ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार

काठमाडौँ ।

सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राखेको छ । शनिबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग गरेको छलफलमा कांग्रेसले सो अडान राखेको हो ।

बैठकमा संसदीय समिति गठनबारे यसअघि तयार गरिएको मस्यौदाबारे छलफल भएको थियो । जीवन परियार र स्वर्णिम वाग्लेले समितिबारे मस्यौदा तयार गरेका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माका अनुसार प्रधानमन्त्रीले सोही मस्यौदा वरपर सहमति खोज्नका लागि कांग्रेस नेताहरूसँग आग्रह गरेका थिए ।

‘मस्यौदा यसअघि नै बनिसकेको रहेछ । प्रधानमन्त्रीज्यूले त्यसैमा छलफल गरेर सहमति खोज्न आग्रह गर्नुभयो,’ शर्माले भने, ‘कांग्रेसले यसका लागि आफूहरू तयार नै रहेको जवाफ दिएको थियो । तर, समिति गठन गर्दा ठगी गर्ने कम्पनीको नाम भने स्पष्ट रूपमा उल्लेख हुनुपर्ने कांग्रेसको माग रहेको थियो ।’

आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड समिति गठन गरी निकास दिन सकारात्मक रहेको कांग्रेसको बुझाई छ । कांग्रेस नेता लेखकले प्रधानमन्त्रीले पनि गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राखेको बताए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएका थिए । संसद्मा जारी गतिरोधका कारण राष्ट्रपतिलाई धन्यवाद ज्ञापनसमेत गर्न नपाएको प्रधानमन्त्री दाहालले सुनाएका थिए ।

प्रधानमन्त्रीले आजै सत्तापक्षका दलहरूसँग छलफल गर्ने र पुनः कांग्रेससँग छलफल गर्ने पनि जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले आजै सत्तापक्षसँग छलफल गरेर तपाईंहरूलाई फेरि बोलाउँछु भन्नुभएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘थप छलफल गर्न हामी सबै सहमत छौँ ।’

आजको बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?