ट्रेंडिंग:

>> बुटवलको डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी (भिडियोसहित) >> लुम्बिनी प्रदेश सरकारविरुद्ध सञ्चारसंस्थाहरु एक मतः पहुँचका आधारमा कानुन मिचेर बजेट छुट्टयाइएको आरोप >> एक्साभेटरले च्यापिंंदा युवकको मृत्यु >> बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं–गिरी >> ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो : रोहित पौडेल >> छैठौं स्थापना दिवसमा सरसफाई र बृक्षरोपण >> लुम्बिनीको सञ्चार वजेट मनपरी बांडिएकोमा आपत्ति >> गिरीबन्धुको जग्गा छानबिन समिति बनाउन कांग्रेसको माग >> लुम्बिनी प्रदेशमा भित्रियो मनसुन >> निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री >> विषाक्त मदिरा सेवनबाट भारतको तामिलनाडुमा २९ जनाको मृत्यु >> लुम्बिनी भारतीय दुतावासको योग दिवस >> जीबी राईको मलेसिया लोकेसन पत्ता लाग्यो : गृहमन्त्री >> आज संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर >> सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु >> स्कलर्समा क्षमता अभिवृद्धि कार्यक्रम >> टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै >> सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालयबाट सुरु गर्नुपर्ने >> पूर्व राजपरिवारका ज्वाइँ प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेषले दियो सबैलाई सफाइ >> आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना >> ‘सुपर एट’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका पराजित >> गैंडहवामा महिलाहरुको स्वास्थ्य परीक्षण >> ‘बिरामीले पाउने सास्ती अन्त्य होस्’ >> अब जनवादी गणतन्त्र ल्याउन उठौं >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खोल्सा व्यवस्थापनमा नमुना अभ्यास >> ‘साँगुरिदै अक्सिजन क्षेत्र’ >> तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता (पुर्णपाठ) >> बुटवलको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई मुख्य प्राथमिकता >> पर्साका तत्कालीन मालपोत अधिकृतसहित तीन जनालाई ८ वर्ष कैदको फैसला >> झलनाथको रिट निवेदन सर्वोच्च अदालतद्वारा अस्वीकार >> बैंक तथा वित्तीय संंस्थाका ऋणिहरुद्वारा बुटवलमा प्रदर्शन >> जेसिस सप्ताहको तयारी पुरा >> मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै पुनर्लेखन गर्न कांग्रेसको माग >> अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन >> थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने >> कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो –प्रभु शाह >> २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन >> सुनको मूल्य स्थित, चादीको बढ्यो >> केन विलियम्सनले छोडे कप्तानी >> संसद भवनको शौचालयमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या >> नेतन्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप >> ‘हेरी रहुँ तिमीलाई’बोलको म्यूजिक भिडियोे सार्वजनिक >> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा

लुम्बिनीको विकास र पर्यटन

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदह बौद्ध पर्यटनका दृष्टिले महत्वपूर्ण ठाउँ हुन् । यिनै क्षेत्रमा सिद्धार्थले २९ वर्ष विताएका थिए । लुम्बिनी जन्मस्थान, कपिलवस्तुमा रहेको तत्कालीन तिलौराकोट दरबार राजकुमार सिद्धार्थको राजदरबार थियो । त्यसैगरी देवदह बुद्धको मावली हो भने रामग्राम बुद्धको अस्थी धातु रहेको क्षेत्र । त्यसैले यी क्षेत्रहरू बौद्धमार्गीहरूका लागि अति नै महत्वका स्थान हुन् । यी क्षेत्रको पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नसके पर्यटन मार्फत् नेपालको अर्थतन्त्र उकास्न सहज बन्न सक्दछ । लुम्बिनी र पर्यटन प्राचीनकालदेखि नै अन्तरसम्बन्धित विषय हुन् । लुम्बिनी क्षेत्रको भ्रमण गर्ने परम्परा इ.पू. तेस्रो शताब्दीदेखि निरन्तर चलिरहेको छ । यो दौरानमा करोडौँ धर्मावलम्बी तथा पर्यटकहरूले लुम्बिनी भ्रमण गरेका छन् । इ.पू. २४९ तिर सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्धको जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलबदन तथा अशोकस्तम्भको अभिलेखबाट पुष्टि हुन्छ । त्यसैगरी पाँचौँ र सातौंँ शताब्दीमा चिनियाँयात्री क्रमशः फाहियान र हु एन–साङले लुम्बिनी क्षेत्रको भ्रमण गरे । सत्रौँ शाताब्दीको सुरुवातदेखि केही समय लुम्बिनी ओझेलमा प¥यो । तर, १९ औँ शाताब्दीको सुरुतिर आएर लुम्बिनी बुद्धको जन्मथलोको रूपमा पुनः परिचित हुन पुग्यो । खड्ग शमशेर र एनटन फ्युररको नेतृत्वमा लुम्बिनीमा सन् १८९६ मा अन्वेषण गरियो । उक्त समयमा अशोक स्तम्भको केही भाग फेला प¥यो । अशोक स्तम्भमा पाँच हरफहरू लेखिएका ब्राह्मी लिपी पनि देखाप¥यो । सोही शिलालेखबाट बुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने कुरा प्रमाणित भयो । लुम्बिनीलाई सन् १९९७ मा यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । महापरिनिर्वाणमा जानुअघि बुद्धले आनन्दलगायत अन्य भिक्षुहरूसँगको संबादको क्रममा भन्नुहुन्छ– ‘मेरा मुख्य चार तीर्थस्थल हुनेछन् । मैले शरीर छोडेर गइसकेपछि पनि यदि कुनै व्यक्तिले श्रद्धा र विश्वासले यी क्षेत्रहरूको भ्रमण गरेमा मेरो उपस्थिति प्रगाढ रूपमा अनुभूति गर्न सक्नेछ ।’ त्यतिमात्र होइन ‘जसले यी क्षेत्रको यात्राको दौरान शरीर त्याग्छ, ऊ तुषिता लोक (स्वर्गलोक) मा जन्मिनेछ ।’ भन्ने उद्गार पनि बुद्धले गर्नुभएको छ ।

लुम्बिनी बुद्धले उल्लेख गर्नु भएको यिनै चार प्रमुख तीर्थस्थलहरूभध्ये एक हो, जहाँ राजकुमार सिद्धार्थको रूपमा गौतमबुद्धको जन्म भएको थियो । उनै सिद्धार्थ बुद्धत्व प्राप्त गरेपछि बुद्ध वा गौतमबुद्धका नामले चिनिएका हुन् । बुद्ध शब्दको अर्थ ‘जागृत भएको’ भन्ने हुन्छ । अर्काे शब्दमा पूर्णरूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्तिलाई बुद्ध भनिन्छ । लोभ (राग), द्वेष र अज्ञानतालाई सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त भएको वा जागृत भएको व्यक्ति बुद्ध हो । निर्वाण प्राप्त व्यक्ति बुद्ध हो । गौतम बुद्धलाई सम्यक समबुद्ध पनि भनिन्छ । अर्थात् उहाँको ज्ञान स्वयम्को प्रयासबाट आर्जित ज्ञान हो । गौतम बुद्ध पूर्णरूपमा सांसारिक मोहको पीडाबाट जाग्नुभएका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक हुनुहुन्छ । त्यसैले बौद्धमार्गीहरूका लागि मात्र होइन, समस्त मानवजातीका लागि बुद्धलाई श्रद्धापूर्वक लिइन्छ । जसले गर्दा लुम्बिनी पनि सबैका लागि उत्तिकै महत्वपूर्ण स्थान हो । वास्तवमा लुम्बिनीलाई बुद्धत्वको आधार र शान्तिको केन्द्र पनि मानिन्छ । मायादेवी मन्दिर लुम्बिनीको मुख्य आकर्षणको केन्द्र हो । त्यस मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । यहाँ सिद्धार्थ गौतमको जन्मेपछिको पहिलो पाइला पनि छ । त्यसको छेवैंमा अशोक स्तम्भ र पोखरी पनि छ । मन्दिर परिसरमा बाहिर उत्तरतर्फ, २४ घण्टा नै बलिरहने शान्तिदीप छ । दीपसँगै रहेको नहरमा पर्यटक डुङ्गा चढेर रमाउन पाउँछन् । लुम्बिनी गुरुयोजनाको क्षेत्रलाई सेक्रिट गार्डेन, स्तूप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रूपमा विभाजन गरिएको छ । यहाँ विभिन्न देशले स्तूप एवम् विहारहरू निर्माण गरेका छन् । जुन पर्यटकका लागि मुख्य आकर्षणको विषय हो ।

लुम्बिनीदेखि पश्चिम करिब २८ किलोमिटरमा शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट अवस्थित छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा र सिसहनिया पनि घुम्न सकिन्छ । त्यसैगरी तिलौराकोटमा ई पू. एघारौँं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्वार देख्न सकिन्छ । निग्रोधरा (कुदान) मा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि आफ्ना परिवारजनलाई भेट्नुभएको थियो । यो क्षेत्र पिता शुद्धोधन, रानी प्रजापती गौमती, पत्नी यशोधरा र छोरा राहुललाई बुद्धले पहिलो भेट गरेको स्थल हो । पुरातात्विक एवम् धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तूप, एक पोखरी र एउटा इनार रहेका छन् । निग्लिहवा शाक्यमुनि बुद्धपूर्वका कनकमुनि बुद्धको जन्मस्थल मानिन्छ । यहाँ सम्राट अशोकले ई पू २४९ मा शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । निग्लिहवाजस्तै गोटिहवा पनि क्रकुछन्द बुद्धको जन्म स्थल हो । इ.पू.को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडेर यहाँको स्तूप निर्माण गरेका थिए ।

देवदह बुद्धको मावली र ससुराली पनि हो । यसैगरी रामग्राम बुद्धको अस्तिधातु रहेको स्तूप रहेको पवित्र स्थान हो । सम्राट अशोकको पालामा बुद्धका अस्ति धातु रहेका स्तुपहरूबाट अस्ति धातु झिकी ८४०० स्तुपहरू निर्माण गरिएको भए पनि रामग्राममा रहेको स्तुप भने सुरक्षित रहको भन्ने कुरा बौद्ध साहित्यहरूमा पाइन्छ । अर्काेतिर देवदह शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र पत्नी यशोधराको माइती गाउँ हो । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय यहाँ बिताएको मान्यता छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षसमेत यहाँको मुख्य आकर्षण हो । लुम्बिनीमा आउने अधिकांश विदेशी पर्यटकहरू भारतीय ट्राभल एजेन्ट मार्फत् आउँछन् । दिनभरि लुम्बिनी घुमेर पुनः भारत फर्कन्छन् । यस्ता पर्यटकहरूलाई लुम्बिनीको गरिमा र यो सँगै कपिलवस्तु, रामग्राम र देवदहको महत्वबारे बुझाउन सके उनीहरूको बसाइ अवधि लम्ब्याउन सकिन्थ्यो । यतिमात्र होइन भारतीय पर्यटकहरू भारतीय बसमा आउने, दुईचार घण्टा घुमेर फेरि भारत फर्कने परम्परालाई रोक्दै भारतीय पर्यटकहरूलाई कम्तिमा एक रात भए पनि यहीँ रोक्न सक्नुपर्ने चुनौति छ । यसो गर्न सकिएन भने पर्यटनलाई आर्थिक लाभसँग जोड्न सकिँदैन । बौद्ध एवम् हिन्दु दुबैका लागि लुम्बिनीको गरिमा उत्तिकै महत्वपूर्ण छ । यसका अतिरिक्त पश्चिमी जगतका अन्य धर्मावलम्बी हुन् वा नास्तिक प्रवृत्तिका मानिसहरू हुन् अधिकांशमा बौद्ध धर्मप्रति आकर्षण बढिरहेको छ । यस आकर्षणबाट नेपालले ठूलो लाभ लिन सक्छ र विश्व शान्तिको स्थापनामा महत्वपूर्ण योगदान दिन सक्दछ । यसका लागि विश्वलाई लुम्बिनी भ्रमणका निम्ति आमन्त्रण दिन सक्नु जरुरी छ । पर्यटनबाट आर्थिक लाभ लिन लुम्बिनीमा धेरै पर्यटक भित्र्याउने र उनीहरूको बसाई अवधि लम्ब्याउने यी दुई काम गर्नु जरुरी छ । यहाँ बुद्ध जीवनीमा आधारित ‘डिजिटल शो’, सफा र स्तरीय रेष्टुराँ, नेपाली र बौद्ध संस्कृति झल्काउने उपहारहरू किन्न सकिने ‘कोशेली घर’, योग ध्यान र बुद्ध दर्शन सिकाउने प्रभावकारी संस्थाहरू आवश्यक छ ।

नेपाल विकासोन्मुख मुलुक हो । त्यसैले नेपालले पर्यटनमार्फत् आर्थिक लाभ लिन सक्ने सम्भावना रहनु एक सुखद विषय हो । श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, चीन, जापान, कोरिया लगायतका देशहरूबाट बौद्धमार्गीहरूलाई भित्र्याउन सके बौद्ध पर्यटनबाट आर्थिक लाभ लिन सकिन्थ्यो । यसका लागि लुम्बिनीको प्रचार प्रसार र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागि पहल गर्नु आवश्यक देखिन्छ । लुम्बिनीको पर्यटनको विकास गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल गर्नु आवश्यक छ । यसले पर्यटकलाई सिधा हवाई यात्राबाट लुम्बिनी आउन जान सहज हुन जान्छ । जसले लुम्बिनीको पर्यटनमा थप सघाउ पु¥याउन मद्दत पुग्दछ । पर्यटनको विकास गर्न लुम्बिनीमा पर्यटकलाई सहजता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालको आध्यात्मिक वातावरण आवश्यक छ । यसका साथै सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्नु पनि जरुरी छ । सरकारले लुम्बिनीको प्रचार प्रसार गरी विश्वलाई लुम्बिनी भ्रमणका लागि अमन्त्रण दिन सक्नु पर्दछ । खास गरी लुम्बिनीको पर्यटन विकास गर्न पर्यटनसँग स्थानीयलाई प्रत्यक्षरूपमा जोड्नु पनि उत्तिकै आवश्यक छ । नेपालको अर्थतन्त्र सुधार्न र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न लुम्बिनीको दीगो पर्यटन विकास आवश्यक छ । यसका निम्ति केन्द्रिय, प्रदेश एवम् स्थानीय सरकारको सहकार्यमा दीर्घकालीन योजना निर्माण गरी त्यसलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?