएको ठाउँ हेर्दा पनि त छोपिएको वस्तुको याद आउने भयो नै । यसरी त समझ मेटिनुको साटो झन् गाढा पो हुँदै जाने भयो । सानैदेखि त्यति प्रेमले हुर्काई बढाई सजाएको अहं अर्थात् म लाई घृणाले पनि त कसरी फाल्न सकिन्छ र ! फेरि भक्तिभावले सात जन्ममा प्राप्त हुने ईश्वर घृणा द्वेषले तीन जन्ममा प्राप्त हुने प्रमाण हाम्रा पुराण इतिहासले पस्केका छन् । त्यसैले पनि घृणा द्वेषको बाटो पनि कामयाव देखिएन ।
हरेक समस्याको समाधान प्रेम हो अर्थात् प्रेम समस्याहीन अवस्था हो भने म अर्थात् भित्री म मेटाउने समस्या पनि प्रेमबाट किन नहोला र ? अब म प्रति प्रेम बढाउन लागेँ । प्रेममा बराबरको हैसियत हुन्छ । एक अर्कामा घुनलको अवस्था हुन्छ । कस्तै अघुलनशील वस्तु पनि प्रेममा घुल्छ ।
यसै बखत यौटा नीति कथाको याद आयो । एउटा सहर थियो । त्यो सहरमा कुनै वस्तुको व्यापार गर्दा साइनबोर्ड राखेर मात्र गर्न पाइन्थ्यो । र एउटाले साइनबोर्ड राखिसकेपछि अरू त्यस्तै प्रकारको व्यापार गर्न पाइन्नथ्यो ।
एक जना व्यक्तिले गाईको दूधको व्यापार गर्ने विचार गरे । अनि उनले यहाँ गाईको शुद्ध ताजा दूध पाइन्छ भन्ने साइनबोर्ड दर्ता गराए । ती व्यक्तिको गाईको दूधको व्यापार साह्रै राम्रोसित चल्यो । गाईको दूधको व्यापार राम्रो भएको देखेर छिमेकी व्यक्तिलाई पनि गाईको दूधको व्यापार गर्ने मन लाग्यो । तर के गर्ने दुईवटालाई उस्तै व्यापार गर्ने अनुमति पाइन्नथ्यो ।
व्यापार गर्न मन लागेका व्यक्ति दूध किन्ने निहुँमा दूध पसलमा गए । व्यापार राम्रोसित चलेको पसले खुसीले गद्गद थिए । ती ग्राहकले पसलेसित विनम्र भावले सोधे— हजुरको पसलको साइनबोर्डमा यहाँ गाईको शुद्ध ताजा दूध पाइन्छ भनिएको छ । यहाँ अशुद्ध दूध पनि पाइन्छ र ?
पसलेले मुसुक्क मुस्काउँदै भने— होइन, हामी शुद्ध दूध मात्रै बेच्छौँ ।
तब ग्राहकले भने— हजुरले अशुद्ध दूध बेच्दै बेच्नुहुन्न भने यसै शुद्ध भैहाल्यो । अनि साइनबोर्डको शुद्ध शब्दले बेकारमा हामी जस्ता सुधा ग्राहकको मनमा शङ्का उब्जाइदिन्छ ।
पसलेले यसो घोरिएर सोचे । हो जस्तो लाग्यो । उनले आफ्नो पसलको साइनबोर्डबाट शुद्ध शब्द हटाइदिए । अनि साइनबोर्ड यहाँ गाईको ताजा दूध पाइन्छ बन्यो ।
ती ग्राहक फेरि अर्को पटक पसलमा आए र घुमाईफिराई साहूजीसित भने— साहूजी, हजुरकहाँ बासी दूध पनि पाइन्छ र ?
साहूजीले भने— हैन, हामी कहिल्यै पनि बासी दूध बेच्दैनौँ । सितिमिति दूध नै बाँकी रहन्न । कथंकदाचिद् रहिहाल्यो भने दही बनाउँछौँ ।
तब ग्राहकले भने— हजुरका पसलमा जब सधै ताजा दूध नै पाइन्छ भने यो साइनबोर्डमा ताजा भनेर किन भनिरहनुपर्योम । त्यो ताजा शब्दले त बेकारमा बासीको शङ्का उब्जाउँछ ।

पसलेले गम खाए । हो त नि । अनि उनले साइनबोर्डबाट ताजा शब्द पनि हटाइदिए । अब साइनबोर्ड यहाँ गाईको दूध पाइन्छ भन्ने बन्यो ।
अर्को कुनै दिन ती ग्राहक आए र सिलसिला मिलाएर साइनबोर्डकै कुरा निकाले । अनि साहूजीलाई भने— साहूजी, हजुरका पसलमा भैँसीको दूध पनि पाइन्छ र ?
साहूजीले भने— अहँ, यहाँ त केवल गाईको दूध मात्रै पाइन्छ ।
अनि ग्राहकले भने— यो पसल गाईकै दूधका लागि ख्यातिप्राप्त छ भने साइनबोर्डमा गाईको लेखेर किन बेकारमा भैँसी सम्झने अवस्था गराउनु ।

साहूजीलाई हो जस्तो लाग्यो । उनले गाईको शब्दलाई साइनबोर्डबाट मेटाइदिए । अब साइनबोर्ड यहाँ दूध पाइन्छ भन्ने भयो ।
फेरि अर्को दिन ती ग्राहकले साइनबोर्डमा रहेको यहाँ शब्दप्रति लक्ष्य गर्दै भने— साहूजी यो सहरमा अन्त कतै पनि दूध पाइन्छ र ?
साहूजीले भने— अहँ । यो सहरमा केवल यहाँ नै हो दूध पाइने हजुर ।
त्यसो हो भने यहाँ भनेर किन भनिरहनु पर्योे ? यो यहाँ शब्दले त अन्त कतै पनि पाइन्छ कि भन्ने विकल्प उब्जाउँछ ।
पसलेलाई कुरो ठिकै जस्तो लाग्यो । उनले साइनबोर्डबाट यहाँ शब्द पनि हटाइदिए । अनि त साइनबोर्ड दूध पाइन्छ मा सीमित भयो ।
अर्को पटक आउँदा ती ग्राहक पसलमा आएर कुरा निकाले । साहुजी, हजुरका पसलमा दूधबाहेक अरू के के पाइन्छ र ?
किन र हजुर ! यहाँ त दूध मात्रै पाइन्छ । साहुजीले विनम्र भावले भने ।
तब ग्राहकले भने— दूध पाइने कुरा सबैले जानेकै छन् भने फेरि साइनबोर्डमा दूध लेखिरहनु किन पर्यो र ?
साहूजीले एकैछिन गम खाएर सोचे । हो त नि । अनि साइनबोर्ड त केवल पाइन्छ शब्दमा सीमित भयो ।
अर्को पटक ती ग्राहक आउँदा साइनबोर्डमा केवल पाइन्छ देखे । अनि साहूजीलाई भने— साहूजी, साइनबोर्डमा पाइन्छ शब्दको कुनै अर्थ छैन । यसले त ग्राहकलाई अलमल्याउने मात्रै हुन्छ । पसलेलाई ठीकै लाग्यो र पाइन्छ शब्द पनि मेटाए ।
बाल्यावस्थादेखि पुल्पुल्याएर फुर्क्याएर हुर्काएर राखेको मभित्रको भित्री म सित मैले मित्रता गाढा बनाउँदै लगेँ । उनका हरेक क्रियाकलापमा मैले साथ दिन्थेँ ।

भित्री म ले दान दिन्थे । म खुसी हुन्थेँ । मेरो खुसी देखेर भित्री म चम्कन्थे । भित्री म ले राम्रो काम गर्थे । मैले थपडी बजाउँथेँ । अनि उनी गम्कन्थे । भित्री म को चमकधमक चलिरहेका बेला मैले उनीसित कुरा गर्न चाहेँ । आखिर प्रेम गाढा थियो नै त केही समस्या थिएन ।
ए म ज्यु, मैले भित्री म लाई विनम्रतापूर्वक सम्बोधन गर्दै भनेँ— हजुरको चमक हजुरको क्रियाकर्मको प्रभाव हो । हजुरको गराइ हजुर हुनु भावको कारण हो । तर हजुर बोल्दाखेरि म लाई उच्च बलाधातसित बोल्नुहुन्छ, गराइलाई निम्न बलाघातसित बोल्नुहुन्छ । जस्तो मैले दिएँ वाक्य बोल्नुपर्दा मैले लाई निम्न वा मधुरो बलाघातसित र दिएँ लाई उच्च बलाघातसित बोल्दा राम्रो हुन्थ्यो होला कि ? मेरो एक सामान्य जिज्ञासा मात्र ।
भित्री म ले एकैछिन गम खाए । उनलाई मेरो कुरा चित्त बुझेछ क्यारे, सकारात्मक टाउको हल्लाए । अनि साँच्चै म को बानी व्यवहार फेरिँदै गयो । उनले हुनुलाई, गर्नुलाई बढी जोड दिन लागे । विस्तारै उनमा कर्ताभाव मधुरिँदै गयो र क्रियाभाव उज्यालो हुँदै गयो । मेरो नीति कथाको सन्देश कार्यान्वयन होला जस्तो देखियो ।

एक दिन भित्री म ले भने— साथी, तिमीले भनेका कुराले मलाई निकै जाती गरेको छ । आजभोलि मलाई उस्तो खटपटी छटपटी पनि हुँदैन । शान्तसँग निद लाग्छ । ध्यान पनि लाग्छ । बैठक कोठामा राखेका दानका प्रमाणपत्रहरूले मलाई खिज्याए झैँ लाग्यो । मलाई पटकपटक आफैलाई उद्धृत गरेर दिने उदाहरण जस्तो महसुस भयो । अनि ती प्रमाणपत्र निकालेर भण्डार कोठामा थन्क्याएँ । तब मलाई हल्का महसुस भयो । म छु, म हुँ, म गर्छु मा ती क्रियापद नै पर्याप्त लाग्न लागे ।
भित्री म का यी कुरा सुनेपछि मैले साथीका हैसियतले फेरि सानो जिज्ञासा राखेँ । हजुरले म लाई फिका गराउन छु, हुँ, गर्छु… लाई अघि सारेपछि निकै फाइदा भयो भन्नुभयो । यो सुनेर यो (आफूलाई बताउँदै) साथी निकै दङ्ग छ । बसिबियाँलो फेरि अर्को सानो जिज्ञासा जाग्यो । सुन्ने इच्छा भए भन्छु । भनुँ र !

भित्री म मुस्कुराउँदै भने— साथीको पनि के अनुमति लिइरहनु पर्छ र ?
यत्तिको अनुमति पाएपछि मैले आफ्ना कुरा सुरु गरिहालेँ । छु, गर्छु क्रियापदका उकार ले त परोक्ष रूपमा म कै प्रतिनिधित्व गरिरहेका छैनन् र हजुर ! उकार फालिदिँदा पनि क्रिया सङ्केत त बुझिन्छ नै । होइन र ?
भित्री म अलिबेर घोरिए र गम खाए । अनि मुसुक्क मुस्काउँदै भने— तिमीले ठीक भन्यौ । हो, मसित साथी बनेर आएका क्रियापदले सधै म को वारेस बनेर काम गरे जस्तै लाग्यो ।
अब भने भित्री म लगभग मेटिएको अवस्था भयो । अब ती एक्ला क्रियापद छ, गर्छ को खासै अर्थ थिएन । तै पनि म को उत्तराधिकारीको गन्ध बोकेर रहिरहेका थिए ।
अनि मैले भित्री म सित भने— जब हजुरलाई म को लिप्सा हराइसकेको छ भने एक्ला उदास क्रियाका पछि दगुरिरहनु पनि त पूर्व म प्रतिको लिप्साको धङ्धङी मात्रै होइन र हजुर ?

यस पाली भने भित्री म लाई मेरो कुरा मन परेन क्यारे ! अनि अस्तित्वको कुरा निकाले ।
भित्री म को यो अस्तित्वको माग निभ्न लागेको बत्तिको चम्किलो ज्योति जस्तो लाग्यो । अनि मैले बोलेँ — हजुरको उकारसम्मको त्यागले म को केवल बाहिरी ज्वाला मात्रै निभेको रहेछ । तर यो अस्तित्वको मोहले त्यो म भुसको आगो जस्तै भित्रभित्रै उकुसमुकुसिएर ङुर्ङुराएर बसेको आभास भयो । यदि काम ठूलो हो भने अस्तित्वको लालसा नगरेर पनि त काम गर्न सकिन्छ । जस्तै, प्रकृतिले कतै केही लालसा, अपेक्षा नराखीकन काम गरिरहेकी छिन् । आफू हाँसेर अरूलाई हँसाइरहेकी छिन् त । मैले यसै सिलसिलामा गीता १२।१२ को ध्यानात्कर्मफलत्यागः त्यागाच्छान्तिरनन्तरम् । अर्थात् ध्यानभन्दा कर्मफलत्याग ठूलो हो । त्यसले निरन्तर शान्ति प्राप्त हुन्छ भन्ने सन्दर्भ बताएँ । भित्री म को अनुहार लाल लाल भयो । मैले सोचेँ क्रोधको उन्माद होला ।
केही दिनपछि भेट हुँदा भित्री म हर्षको उन्मादले अङ्कमाल गर्न आए र भने — व्यक्तिले अस्तित्वको मोहले कर्म गर्न उत्प्रेरित हुन्छ भन्ने कुरा व्यर्थ रहेछ । शुद्ध कर्मले त अस्तित्व मोह छाड्दो रहेछ ।
अनि मैले भनेँ — निष्काम कर्म भनेको यही त हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?