ट्रेंडिंग:

>> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति

बेपत्ताविरुद्ध दिवस(सम्पादकीय)

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

विश्वमा अहिलेसम्म कति मानिस बेपत्ता भएका छन् त्यसको यकीन तथ्यांक छैन । राजनीतिक द्वन्द्वका कारणबाट, विभिन्न राष्ट्रमा उत्पन्न भएका आन्तरिक द्वन्द्वका कारणबाट, एक देशबाट ज्यान जोगाउन अर्को देशमा शरणार्थी भएर गएको अवस्थाबाट, दुर्घटनाबाट, घरेलु हिंसा हत्याबाट, रोजगारीमा गएको अबस्था आदिबाट मानिसहरू बेपत्ता भइरहेका हुन्छन् । उनीहरूको संख्या कति छ, कुन कारणबाट बेपत्ता भएका हुन्, उनका परिवारजनमा कस्तो समस्या उत्पन्न भएको छ, यस्ता कुराहरू खोजीनीति गर्ने ध्येयले संयुक्त राष्ट्रसंघको तत्वाबधानमा अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस आयोजना गरिएको छ । आज सोही दिवस हो । अहिले विश्वमा कहिँ न कतै हिंसा चलिरहेको देखिन्छ । कहिँ जातीय हिंसा, कहिँ सत्ता छिनाझट्पीका कारणबाट उठेका हिंसा, कतै भूमिको कारणलाई लिएर उठेका हिंसाले सर्वसाधारण मानिस चेपुवामा परिरहेका छन् । मृत्यु कसको लाागि कहालिलाग्दो हुँदैन र ? जब हतियारधारीहरू गाउँमा पसेर बन्दुक, वम गोला पड्काउन थाल्छन् त्यतिबेला कलिला सन्तानलाई काखमा च्याँपेर मानिसहरू सुरक्षित ठाउँ खोज्न भागाभाग गर्छन् । यो क्रममा कैयौँ मानिस त खान नपाएरै मर्छन् । कुपोषणको शिकार हुन्छन् । जंगली जनावरको शिकार हुन्छन् । उनीहरूको तथ्यांक कसले राख्ने ?
नेपालकै सन्दर्भमा कुरा गर्दा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह कालमा सर्बसाधारण मानिसहरू दोहोरो संकटमा परे । सरकारले सर्बसाधारणलाई निकै सतायो । माओवादीलाई लुकाउने तिमीहरू हौ भन्दै यातान दिइयो । माओवादी मारेको भन्दै मृतकको संख्या बढाउने र भत्ता खाने नाममा जनतालाई सोत्तर बनाइयो । सो क्रममा कैयौँ मानिसलाई जमीनमुनी जिउँदै गाडियो । बेपत्ता बनाइयो । यता माओवादीले पनि सर्बसाधारणलाई नै आफ्नो निशाना बनाए । गास, बास र सुरक्षा दिनुपर्छ भन्दै आर्थिक रूपमा विक्षिप्त तुल्याइयो । कतिलाई सरकारी गुप्तचर भनेर हत्या गरियो । बेपत्ता पारियो । यो क्रममा आफ्नो घरमा बस्न सक्ने अवस्था नहुँदा कैयौँ मानिस भागेर विदेशिए । उनीहरू पनि बेपत्ता भएका पंक्तिमा पर्न जान्छन् । शान्ति यात्रामा आएपछि आन्दोलनकारी शक्तिहरूले नै सत्ता सञ्चालन गरिरहेका छन् । तर, कसैले पनि वेपत्ताहरूलाई खोजी गर्ने काम गर्न सकेनन् । वेपत्ताका परिवारले हारगुहार गर्न अहिले पनि छाडेका छैनन् । तर, सरकारमा बस्नेहरू कानमा तेल हालेर राज्यको ढुकुटी रित्ताउन निमग्न छन् । नेपालमामात्र हैन, विश्वका थुप्रै मुलुकको यस्तै अवस्था छ ।
पहिलेको अवस्थालाई फर्केर हेर्दा जब राज्यको उत्पत्ति भयो त्यसले बर्णाश्रम ब्यवस्थालाई जन्म दियो । शासकको रूपमा राजा, मुखियाको ब्यवस्था ग¥यो । बर्णाश्रमले धर्म र जातपातमा मानिसलाई विभाजन ग¥यो । जातीय द्वन्द्व निम्तियो । राज्यको विभाजनले दुई राज्यबीचमा युद्ध भित्रायो । हतियारको भरमार लाग्यो । सत्तामा पुग्नको लागि टाठाबाठाले शक्तिको प्रयोग गर्ने क्रममा आन्तरिक द्वन्द्वहरू बढ्दै गए । सर्बसाधारण मानिसहरू चेपिँदै गए । बाँच्नको लागि भाग्नु वा मर्नुभन्दा अर्को उपाय रहेन । यसको कारणबाट मानिसहरू बेपत्ता हुँदै जान थाले । वेपत्ता विरुद्धको दिवस मनाइरहँदा वास्तवमा यसको कारण र समाधान पनि खोजी गरिनु आवश्यक हुन्छ । मानिसले मानिसलाई दमन, देशले देशलाई दमन, धर्मले धर्मलाई दमन गर्ने सामाजिक संरचना रहेसम्म यसको सतही समाधान हुन सक्तैन । अहिले विश्व ग्लोवलाइजेशनमार्फत ठूला, उद्योगी, धनी मुलुकको जाँतोमुनी साना देशहरू पिसिन पुग्दैछन् । विश्वलाई एउटा खुम्चिएको बजारमा परिणत गरिँदै छ । साना आय ब्यवस्था भएका मुलुकका जनता दिनहुँ लोप हुँदै गइरहेका छन् । यसलाई पनि बेपत्ताको सुचीमा नै राख्नुपर्ने हुन्छ । त्यसैले बेपत्ता हुने क्रमलाई रोक्न राजनैतिक रूपमा समाधान खोजिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?