ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

बर्दिया र बाँके यात्राका रमाईला पलहरु…

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

मनभरी रहर र सपनाको घर अनि भावनाका विजहरू, भविष्यका फाँटहरूमा छर्दैछर्दै हिँड्न यहाँ कहाँ सजिलो छ र ? चाहँदैमा मात्रै पनि कहाँ सकिन्छ र ? हरेक यात्रामा दौडिन तर दौडिन नसके हिड्नुपर्छ । कतिखेर विश्राम नलिई सूर्य र जुनजस्तै हिँडिरहनुपर्छ । जीवनको यात्रामा हिड्न नसके घिस्रिनुपर्छ, जसरी कछुवा घिस्रिन्छ एकैनास । आखिर जिउनु त छ नै; नभेटिन्जेल अन्तिम विन्दुको त्यो अनौठो लक्ष्य अर्थात् मृत्यु । डायरी लेख्ने मेरो पुरानो बानी हो । देखेभोगेका कुराहरू आफ्नै आर्काइभमा सुरक्षित राख्नका लागि पनि म लेख्ने गर्छु । डायरीमा भएका विगतका घटनाहरूलाई पल्टाएर हेर्दा कतिपय कुरा आफैलाई रोचक रआनन्द लाग्नेगर्छ ।

२०/२५ दिन अगाडिको कुरा हो, मलाई निकै तनाव भइरहेको थियो । किनकी हामी बाँके र बर्दिया भ्रमणमा मन्त्रालयको एउटा कार्यक्रम लिएर जाँदै थियौं । यात्रा आफैमा सजिलो कहाँ हुन्छ र ? गाडीको यात्रा अझ मलाई पथ्थरमा टाउको ठोक्काउनु जत्तिकै गाह्रो हुन्छ । त्यो पनि ४/५ दिनको, साह्रै नै पट्यारलाग्दो बनिदिन्छ । त्यसैकारणले मैले बाइकमा यात्रा गर्न रुचाउँछु । चाहे त्यो पुष/माघको जाडो किन नहोस् । फागुन ३ गते करिब २ बजे मन्त्रालयका उप–सचिव खिमानन्द ज्ञवाली सरको नेतृत्वमा बर्दियाको भ्रमणमा निस्कियौ । भ्रमणमा कानुन अधिकृत अस्मिता अर्याल, लिला कुमाल, मनिषा खत्री र म गरी ५ जना थियौ । अमिलियामा नास्ता खाएर प्रकृतिलाई नियाल्दै, बग्दै गरेका खोला नदीहरूसँग हराउँदै र चराचुरङ्गीको आवाजसँगै रमाउँदै हामी यात्रा पार गर्दै अगाडि बढ्यौं । सडकका छेउछाउँमा उम्रिदै गरेको गहुँको हरिया अंकुरा देखिन्थे । कतै पाक्दै गरेको लह–लहबालाहरूले हामीलाई स्वागत गरिरहेको अनुभूति हुन्थ्यो । गोधुलीको साँझसँगै हामीलाई बर्दिया जिल्लाको कोठियाघाटस्थित गेरुवा नदिमा निर्मित १ हजार १५ मिटर लामो “कोठियाघाट पुल“ हेर्ने अवसर प्राप्त भयो । जो नेपालको सबैभन्दा लामो पक्की पुल रहेछ । त्यहाँ २÷४ वटा फोटो त लिनै प¥यो । सम्झनाको लागि पनि त्यो काम गयौं । अर्कोतिर कार्यक्रमको चिन्ता त थियो नै, कार्यक्रम कस्तो हुने हो ? अतिथि र सहभागीहरूको उपस्थिति कस्तो हुने हो ? कार्यक्रमको व्यवस्थापन कस्तो हुने हो ? यावत प्रश्नहरू मेरो मनमा उब्जिरहेका थिए । कार्यक्रम जति नै सानो किन नहोस् चिन्ता हुँदोरहेछ । करिब ८ बजेतिर हामी गुलरियाको बिजय गेष्ट हाउसमा विश्रामको लागि ढोका ढक्ढक्याउन पुग्यौ । त्यहाँ खाना खाएर विश्राम गयौं । अर्कोदिन ४ गते गुलरियामा लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको आयोजना र जिल्ला समन्वय समिति बर्दियाको समन्वयमा देवानीसंहिता र फौजदारी संहिता सम्बन्धमा सरोकारवालाहरूसँग क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट र उप–प्रमुख अमिता कुमारी यादवले निकै सहयोग गर्नुभयो । हाम्रो कार्यक्रम सफल बनाउन शुरुदेखि अन्त्यसम्म सक्रिय सहभागी जनाउनुभयो । जिससका नासु मनोज भण्डारी सरले स्थानीय तहबीच समन्वय गरेर हाम्रो कार्यक्रममा थप सहयोग पु¥याउनुभयो । ५० जनाको सहभागितामा भएको कार्यक्रमको संचालन कानुन अधिकृत अस्मिता अर्यालले गर्नुभएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, बर्दियाका न्यायधिवक्ता नगेन्द्र लम्सालले एउटा मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि अर्को मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहितामा महिलाको अधिकार सम्बन्धी विषयमा निकै राम्रो प्रशिक्षण दिनुभयो । त्यस्तैगरी मन्त्रालयका उप–सचिव खिमानन्द ज्ञवाली सरले न्याय र कानुन सम्बन्धी अर्को स्थानीय तहको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा सैद्धान्तिक कक्षा संचालन गर्नुभयो भने कार्यक्रम ५ बजे सम्पन्न भयो । आफ्नै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मूलद्वारको रूपमा रहेको बर्दिया जिल्ला वास्तवमै आफ्नै मौलिक संस्कृति र सुन्दरतामा रमणिय जिल्ला रहेछ । पहिले आदिवासी जनजाति मध्ये थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा बाह्य जिल्लाहरूबाट बसाई सराई गरि आउनेको भिडले गर्दा जातिय विविधता रहेको पाइयो । वि.सं. १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनीलाई सहयोग गरेवापत वि.सं.१८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कार स्वरूप १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिएकोले बर्दिया जिल्ला लगायतका जिल्लाहरूलाई नयाँ मुलुकको रूपमा चिनिन्छ भनेर जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्टले छोटो बसाईमा बताउनुभयो ।

अर्कोदिन ५ गते त्यहाँबाट विदाईका हात हल्लाउदै हामी यात्रामा निस्कियौं । कैलालीको चिसापानीमा रहेको नेपालकै लामो मध्येको कर्णाली पुल हेर्ने हामीलाई सौभाग्य मिल्यो । वि.स. १९९३ मा स्थापना भएको त्यो पुल ५०० मी. लामो र १० मी. चौडाइ रहेछ । दुई खम्बामा निर्माण उक्त पुल जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको रहेछ । त्यहाँको विशेषता भनेको बिहान र बेलुका मान्छेलाई नै उडाउला जस्तोगरी हावा जोडले लाग्ने रहेछ । कर्णाली नदिको हावामा हाम्रा थकाई र पिडाहरूलाई पनि उडाउँदै हामी बर्दिया राष्ट्रिय निकुञ्ज हेर्दै बाँकेतिर लाग्यौं । निकुञ्जमा टाइमकार्ड अनुसार यात्रा गर्नुपर्ने रहेछ सोही अनुसार विस्तारै अगाडि बढ्यौं । बर्दियाको बबई पुलमा केही समय हाम्रो यात्रालाई ब्रेक लगायौं । नदीको किनारमा हास र चखेवाको जोडी खेलेको, मृग पानी पिउन आएको देखेर हामी मन्त्रमुग्ध भयौं । त्यतिमात्र नभएर त्यहाँ एउटा रोचक दृश्य देखिन्थ्यो । मयुर चरेको देखेर गोहीहरू आफ्नो आहाराको लागि विभिन्न दिशावाट आउँदै थिए । त्यसलाई कसरी नियन्त्रणमालिने भनेर शायद योजना बनाउँदै थिए होला ।

यस्तै सुन्दर आकृतिहरू मानसपटलमा सजाउँदै हामी साँझ नेपालगंज पुग्यौ र सहकारी प्रशिक्षालयको भवनमा बास बस्यौँ । फागुन ६ गते म झिसमिसे बिहानीसँगै मर्निङ्ग वाक निस्किए । बिहानीको सफा मौसम, खुल्ला र ठुला सडक, शहरका ति झिलीमिली बत्तिहरू अनि आकासमा चन्द्रमा र ताराहरूको सामिप्यता र अगाढ प्रेम हेर्दै एक्लै यात्रा गर्नुको छुट्टै मजा थियो । आहा ! पूर्वमा रातो लाली छाउँदै थियो र कुखुराले सुतिरहेको बस्तीलाई जगाउँदै थियो । बिहानी मिर्मिरेसँगै म आफ्नो कोठामा फर्किएँ । नास्ता खाएपछि ९ बजे बर्दियामा गरेकै शीर्षकमा कार्यक्रमको तयारीमा जुट्यौं । बाँकेको निमित्त जिल्ला समन्वय अधिकारी तुलाराम गिरीले सबै तयारी पूरा भएको जानकारी गराउनुभयो । जिल्ला समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले ब्यानर वाचन गरेर ५० भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । यस कार्यक्रमलाई उच्च सरकारी वकिल कार्यालय, बाँकेका सह–न्यायधिवक्ता उमाकान्त पौडेलले देवानी कानुनका सिद्धान्त र देवानी संहिताका प्रमुख विशेषताहरू र अर्को शेषनमा फौजदारी कानुनका विशेषता र फौजदारी संहिताका प्रमुख विशेषताहरू भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँमा निकै फुर्ति फार्ती देखिन्थ्यो । सहभागीहरूले उठाएका प्रश्नहरू निकै छिटो, जोस र मुस्कानका साथ जवाफ दिनुहुन्थ्यो । त्यस्तैगरी खिमानन्द ज्ञवाली सरले न्याय र कानुन अनि स्थानीय तह र प्रदेशवीचको कानुन निर्माण प्रक्रियाका विषयमा सरल तरिकाले प्रशिक्षण गर्नुभयो भने कार्यक्रम करिब ५ बजे सकियो । अर्कोदिन बाँकेको विभिन्न ठाउँहरू घुम्ने अवसर छुटाएनौ । बाँके जिल्ला नेपालको सुदुर पश्चिम क्षेत्रकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र रहेछ । यस जिल्लाको सदरमुकाम नेपालगंज समुद्री सतहभन्दा १४९ मिटर उचाईमा रहेको पाइयो । परापूर्वकालमा तराईमा औलो, कालाजार लगायतका रोगबाट यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसको मृत्यु भई सीमित मानिस मात्र बाँकी रहन गएको र सो ठाउँलाई पछि बाँके भन्न थालिएको किंबदन्ती रहेछ । त्यसैगरी नेपालगंजमा रहेको बागेश्वरी मन्दिर बाँके जिल्लाकै एक प्रसिद्ध मन्दिर रहेछ । यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण शक्तिपीठको रूपमा प्रख्यात मानिन्छ । सतीदेवीको जिब्रो पतन भएकोले बाकेखरी, बाकेश्वरी अपभ्रंश भई बागेश्वरी हुदै जिल्लाको नाम बाँके रहन गएको जनविश्वास छ । सतीदेवीको देहान्त भएपछि पीडामा रहेका महादेवले सतीदेवीको शव बोकेर भौँतारिरहेका बेला सतीदेवीका अंगहरू पतन भएको धार्मिक मान्यता छ । त्यसबेला शवयात्राका क्रममा सतीदेवीको जिब्रो पतन भएको ठाउँमा कालान्तरमा बागेश्वरी मन्दिर स्थापना भएको स्थानीय बासिन्दा बताउँछन् । ठूलो पोखरीको विचमा रहेको नेपालको एकमात्र जुंगे महादेवको मुर्तिको दर्शन गर्न आउनेहरूको संख्या हरेक वर्ष बढिरहेको त्यहाँका पुजारी बताउदै थिए । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ । त्यहाँ २÷४ वटा फोटो लिएर हामी नेपाल र भारतको सिमाना नेपालगंजको रूपडिया (जमुनाहा) नाका पनि हेर्न पुग्यौ। ओहो ! मान्छेहरूको आवत जावत हेर्दा ठूलो महामेला लागेको अनुभव भयो । हामी एउटा प्रतिक्षालयमा बसेर केही समय समिक्षा पनि ग¥यौ । नेपालको पैसा कति भारत गयोहोला र नेपालीहरूले भारतबाट कति सामान र विषादियुक्त तरकारी नेपाल भित्राए होलान् ।

सीमा सुरक्षाकर्मीले अलि–अलि चेकजाँच गरेर आफ्नो डिउटी त पूरा गर्थे तर समग्रमा भने त्यो नाका खुल्ला जस्तै देखिन्थ्यो । त्यही रमिता हेर्दै र धुलो खाँदै हामी कोठातिर फर्क्यौँ । बाँके र बर्दिया यात्रामा मैले धेरै कुरा फरक पाएँ । त्यहाँ बुटवल र काठमाण्डौका जस्ता ठुला–ठुला आलिसान महलहरू मैले कतै देखेन । चाहे त्यो सदरमुकाम र शहर नै किन नहोस् सबै घर र भवनहरू एकतले मात्र देखिन्थे अनि सबै भूकम्प प्रतिरोधी जस्ता लाग्थे । केही जिज्ञासा, कौतुहलता र प्रश्नहरूलाई मनमा खेलाउँदै ७ गते हामी दाङको यात्रामा फर्कियौ । भर्खरै निर्मित हुलाकी राजमार्ग सफा, शान्त, सिधा र चिटिक्क परेको निकै आनन्द आइरहेको थियो यात्रामा । बाटा–घाटाका विभिन्न दृश्यहरूलाई मनको डायरीमा नोट गर्दै र आँखाको पर्दामा उतार्दै अगाडि बढ्यौं जो पुरानो मेनरोड भन्दा आदा छिटो पनि हुदोरहेछ । यात्राकै क्रममा खिमानन्द सर, लिला र मनिषाको दोहोरी चल्यो अनि हामीले पनि होस्टेमा हैसे मिलायौं । सरले गित र कविता निकै मजाले गाउनु हुँदोरहेछ निकै जोसिलो हुनुहुन्छ । उहाँमा कुनैपनि काम हुँदैन र सकिदैन भन्ने कुरा हामी सुन्न पाउँदैनौ । त्यस्तैगरी यात्रामा अस्मिता मेमले बेला–बेलामा ताली बजाउँदै र गुनगुनाउँदै साथ दिनुहुन्थ्यो । उहाँले यात्रामा सवार यात्री र देखिएका दृश्यहरूको भिडियो ब्लग बनाइरहनुभएको थियो । उहाँ, निकै सहयोगी हुनुहुन्छ; त्यस्तैगरी असल र सरल पनि । आवश्यकता भन्दा बढी कुरा गर्न रुचाउनु हुँदैन । उहाँमा, कुरा भन्दा काम गर्नुपर्छ भन्ने सिद्धान्त छ । त्यस्तैगरी लिला सरको त के कुरा गरौ मान्छे लिलै गर्नुहुन्छ । नाँच्न, गाउन र कुरा गर्न धेरै सिपालु हुनुहुन्छ । त्यतिमात्र नभएर हरेक कुराको विश्लेषण र संस्लेषण गर्न सक्ने मान्छे । त्यसैले हामीले उहाँलाई विज्ञ भनेर पनि चिन्छौं । मनिषा मेमको विशेषता पनि काममा निकै फुर्तीफार्ती छ । मोटी भएपनि जोशिली हुनुहुन्छ र उत्तिकै सहयोगी पनि । यात्रा निकै रमाइलो भइरहेको थियो । राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा लुम्बिनी प्रदेशकै गौरवको आयोजना सिक्टा सिंचाई आयोजना निर्माण भएको रहेछ । ३१७ मी. लामो ब्यारेज ४२,७६६ हेक्टरमा सिंचाई सुविधा पु¥याउने लक्ष्य रहेको कुरा त्यहाँ पुगेपछि थाहा पायौं । यात्रामा बेला बेलामा खिमानन्द सर, लिला र मनिषाको हिन्दी भाषामा पनि वार्तालाप हुन्थ्यो । लिला सरका पटाका, डिजे र चपातीका कुराले पेट मिचि–मिचि हाँस्यौं । लिला सरले धेरै बेर हँसाउनुभयो, यसरी शायद म कहिलेपनि हाँसेको थिएन । जे होस् मुड फ्रेस भएको थियो । हाँस्दा हाँस्दा मेरो मुख पनि दुखेको थियो । यात्रा यस्तै रमाइलो पलसँगै अनवरतरूपमा अगाडि बढिरहेको थियो । हाम्रो टिम मिलेको थियो, त्यसैले त कार्यक्रमका साथै यात्रामा कुनै समस्या र गुनासो थिएन । मैले शुरुमा सोचेको र कल्पना गरेको भन्दा ठिक उल्टो दिशाबाट यात्रा भैरहेको थियो । यस्तै रमाइलो यात्रासँगै पिपरीमा रहेको थारु दरवार रेष्टुरेन्टमा खाना खाएर हामी सकुसल हामी ९ बजे आ–आफ्नो निवासमा पुग्यौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?