ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत

५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार
सुनवल, ५ जेठ ।
२५ सय ६८ औँ वुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । रामग्राम नगरपालिकामा अवस्थित वुद्धसंग सम्बन्धित महत्वपूर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरको प्रवद्र्धनमा टेवा पुर्याउने र स्थानीयलाई अपनत्व महसुस गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नगर प्रमुख धनपत यादवले बताए ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले लुम्बिनी संग जोडेर रामग्राम स्तुप सहितका वुद्धस्थललाई समेटेर वुद्धपरिपथको विकास गर्न नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिने बताए । सुनवलको तरगौली ताल, रामग्राम, पण्डितपुर, सरावलको ककरपत्त नगर, बर्दघाटको वुद्धमंगल ताल, सुस्ताको अनोमाघाटलाई पाँच वर्ष भित्र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पन्चवर्षीय योजना लागु गर्ने बताए । संघीय सरकार संग सहकार्य गरी दातृ निकायको समेत सहयोगमा महत्वपूर्ण पर्यटकीय तथा एतिहासिक स्थलको विकास गरिने बस्नेतले बताए ।
मन्त्री बस्नेतले प्रदेश सरकार बजेट निर्माणको चरणमा रहेको जानकारी दिंदै पुराना योजनालाई पूरा गरेर जनहितका योजना मार्फत जनतामा प्रदेशप्रतिको विश्वास बढाउने योजनामा रहेको जानकारी दिए । “प्रदेशको औचित्य पुष्टि हुने गरी वर्तमान सरकारले काम गर्छ”–बस्नेतले भने ।
कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ कलवारले पण्डितपुुर वुद्धको मावली भएको दाबी गर्दै देवदह मावली हुनै नसक्ने उल्लेख गरे । सरकारी निकायको बेवास्ताकै कारण रामग्राम पण्डितपुर जस्ता क्षेत्र ओझेलमा परेको कलवारको भनाई थियो ।
रामग्राम नगरपालिकाले वुद्ध जयन्तीको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सहित जेठ १० गते वुद्ध जयन्तीको दिन रामग्राम स्तुपमा दिपप्रज्वलन सहित वुद्ध जयन्तीको समापन गर्ने जनाएको छ । नगर प्रमुख धनपत यादवले संघीय सरकारको उपेक्षाका कारण गौतम वुद्धको सिंगो अस्तु सुरक्षित रहेको स्थल ओझेलमा परेको गुनासो गरे । स्थानीय तहले सक्दो प्रयास आफ्नो तर्फबाट गरिरहे पनि संघीय सरकार मातहत रहेका स्थलमा काम गर्न अवरोध सृजना हुँदै आएको यादवको भनाई छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, नेपाली काँग्रेसका कार्यवाहक सभापति विक्रम यादव, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी समूहका अध्यक्ष रामजी ज्ञवाली, शिक्षा अधिकृत सुन्दर खनाल लगायतले वुद्ध स्थलको प्रवद्र्धनको विषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?