ट्रेंडिंग:

>> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

देशको सम्पत्ति कसैको बपौती हैन

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

दिपक रोका
आजभोलि संघीय राजधानी काठमाडौँका बिजुलीका पोलपोलमा हाम्रा प्रधानमन्त्रीको फोटाहरू छाएका छन् । बिगहाउस मिडियाका पहिलो पेज वा जकेट कभरमा पनि ठूला ठूला तस्वीरमा प्रधानमन्त्रीकै फोटोहरू छापिएका छन् । अन्य सञ्चार माध्यामहरू मार्फत पनि यसको विज्ञापन प्रकाशन र प्रसारण भइरहेका छन् । वास्तवमा यो किन ? भनी सबैले प्रश्न उठाइरहेका छन् । अझ भनौं देशको पैसा अनाहकमा खर्च गरेको देख्दा जो कोही नेपालीले सरकारको उछित्तो काडेका छन् । सडकमा मानिसहरू कौतुहलता ब्यक्त गर्दै छन् कि सरकारलाई यस्ता अनावश्यक सल्लाह चाहीँ कसले दिन्छ ? यस प्रकारका खर्चिला विज्ञापनले कुनचाहीँ नेपालीलाई खुसी पारेहोला ? कुनचाहीँ जागरुक नेपालीले यस्तो शैलीकोे सराहना गरेहोला ?
सडक देखि पत्रपत्रिकाका सारै महंगा ज्याकेट कभरमा समृद्धी, संघीय राजधानीबाट प्रकाशन हुने धेरैजसो पत्रिकाका पेजहरू एउटै विज्ञापनले पोतिएका छन् । हामीलाई ज्ञात नै छ कि राष्ट्रिय पत्रिकाहरूको पहिलो पृष्ठ वा ज्याकेट कभरको विज्ञापन शुल्क कति महंगो छ भनेर । यहाँनिर सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको विरोध कसैबाट गरीएको भने होइन । कार्यान्वयनमा आएमा यो कार्यक्रम सही छ । जनताको पक्षमा नै छ । शैलीको खण्डन गरिएको हो । यस्तो शैलीले सरकार मितव्ययी छ भन्नेमा पर्याप्त शंका उब्जेको छ । यसको जवाफ अब आउने दिनमा सरकारले दिन सक्नुपर्छ ।
आज गणतन्त्र ल्याउनका लागि निशस्त्र लडाइँ लडेर सहादत पाएका प्रायः शहिद परिवारहरू जहाँको तहीँ छन् । माओवादी जनयुद्धमा होमिएर ज्यान गुमाएकाहरूले समुचित न्याय, आर्थिक लाभ पाउन सकेका छैनन् । सोही जनयुद्धमा अयोग्य भनी विल्ला भिराइएका लडाकुहरू आज आत्मदाहको चेतावनी दिँदै हिँडिरहेका छन् । गरीबीको प्रतिशतमा कमी आएको छैन । नेपालका अधिकतम ठाउँमा अहिले पनि न्यूनतम पूर्वाधारहरू पुग्न सकेका छैनन । अनि हाम्रो सरकार चाहीँ प्रधानमन्त्रीका बडेमानका तस्वीरहरू सडक, गल्ली, पत्रपत्रिकाको ज्याकेट विज्ञापन र अन्य संचार माध्यममा बाँडेर भएको ढिकुटी सक्ने दाउँमा देखिन्छ ।
नेपाली जनताले सरकारले योजना गरेका पचास प्रतिशत पनि काम गरेर देखाएमा बिजुलीका पोलमा हैन, प्रधानमन्त्रीज्यूलाई मनमा राख्ने थिए । बिज्ञापन नै दिनु पर्ने थिएन । ती सब कुराहरू स्वतः प्रत्येक पत्रिकाको पहिलो पुरा पृष्ठमा निःशुल्क समाचारका रूपमा आउँथे । धनी वर्गले पत्रिका वा मिडिया मार्फत बिस्तृत अध्ययन गर्थे त । गरीव जनताले व्यवहारमा नै अनुभुति गर्थे । सबैलाई थाहा भइहाल्थ्यो । यहाँ त स्वस्थानी ब्रतकथामा पार्वतीले शिव पाउन पुजा गरे झँै समृद्ध नेपालको लागि प्रधानमन्त्रीका फोटाहरू बाँडिएका छन् । मानौँ कि यो एक महंगो पुजा हो जो पछि यसको ब्याज स्वरूप फल पाइन्छ ।
वास्तवमा स्तम्भकारलाई पनि एक पटक सरकारलाई वधाइ दिन मन लाग्यो । त्यो यस मानेमा कि कमसेकम जनताले समृद्धि भोग्न नपाए पनि संचारका माध्याममार्फत सुन्न र देख्न त पाए । दुई तिहाइको सरकारको उपहार नेताहरूले ऐश आरम गर्ने महल पाए, पजेरो पाए, सांसद, मन्त्री पद पाए, कसै कसैले त राम्रै कमाए । इतिहासमा फोटो थपे । अवसरको धेरैले दुरूपयोग गरे । नेपालीले पनि त केही पाए नेपालीले महंगी पाए, बेरोजगारी पाए, बेथिति पाए, गरिवि पाए, असुरक्षा पाए, विभिन्न प्रकृतिका हिंसा पाए, अन्याय पाए, युवाहरू विदेशीने पर्याप्तअबसर पाए, यतिका कुरा त पाए । गर्दागर्दै आज प्रधानमन्त्रीको बडेमानका फोटाहरू घरघरमा पाए । सौभाग्य नै त हो । इतिहासमा कहिल्यै नभएको चिज त पाए कमसेकम । त्यसैले नपाएकै भन्नु गलत हो ।
सरकार कसको लागि काम गर्दैछ भन्ने कुराले वास्तवमा अन्योल छाएको छ आज यो विज्ञापन प्रकाशनबाट । लोकतन्त्रमा समर्थन, विरोध, नारा, जुलुस भइरहन्छन् । कतिपय राम्रा कुराहरूको पनि आलोचनात्म समर्थन वा विरोध नै गर्ने परम्परा संसदीय व्यवस्थामा छ । विपक्षीहरूका विभिन्न स्टन्ट हुन्छन् । तथापि सरकारले जनतालाई रिझाउन सके विरोधको कुनै तुक हँुदैन । सरकार जिम्मेवार ढंगले अगाडि बढेमा जनताले अवश्य साथ दिन्छन् । दल हेरेर बस्दैनन् । त्यसको लागि सरकारको स्वार्थ देश निर्माणको पक्षमा हुनु पर्यो । जनजीविका उकास्नतर्फ हुनुप¥यो । राष्ट्र हितमा हुनु प¥यो । देशको गरीबि निवारण, बेरोजगार अन्त्य, भ्रष्टाचार निवारणमा हुनुप¥यो । अनि सरकारको स्वार्थ देशलाई अहिलेको पछौटे अवस्थाबाट वैतर्णी तार्नेमा हुनु प¥यो । कंक्रिट रूपमा नै हुनु प¥यो । आदर्शमा वा घोषणा, भाषणमा, पत्रिकाका कभर पेज र काठमांडौका बिजुलीका पोलमामात्र हैन ।
यसै सन्दर्भमा पूर्व राजाले बेलाबेलामा देशको बारेमा चिन्ता लिनु स्वाभाविक हो । उनी पनि यही देशको नागरिक हुन् । उनलाई पनि बोल्ने अधिकार छ । किनकि देशमा दुई तिहाई बहुमतको तानाशाही प्रजातान्त्रक गणतन्त्र छ । नेताहरूको भलाइको लागि भए पनि संसदीय व्यवस्था छ । धनीको गरीखाने माध्यमको रूपमा खोक्रो तर मानवलाई कहिल्यै अधिकार दिन नसक्ने मानवअधिकार छ । उत्कृष्ट तथापि कार्यान्वयन गर्नु नपर्ने एक थान जनताको रगतले ल्याएको संविधान छ । तर तिनै जनता जहाँको तहिँ छन् । २०४६ पछिका कुनै पनि सरकारले जनताको मन जित्ने काम गर्न सकेका छैनन् । जुन सरकार आए पनि उस्तै । हाल आएर दुई तिहाई सहितको सरकारले केही गर्लाकी भन्दा त जनताको पसिनामा आफ्नो प्रचार केन्द्रित पारेको छ । फोटाहरू प्रदर्शनी गरेर समृद्धिको भाषण ठोक्दै जनतालाई थाङ्नामा सुताइरहेको छ ।
त्यसैले होसियार ! नेताहरू हो । होसियार गणतान्त्रिक सरकार ! जनता इतिहासमा तिमीहरू प्रति बफादार भए भन्दैमा चिरकालसम्म दास बन्दैनन् । बन्न सक्दैनन् । उनीहरूलाई मालिक बनाउने सपना बाँड्नेहरू हो कम्तिमा नोकरकोसम्म जीविकोपार्जनको बाटो त देउ । गास, वास, कपास मात्र पुग्ने भए पनि रोजगारी सिर्जना गर्ने आँट गर । अनि देशको सम्पत्ति खर्च गर्दा झन् होसियार बन । देशको सम्पत्ति तिम्रो बपौती हैन । बिचार पु¥याएर उत्पादनमूलक काममा खर्च गर । सडकमा वा संचार माध्याममाभन्दा गरीवको दैलोमा समृद्धि ल्याउ । पत्रिका पढ्ने वर्ग त खानपुग्ने भित्रै पर्छन् । तर जसलाई माथि उठाउन विज्ञापनमार्फत योजना ल्याइएको हो उनीहरूसम्म न पत्रिका पुग्छ । न उनीहरू पढ्न सक्षम नै छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np