ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

बुटवल, २८ बैशाख । शारिरिक ब्यायाम र सुगठनका खेलाडीहरुलाई लक्षित गरि मणिग्राममा जिम सेन्टर शुभारम्भ गरिएको छ । लामोसमयदेखी शारीरिक सुगठनमा लागेका युवा बिबेक पाण्डेले मणिग्राम ४ नम्बरमा द वेलनेस जिमको शुभारम्भ गरेका छन । लुम्बिनी ईन्जिनियरिङ कलेजबाट पढाई सकेर पाण्डे अहिले ईन्जिनियरिङ पेशमा समेत आवद्ध छन ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शारिरिक रुपमा स्वस्थ्य रहेमात्र मानसिक स्वस्थ्य हु्ने तर्क दिदै जिवनशैली सुधार्न समेत ब्यायामशाला उपयोगी हुने बताए । समाजमा विभिन्न उमेर समुहका ब्यक्तिहरुलाई स्वस्थ्य रहनमात्र नभई ब्यवसायिक खेलाडी उत्पादनमा समेत नीजि ब्यायामशालाको योगदान रहदै आएको उनले बताए ।

कार्यक्रममा ब्यायामशालाका संरक्षक मुक्ति प्रसाद पाण्डेले सबै उमेर समुहलाई स्वस्थ्य राख्न ब्यायामको महत्व हुने भन्दै ब्यायामशाला शुभारम्भ गरेको बताए । नाम अनुसार नै प्रतिष्ठित कम्पनीका सामग्रीहरु राखिएको उनले बताए । करीब ७० लाख रुपैया लागतमा संचालनमा ब्यायामशाला शुभारम्म गरिएको उनले बताए । रोग लाग्न भन्दा अघि नै सचेत हुन जरुरी रहेको भन्दै ब्यायामशाला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्यालले फिटनेश समाजलाई सुन्दर बनाउने पेशाका रुपमा रहेको बताए । यो आनीबानी र रुचिको विषयका रुपमा ब्यायामशालालाई जोड्ने गरि अभियान चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा देवदह भुलुहीस्थित कामधेनु गौशालाका संरक्षक गोब्रती महाराज सोमराजले मानव जिवन स्वास्थ्य राख्नु सबैभन्दा चुनौती देखिएको भन्दै स्वस्थ्य रहन नियमित ब्यायाम जरुरी रहेको बताए । आहारबिहारकै कारण मानिसहरुमा मोटोपना लगायतका समस्या र यसबाट सबै रोगहरु उत्पन्न भैरहेको उनले बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाका अदालतका न्यायाधिश ईश्वरी भण्डारी, नेता दधिराम न्यौपाने, निर्मला शर्मा, पुर्वनगरप्रमुख हिरा क्षेत्री, नेका नगरसभापति हरिलाल पाण्डे, राममणी क्याम्म्पसका क्याम्पस प्रमुख तारा पराजुली, पुर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष नेत्र प्रसाद बेल्बासे, साहित्यकार मुरारी पराजुलीले ब्यायामको महत्वबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?