ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

सल्यानको सर्वाधिक लोकप्रिय जनमत प्राप्त पार्टी नेकपा (एमाले) ले दशौँ जिल्ला अधिवेशन सम्पन्न गरेको एक महिना पुगेको छ । यस बिचमा अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारी टिमले पार्टीको केन्द्रीय नेतृत्व अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँगै भेटघाट गरी बधाई, शुभकामना सहित निर्देशन प्राप्त गरिसकेको छ ।

समीक्षा– एक महिनाको

यो एक महिनामा जिल्ला कमिटीको एकपटक र पदाधिकारीको एकपटक गरी दुईपटक बैठक बसी आवश्यक र महत्वपूर्ण निर्णय भएका छन् । जिल्ला कमिटिको पहिलो बैठकले अधिवेशन सम्पन्न गर्न अहोरात्र खट्ने, सहयोग गर्ने, सहभागी हुने सबैलाई धन्यवाद दिनुको साथै जिल्ला अधिवेशन सम्पन्न गर्न सक्षम नेतृत्व गर्ने जिल्ला इञ्चार्ज पार्टी पोलिटव्यूरो सदस्य आदरणीय भैरबसुन्दर श्रेष्ठलाई धन्यवादका साथ सदैव यसरी नै हामीलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने अपेक्षा सिंगो जिल्ला कमिटीले राखेको छ । अधिवेशनको समिक्षा गर्दै, त्यसक्रममा बन्दसत्रहलमा भएका अनुशासन उलंघनका घटनामा, बन्दसत्रको निर्णयलाई कार्यान्वयन गर्दै थप विशेष निर्णय लिएको छ ।

त्यसैगरी पदाधिकारी बैठकबाट पालिका अधिवेशनको तयारी स्वरुप सदस्यता नविकरण लगायतका थप निर्णय भई अपानी पठाईएको छ । यसबिचमा नवनिर्वाचित जिल्ला पदाधिकारीलाई छत्रेश्वरी गाउँकमिटीले कार्यक्रमको आयोजना गरेर बधाई तथा शुभकामना दियो भने छत्रेश्वरी गाउँपालिका वडा नम्बर पाँचले पनि सोही कार्यक्रम सम्पन्न ग¥यो । अधिवेशन लगतै जिल्ला नेतृत्व उद्योग वाणीज्य संघको चुनावमा जुट्यो । व्यवसायीहरुको साझा संगठन उद्योग वाणीज्य संघको नेतृत्वमा स्वच्छ, स्वतन्त्र र पारदर्शी प्रतिस्पर्धा हुनुपर्ने हाम्रो पार्टी एमालेको जोड थियो । तर नेपाली काँग्रेसले सम्पूर्ण शक्ति लगाएर आफ्नो पार्टी निकट व्यवसायीहरुलाई जिताउने उद्ेश्य राखी उम्मेद्वारी दर्ता प्रक्रिया देखि खटियो । सधैजसो एमाले निकट व्यवसायीहरुको बर्चश्व भएको सल्यान उद्योग वाणिज्य संघमा यसपटक पनि नेतृत्वको स्वभाविक दाबेदारी थियो । त्यसको वातावरण तयार पार्न पार्टी नेतृत्वले विशेष पहलकदमी थाल्यो । परिणामत वाम शक्तिहरु एमालेको नेतृत्वमा जान तयार हुनुभयो । सबैमाझ लोकप्रिय व्यवसायी विरेन्द्र श्रेष्ठको नेतृत्वमा वामशक्तिको सहकार्य संभव भयो । र साझा प्यानलले भारी मतान्तर सहित विजय हासिल ग-यो ।

यस अभियानमा शुरु देखि नै पार्टी अध्यक्ष भिम बहादुर सेनले नेतृत्व गर्नुभयो भने अन्य हामी पदाधिकारीहरु उद्योग वाणीज्य संघको साझा प्यानलले राखेका कार्यक्रममा सहभागी भयौँ । त्यसैगरी हाम्रो जिल्ला पार्टीका निर्वतमान अध्यक्ष गोविन्द पुन बनगाड नगरपालिकामा नेतृत्व गर्नु भयो भने पार्टीका सबै कमरेडहरु पालिका पालिकामा खटिनुभयो । चुनाव हुने दिन पदाधिकारी पार्टी विशेष काममा राजधानी हुँदा यता जिल्ला उपाध्यक्ष ओज बहादुर बुढाथोकीको नेतृत्वमा पार्टी पंतिm खटियो । यसर्थ विहानीले दिनको संकेत गर्छ भने झैँ पार्टीले जिल्लाको ठूलो महत्व राख्ने संगठनमा आफ्नो नेतृत्व स्थापित गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

यो एक महिनामा पार्टी प्रवेशको कार्यक्रम सम्पन्न भएको छ । देशैभरि एमाले पार्टीप्रतिको आकर्षण बढेको छ । राष्ट्रिय शक्ति बन्ने संकल्प राखेको पार्टीले उपनिर्वाचनमा पनि शानदार जित निकालेको छ । बैशाख १८ गते कपुरकोट गाउँपालिका वडा नम्बर दुई जहाँ सरकारको नेतृत्वका रुपमा हाम्रो पार्टीबाट वडाअध्यक्ष ईश्वरी बुढा हुनुहुन्छ, सिमलकुना टोलमा माओवादी केन्द्रबाट १५ जना कमरेडहरु एमालेमा समाहित हुनुभएको छ । त्यो कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष भिमबहादुर सेन हुनुहुन्थ्यो ।

यसबिचमा पार्टी नेतृत्व कालिमाटी गाउँपालिकमा पुगेर त्यहाँको कमरेडहरुको बिचमा समसामयिक छलफल, भेटघाट गरिसक्नुभएको छ । फोन, सामाजिक संजालबाट जिल्लाभरीका कमरेडहरुलाई आवश्यक निर्देशन र सल्लाह दिने काम पार्टी नेतृत्वले गरिरहेको छ ।

अब जिल्ला पार्टीको ध्यान संगठनमा – ‘हामी खटिनेछौँ  शुद्धीकरण र सुदृढीकरणमा’

पार्टी केन्द्रले यस वर्षलाई संगठन सुदृढीकरण र शुद्धिकरणको वर्ष भनेर किटान गरेको छ । लामो समय पार्टीको संगठन अस्तव्यस्त भयो । पार्टी एकतापछि बनेको नेकपा र नेकपा बनिसकेपछिको साढे तीन वर्ष पार्टीकाम ठप्प हुनु र लगत्तै पार्टी विभाजन हुनुले देशैभर पार्टी संगठन चुस्त दुरुस्त हुन नसकेको सर्वविदितै छ ।

सल्यानको पार्टी पनि लामो समय विविध कारणले चलायमान हुन सकेन । यसअघि पार्टी पदाधिकारीहरु सबै स्थानीय सरकारमा सहभागी हुनुले पनि पार्टी संगठन चल्न, हुर्किन सकेको थिएन । अहिलेको जिल्ला पार्टीको पदाधिकारीमा त्यो संकट छैन । अध्यक्ष भिम बहादुर सेन र सचिव पुष्पा बोहरा, जुन पार्टीको कार्यकारी पद हो उहाँहरु स्थानीय सरकारमा हुनुहुन्न र पार्टीलाई सबै समय दिन तयार हुनुहुन्छ । अहिलेको जिल्ला पदाधिकारीको टिम अनुभव र उर्जाले बलियो, परिपक्वता र युवापनले जुझारु अनि समावेशिता र निरन्तरताले सम्पन्न छ । अहिलेको जिल्ला नेतृत्वको टिम भनेको अग्रज नेतृत्वहरुको विश्वास जितेको, कार्यकर्ताहरु माझमा भरोसा रहेको अनि अत्यधिक जिल्लाबासीको आशा बोकेको टिम हो ।

अब हाम्रो ध्यान पार्टी संगठनलाई गठन, पुनर्गठन र सकृय बनाउनु हुनेछ । पार्टी सदस्यहरुलाई प्रशिक्षित गर्दै अगाडि बढ्नु छ । पार्टी संगठनमा भित्रभित्रै झांगिएको अराजनैतिक गुटबन्दी, अनेक विकृति र विसंगतीलाई निमिट्यान्न पार्दै पार्टीलाई कार्यशैलीमा एकढिक्का र भावनात्मक रुपमा बलियो बनाउनु पर्नेछ । जनवर्गीय संगठन भनेका पार्टीलाई चलायमान बनाउने र टिकाउने जरा हुन । पार्टी हराभरा बनाउने हाँगा र पात हुन् त्यसैले पार्टी भित्रका दर्जनौँ जनवर्गीय संगठनलाई जतिसक्दो चाँडो पुर्नगठन र क्रियाशिल गर्नुपर्ने खाँचो छ ।

पार्टीको विचार सिद्धान्त के हो ? नेतृत्व भनेको के हो ? कम्युनिस्ट आचरण र संगठनात्मक अनुशासन के हो ? पार्टी संगठन भित्रका कतिपय नेतृत्व पंक्ति नै अनभिज्ञ देखिन्छ् । तसर्थ हाम्रो पहिलो ध्यान र नजर अब पार्टी संगठनको सुदृढीकरण र पार्टीका नेता, कार्यकर्ता सदस्यहरुलाई तत्कालै पार्टी प्रशिक्षणमा सहभागी बनाउँदै, पार्टी अनुशासनमा बाँध्दै शुद्धिकरण गर्नु हुनेछ ।

हाम्रो जिल्ला सल्यानमा एमाले पार्टी र नेतृत्वलाई मन पराउने जनता र समर्थक अत्यधिक छन् । त्यो कुरा पटकपटकको लोकप्रिय मतले स्पष्ट पारेको छ । अब हाम्रो काँधमा जिल्ला पार्टीलाई अझ घरघरमा संगठित गर्ने र जिल्लाको नेतृत्वलाई हरतरहबाट स्थापित गर्दै गराउँदै अगाडि बढ्नुपर्ने जिम्मेवारी आईपरेको छ । पार्टीमा आवद्ध हामी सबै कमरेडले सहकार्य र सहमतीका साथ हातेमालो गर्दै पार्टीकाममा जुटे सफलता नजिक छ र मिसन ८४ सफल हुने निश्चित छ ।

सल्यानको नेतृत्व एमालेको : सपना र योजना कर्णालीको

नेकपा (एमाले) सल्यान र त्यसको सम्पूर्ण पंक्तिले व्यवहारत बुझ्नुपर्नेछ, हामी सल्यानमा मात्र सीमित छैनौ । अहिले हामीले कर्णालीको पनि नेतृत्व गरिरहेका छौँ । हाम्रो जिल्ला पार्टीको समग्र नेतृत्व गर्दै आउनु भएका कमरेड गुलाबजंग शाह अहिले देशकै ठूलो कर्णाली प्रदेशको अध्यक्ष हुनुहुन्छ । ७९ को चुनावमा प्रतिनिधिसभामा कर्णाली शुन्य भयो । एउटा ठूलो जिम्मेवारी र अठोट सहित कर्णाली बनाई छाड्ने प्रण बोकी पार्टीको पोलिटब्यूरो सदस्य छोडेर उहाँ अध्यक्ष बन्नुभएको हो । कर्णालीका दशै पार्टी जिल्ला नेतृत्वको समर्थन, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने तिन चौथाई केन्द्रिय सदस्यहरुको समर्थन सहित चुनावी प्रतिस्पर्धाबाट समेत अत्यधिक प्रतिनिधिहरुको रोजाईको नेतृत्व बन्न उहाँ सफल हुनु भएको छ । यो सिंगो कर्णालीले सल्यान प्रति राखेको भरोसा र विश्वास हो । यो उपलब्धि सल्यानको प्रतिष्ठा हो ।

कर्णालीले हाम्रो जिल्लाको नेतृत्वलाई कमाण्डर बनाउँदै गर्दा हामी जिल्लाका कमरेडहरु असल सिपाही बन्न जरुरी छ । कुनैपनि लडाँई कुसल कमाण्डर बिना लड्ने कल्पना गर्न सकिदैन भने अनुशासित सिपाही बिना जित्न संभव हुँदैन । हाम्रो पार्टीले सल्यानमा गर्ने हरेक गतिविधिको असर र प्रभाव नेतृत्वलाई अवश्य पर्छ । यसपटकको जिल्ला अधिवेशनमा प्रदेश अध्यक्षले अधिकतम सहमतीको प्रयास गर्नुको मर्म हामी सबैले हेक्का राख्नुपर्छ । नेतृत्वले अनेक प्रस्ताव गर्दा र लचकता अनाउँदा पनि सहमति भएन र प्यानलै बनाएर चुनाव लड्ने काम भयो । अब यस्तै र पुरानै मानसिकताले हामी चल्नु हुँदैन । परिणाम आईसकेपछि हामी सबैले पहिला स्वीकार्ने अनि गम्भीर समिक्षा गरेर अगाडि बढ्नु पर्छ । नेतृत्वलाई बोलीले मात्र होइन व्यवहारले पनि साथ दिने गरौँ । नेतृत्वलाई साथ दिनु भनेको पार्टीलाई साथ दिनु हो, पार्टीलाई साथ दिनु भनेको त्यो पार्टीप्रति आस्था राख्ने सदस्य र समर्थकलाई साथ दिनु हो ।

पार्टी भित्रको संघर्ष, अन्तरसंघर्ष र असहमतीलाई पार्टीमा आबद्ध सबै कमरेडहरुले राम्ररी बुझ्नुपर्छ । नेतृत्वले बुझाउन सक्नुपर्छ । कम्युनिस्ट पार्टी भित्र बिना संघर्ष केही पनि उपलब्धी हासिल गर्न सोचियो भने त्यो भ्रम हो र संभव छैन । तर संघर्ष कस्तो गर्ने ? को सँग गर्ने ? नेतृत्वका सबै कुरामा सहमत हुनुपर्छ भन्ने किमार्थ होइन । बेला मौकामा नेतृत्वसँग कयौँ विषयमा असहमति हुन सक्छन् । संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ तर संघर्ष अगाडि बढाउँदा धेरै कुरामा ख्याल राख्नुपर्ने हुन्छ ।

हाम्रो पार्टी भित्र कतिपय कमरेडहरु नेतृत्वको विरोध गर्न मात्र पार्टीमा बसे जस्तो देखिन्छ । नेतृत्वको बारेमा हदैसम्मको अराजनैतिक र कपोकल्पित आरोप चोकचौतरामा भट्याउँदै हिड्ने, सामाजिक संजालमा चरित्रहत्या गर्ने र नेतृत्वलाई कमजोर बनाउन बाह्य तत्वबाट संचालित र नियोजित षडयन्त्रमा सहभागी हुने, परिचालित हुने खतरा देखिन्छ । कर्णाली प्रदेशमै अत्यधिक नेता कार्यकर्ताको समर्थनमा अगाडि बढिरहनु भएका नेता कमरेड गुलाबजंग शाहलाई जिल्लामै कसरी विवादित बनाउने ? कसरी कमजोर बनाउने ? जस्ता कुसित मनसाय कसैले पार्टीभित्र राख्छ भने त्यो संभव छैन । समयमै बुझ्न जरुरी छ ।

सल्यान जिल्लाको पार्टी एकढिक्का छ र सम्पूर्ण कार्यकर्तालाई थाहा छकि नेतृत्वलाई आक्रमण गर्नु भनेको पार्टीलाई कमजोर बनाउने चाल मात्र हो । नेतृत्व कमजोर भएमा पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भए पार्टीमा आबद्ध कोही पनि बलियो हुन सक्दैन । पार्टीले ताकेको लक्ष्य पनि हासिल हुन सक्दैन । तसर्थ, नेतृत्वसँग असहमति हुन सक्छ, गुनासो हुनसक्छ, आशा र अपेक्षा नहुनसक्छ । नेतृत्वबाट कहिलेकाँही अन्यायमा परेको÷पारिएको पनि हुनसक्छ । त्यो बेला नेतृत्वसँगको संघर्षलाई पार्टीको आन्तरिक जीवनमा हुने सहज संघर्ष बुझेर अगाडि बढ्ने हो । नेतृत्व भनेको अभिभावक हो तसर्थ नेतृत्वसँगको संघर्ष बाबुछोराको बिचमा हुने संघर्ष जस्तो हुनुपर्छ । आमाछोरीको बिचमा हुने असहती जस्तो हुनुपर्छ । जस्तै अन्याय परेपनि घरको झगडा बुद्धिमानले बाहिर भन्दै, प्रचार गर्दै हिड्दैन । सबैले बुझ्न जरुरी छ ।

अन्त्यमा,

एउटा सानो घटनाबाट यो आलेखको बिट मार्छु । प्रदेश अध्यक्ष सहित हामी जिल्ला पदाधिकारी र निर्वतमान जिल्ला अध्यक्ष सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी कार्यालयमा पुगेका थियौँ । छोटो कुराकानीमै जिल्ला अध्यक्ष भिम बहादुर सेनले भन्नुभयो– अध्यक्ष ज्यू उहाँ अध्यक्ष बाट (कमरेड गोविन्द पुनलाई देखाउँदै) सौहार्दपूर्ण वातावरणमा नेतृत्व हस्तान्तरण गर्नु भएको छ । अब उहाँको व्यवस्थापन कहाँ हो ? अध्यक्ष ज्यूले गर्नुहुनेछ भन्ने आशा राखेका छौँ । त्यसैबेला प्रदेश अध्यक्षले केपी शर्मा ओली कमरेडको कान नजिकै गएर भन्नुभयो– उहाँ त हजुर अध्यक्ष हुँदाको जिल्ला अध्यक्ष हो नी । पार्टी अध्यक्ष टाउको हल्लाउँदै मुस्कुराउनु भयो ।

भर्खरै मात्र चुनावबाट निर्वाचित अध्यक्षले आफू अगाडिको अध्यक्षको भूमिका र व्यवस्थापनको चिन्ता गरी केन्द्रिय अध्यक्षसामू आग्रह गर्ने, निवेदन गर्ने संस्कार बोकेको पार्टी र नेतृत्व देख्दा म चकित भएको छु, खुशी भएको छु र ढुक्क भएको छु यो पार्टीमा कसैलाई अन्याय हुँदैन । ढिलोचाँडो इमानदारीता, क्षमता, त्याग, लगनको कदर हुन्छ ।

राजनैतिक संस्कारमा कमजोर जिल्ला हो सल्यान । अरुको कुरा काटेर, अरुलाई नराम्रो भनेर सन्तुष्टी लिने र आफू राम्रो देखिने कुरा दुखद छ । यो प्रवृत्ति सल्यानको समग्र विकासको बाधक छ । तसर्थ हामी एमाले पार्टीमा आबद्ध कमरेडहरुको काँधमा सल्यानको समग्र नेतृत्व गर्ने र जिल्लालाई अगाडी बढाउने ठूलो र गह्रौँ जिम्मेवारी छ । सल्यानको सम्वृद्धि एमाले पार्टी र यसको नेतृत्वबाट सम्भव छ । आउनुहोस सबै सबै हातेमालो गर्दै, सहकार्य गर्दै अगाडि बढौँ । हार्दिक अभिवादन ।

(लेखक नेकपा एमाले सल्यान जिल्ला कमिटीका उपसचिव हुन् )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?