ट्रेंडिंग:

>> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ

पुस्तक परिचर्चाः बासबहादुर जि.सी.को संस्मरण संगालो

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

नेपाल अधिराज्य निर्माण अघि कालिगण्डकी क्षेत्रमा चौबिस वटा राज्य अस्तित्वमा थिए । जसलाइ चौबिसे राज्य भनिन्थ्यो । यी चौबिस राज्यमध्ये गुल्मी जिल्लाको धुर्कोट पनि एउटा हो । जसलाई सातसय धुर्कोट भनिन्थ्यो, अर्थात सात सय घरधुरी थिए, धुर्कोटमा त्यतिबेला । धुर्कोट राज्य अन्तर्गत पहिले रजस्थल, नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसीथोक, बस्तु, भनभने र वाग्ला गरी आठवटा गाउँविकास समिति (गाविस) क्षेत्र पर्दथ्यो । यो क्षेत्र अहिले धुर्कोट गाउँपालिका बनेको छ । पहिलेको धुर्कोट राज्य अन्तर्गत रहेको भनभने बाहेकका सात गाविस क्षेत्र समेटेर अहिले धुर्कोट गाउँपालिका बनेको हो । भनभने अहिले छिमेकी मदाने गाउँपालिकामा समेटिएको छ । यही पुरानो धुर्कोट राज्य र अहिलेको धुर्कोट गाउँपालिका अन्तर्गतको रजस्थल गाविस (वडा) को कोट (कोत) क्षेत्रमा जिसीहरूको बाक्लै बसोबास छ । सम्भवतः धुर्कोट राज्यको स्थापनाकाल पन्ध्रौं शताब्दी (१४६५ साल) तिर कर्णालीको जुम्ला जिल्लास्थित कनकासुन्दरी–४ धोबीघाटबाट कालिकोट हुँदै गुल्मीको धुर्कोटमा बसाइ सरी आएका जिसीहरूको धुर्कोट क्षेत्रमा राम्रो पहिचान छ । पहिले धुर्कोट राज्यको राजधानी हो, कोट क्षेत्र । राजा बस्ने स्थल राजस्थलबाट अपभ्रम्स भइ रजस्थल बनेको हो । पुरानो राजदरबार पनि कोट नै हो । धुर गाउँमाथि कोट रहेको छ । यसैलाई मिलाएर धुर्कोट नामकरण भएको हो । कोट क्षेत्रमा पहिलेदेखि बसोबास गरी आएको जिसी परियारका सदस्य हुन, बासबहादुर जिसी । मैले किशोरकालमा उनको नाम एक उदार समाजसेवीको रूपमा सुनेको हुँ । मेरो मावली घर रजस्थलमै रहेकोले रजस्थल आउजाउ भईरहन्थ्यो । फेरि हरेक वर्ष बडादशैंमा कोटको नवमी पूजा मेला र पुर्णिमाको सरायँ नाच हेर्न उत्साह र उमङ्गकासाथ हामी कोट पुग्थ्यौं । गुल्मी जिल्लामै प्रसिद्ध छ, धुर्कोटको सरायँ नाच । म पनि कोट क्षेत्रमै सम्भवतः धुर्कोट राज्यको स्थापनाकालदेखि बसोबास गरी आएको थापा परिवारको एक सदस्य भएकाले रजस्थल र कोट क्षेत्रका धेरैजसो मानिसहरू राम्रैसँग चिन्दछु । यही कोट क्षेत्रबाट सात पुस्ता अघि हाम्रा पूर्वज पिपलधारामा बसाइ सरेका थिए । कोट क्षेत्रमा अहिलेपनि थापाहरूको बाक्लै बसोबास छ । मैले माध्यमिक तहको शिक्षा हिमालय मावि बस्तुबाट लिएकाले धुर्कोट क्षेत्रमा म सानैदेखि राम्रोसँग घुलमिल हुने अवसर पाएँ । किनकी धुर्कोट एवं पश्चिम गुल्मीकै सबैभन्दा पुरानो र गुणस्तरीय शिक्षाकालागि प्रसिद्ध विद्यालय हिमालय मावि भएकाले धुर्कोटका प्रायः घरपरिवारका विद्यार्थी यहाँ पढ्न आउँथे । आउँछन् । यही विद्यार्थीकालमा मैले बासबहादुर जिसीको कीर्ति सुनेको र उनलाई देखेको । खासगरी कोटको नवमी पूजा र सरायँ नाचमा उनको भूमिका अग्रणी हुन्थ्यो । यसरी धुर्कोट क्षेत्रमा संस्कृतिको संरक्षण र प्रबर्धनमा बासबहादुर जिसीको भूमिका अग्रणी थियो । हाल नयाँगाउँमा बसोबास गर्ने मल्लहरू धुर्कोटमा परम्परागत संस्कृतिको संरक्षण र प्रबर्धनमा संरक्षकको भूमिकामा रहेपनि नवमी पूजा र सरायँ नाच मेलामा कोटका थापा र जिसी परिवारको भूमिका अग्रणी थियो । छ । धुर्कोटेहरूको मुख्य उत्सव एवं साँस्कृतिक पर्व वडादशैंमा कोटको नवमी पूजा र सरायँ नाचमा थापा र जिसी परिवारको भूमिका पहिलेदेखि अग्रणी रहीआएको आधारमा यी दुई परिवार धुर्कोट राज्यको स्थापनाकालतिर धुर्कोटका संस्थापक राजाको साथमा बसाई सरी आएको भन्ने जनश्रुतिलाई पुष्टि गर्दछ ।

धुर्कोटमा गन्यमान्य जिसी परिवारका सदस्य बासबहादुर जिसीको स्मृतिमा उनको परिवारले २०८० साल असोजमा १५ औं वार्षिक पुण्य तीथि एवं शताब्दी जयन्तीको अवसरमा बास बहादुर जिसी संस्मरण सँगालो प्रकाशित गरेको छ । किशोरकालमा एक असल मानिसको रूपमा नाम सुनेको बासबहादुरको प्रभाव मेरो स्मृतीपटलमा ताजै छ । त्यसैले सो पुस्तक पढ्न इच्छुक थिएँ । उनका पुत्ररत्न कृष्णबहादुर जिसी दाजुसँग सामाजिक सञ्जाल फेसबुकबाट मागेर प्राप्त गरेँ । धुर्कोट क्षेत्रको इतिहास र संस्कृतिबारे राम्रो जानकारी मिलेकाले रुचीपूर्वक पढेँ । बिशेषगरी धुर्कोट र मदाने क्षेत्रका उच्च शिक्षित र अगुवा महानुभावहरू एवं बास बहादुरको परिवारका सदस्यहरूका गरि ६७ जना लेखकका बासबहादुर बारे टिप्पणीमूलक लेख रचना प्रकाशित गरिएका छन्, यो स्मृति सँगालोमा । प्रारम्भमा बासबहादुरको २०६५ साल साउन ३ गते विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडांैमा निर्वाण अघिको संस्मरणलाइ मत्र्य लोकको अन्तिम रात र माओवादी कुकृत्यले राजधानी पुगेको म शिर्षकमा उतारिएको छ ।
बासबहादुरको व्यक्तिगत जीवन सङ्घर्षपूर्ण रहेछ । सानै उमेरमा बुबा आमाको अभिभावकत्व गुमाएका रहेछन् । सङ्घर्ष गरेर समाजमा नामको रोशनी फैलाएका रहेछन् । शिक्षामा साधारण लेखपढ मात्र भएपनि उनको नाम धुर्कोट क्षेत्रमा अग्रणी सामाजिक व्यक्तिको रूपमा फैलिएको थियो । समाजमा आइपर्ने मुद्दा मामिला, झैं झगडा मिलाउन बासबहादुर रजस्थलका अतिरिक्त अन्य छिमेकी गाउँसम्म बोलाइन्थे, पुग्थे । रजस्थलमा उनी अगुवा समाजसेवी कहलिए । धुर्कोट क्षेत्रबाट जिल्ला पञ्चायत सदस्य पनि चुनिए । २०४६ सालपछि नेपाली काङ्ग्रेसको रजस्थल गाउँ समितिको सभापति पनि चुनिए । धुर्कोटको कोट (कोत) संरक्षण समितिको अध्यक्ष भई धेरै वर्ष सेवा गरे । कोटको जिर्णोद्वार, संरक्षण र प्रबर्धन गराए । घोडेटा बाटा खनाए । झोलुङ्गे पुल निर्माण गराई आवागमनलाई सहज तुल्याए । विद्यालयहरू निर्माण, संरक्षण र प्रबर्धन गराए । खासगरी रजस्थलका मानिसहरूलाई दैनिक जीवनमा आइपर्ने समस्याहरूमा समेत सहयोगी बने । यिनै सत्कर्मले गर्दा बासबहादुरको नामको रोशनी धुर्कोट क्षेत्रमा फैलियो । सङ्घर्ष गरेर उनले जसरी नामको रोशनी फैलाए, त्यसैगरी पारिवारीक जीवन पनि सुखमय बनाएका रहेछन् । छिमेकी थापा परिवार जिम्मावालकी छोरीसँगको प्रेम विवाहले उनलाई जीवनमा निकै सुखानुभूति दिएको रहेछ । पहिलो पत्नी जिम्मावालकी छोरीसँगको वियोगपछि काभ्रकीसँग दोस्रो विवाह गरी गृहस्थीलाई सुखमय बनाएका रहेछन्, बासबहादुरले । गृहस्थी र सामाजिक जीवनलाई सन्तुलित ढङ्गले अघि बढाएका रहेछन् उनले । उनी भौतिक सम्पत्तिका लालची देखिदैंनन् । समाजबाट पाएको मानसम्मान र यशले उनलाई निकै आनन्दानुभूति मिलेको रहेछ । सादा जीवन उच्च विचारको सिद्धान्तका पालक बासबहादुर सुखी र सन्तुष्ट व्यक्ति रहेछन् । साँच्चै लोभलाग्दो छ, उनको जीवन । उनको यही लोभलाग्दो जीवनमा शत्रुका आँखा लागे । २०५९ सालमा तत्कालिन समयमा देशमा चलेको नेकपा माओवादीको सशस्त्र द्वन्द्वको असर उनीमाथी पनि प¥यो । माओवादीले घर जलाईदिए । गाउँबाट विस्थापित हुन बाध्य पारियो । माओवादीले अपमान गरे । दुव्र्यवहार गरे । सौभाग्यवश ज्यान बच्यो । सयौं वर्षदेखि बसोबास गरीआएको र आफ्ना पुर्खाहरूको क्रिडाभूमि धुर्कोटबाट विस्थापित भई काठमाडौं भक्तपुरको बासिन्दा बन्न बाध्य हुनुप¥यो । दुःखद र मर्मस्पर्शी घटना हो यो । माओवादी सशस्त्र द्वन्द्वले गाउँका असल अगुवाहरू कसरी अन्यायमा पारिए भन्ने उदाहरण हो, बासबहादुर माथिको माओवादी दुव्र्यवहार । रजस्थल क्षेत्रमा नेकपाको जग बसाउने कम्युनिष्ट नेता एवं लेखक विन बहादुर कुवँरले बासबहादुर माथिको माओवादी दुव्र्यवहारलाई निन्दनीय र आफूले बुझ्न नसकेको कारवाही भनि लेखेका छन् । बासबहादुरले छोराहरूलाई राम्रो शिक्षा र संस्कार दिएका थिए । छोराहरू डा. विष्णुबहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी र व्यवशायी दानबहादुर जिसीले धुर्कोट र छिमेकी गाविस एवं काठमाडौं भक्तपुरका बासिन्दा तथा बासबहादुरलाई राम्रोसँग बुझेका समाजका विद्वान एवं लब्धप्रतिष्ठीत व्यक्तित्वहरूसँग बासबहादुरको व्यक्तित्व र सामाजिक योगदानबारे लिखित चर्चा गरीदिन आग्रह गरे । समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले बासबहादुर एक असल र जनपक्षीय समाजसेवी व्यक्तित्व थिए भनि स्मरण गरेका छन्, यो स्मृति सङ्गालो मार्फत । यो सँगालोमा बासबहादुरबारे शिक्षक, प्राध्यापक, प्रशासक, समाजसेवी, साहित्यकार, राजनीतिकर्मी र परिवारका सदस्य समेत गरी ६७ जना प्रतिष्ठित व्यक्तित्वहरूले टिप्पणीमूलक लेख रचना लेखेका छन् । पूर्व अञ्चलाधिश एवं साहित्यकार सुर्यबहादुर सेनले “बासबहादुर एक सच्चा राष्ट्र र समाजको सेवामा तल्लीन आदर्श व्यक्ति” भनि चित्रण गरेका छन् । “गुल्मी जिल्लामा इमान्दार समाजसेवी व्यक्तित्व भनि कहलिएको, नरममा नौनी र कडामा फलाम जस्तो, बाघजस्तो निडर, भनाई र गराईमा एकरूपता भएको व्यक्तित्व” का रूपमा चित्रण गरेका छन् बासबहादुरलाई सेनले । त्यस्तै प्रशासक एवं साहित्यकार हरिप्रसाद भण्डारीले “बासबहादुर जस्तो सज्जन र समाजसेवी मान्छे कमै जन्मन्छन्” भनि लेखेका छन् । समाजसेवी सरोज उप्रेतीले “सनातन धर्म संस्कृतिका अनुयायी बासबहादुर एक सोझो, सरल, इमान्दार र सादा जीवन उच्च विचार भएको व्यक्तित्व” को रूपमा चित्रण गरेका छन् ।
व्यक्तिका रूपमा मानिसका गुण अवगुण दुबै हुन्छन् । तथापि बासबहादुरमा अवगुण कम रहेको लेखकहरूले यो संस्मरण सँगालोमा चर्चा गरेका छन् । भौतिक सम्पत्तिको लालची नदेखिएकाले पक्कै पनि उनी जनविरोधी थिएनन् । अवगुण कम हुनुपर्छ । यसबाट भन्न सकिन्छ – माओवादीले उनलाई जनविरोधी र गलत व्यक्ति भनि सावित गर्न प्रयास गरेपनि समाजले उनलाई असल मानिस भनिदियो । न्यायप्रेमी र अन्याय विरोधी व्यक्तित्वका रूपमा चित्रण गरिदियो । धुर्कोट क्षेत्रका माओवादी नेता एवं धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बासबहादुर एक असल समाजसेवी व्यक्तित्व थिए भनि उनको सामाजिक योगदानको मुक्त कण्ठले प्रशंसा गरेका छन्, यो स्मृति सँगालोमा शुभकामना सन्देश मार्फत ।
३७६ पृष्ठ मोटो यो स्मृति सँगालोको साजसज्जा राम्रो छ । पुस्तक सङ्ग्रहणीय र प्रेरणादायी छ । धुर्कोट क्षेत्रमा यो प्रकृतिको पुस्तक सम्भवतः पहिलोपटक प्रकाशित भएको हो । असल समाजसेवीहरू बारे प्रकाशित गरिने यस्ता पुस्तकले समाजमा असल समाजसेवी जन्माउन टेवा मिल्छ । समाजलाई सत्मार्गमा अघि बढाउन टेवा पुग्छ । समाजसेवामा खट्नेहरूकालागि यो पुस्तक पठनीय, सङ्ग्रहणीय र प्रेरणादायी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?