ट्रेंडिंग:

>> पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा तीनजनाको मृत्यु >> चिनियाँ मन्त्रीसंग व्यवसायीको अनुरोध : गौतमबुद्ध विमानस्थलमा नियमित उडान गरिदिनुस् >> प्रदेश संरचना दलहरुका तेस्रो तहका नेता थन्काउने थलो : गृहमन्त्री >> कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु >> कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव >> सल्यानको कालिमाटी—५ कर्णालीकै पहिलो पोषणमैत्री वडा घोषणा हुँदै >> अत्यधिक गर्मीका कारण दाङका विद्यालय दुइदिन बिदा >> अत्यधिक गर्मीका कारण दाङमा विद्यार्थीहरु बेहोस >> विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर >> चन्द्र माविका भूपू विद्यार्थीहरुको पुनर्मिलन >> क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग (भिडियोसहित) >> प्रेमी जहीरसँग विवाह गर्दै सोनाक्षी >> पार्टी फुटाउने प्रयास भयो- माधव नेपाल >> उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित >> दाङबाट काठमाडौं जाने बस सैनामैनामा दुर्घटना, ४३ घाइते >> विश्व बालश्रम बिरुद्धको दिवस >> सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस >> वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द >> शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा >> विद्यालयमा सामग्री पाएपछि खुशी >> रोल्पाका सबै स्थानीयतह पूर्ण खोप सुनिश्चित >> किसानलाई दूधको भुक्तानी १५ दिनमै >> तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै >> यातायातका उपसचिव सुन्दर भट्टराई भ्रष्टाचारी ठहर, ३ महिना कैद >> नेपालविरुद्ध श्रीलंका : वर्षा रोकियो, मैदान निरीक्षण हुँदै >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> युके अध्ययनमा युवाको चासो >> ब्युटिसियन तालिमको समापन गर्न संघीय मन्त्री चौधरी नवलपुरमा >> राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान >> विविध कार्यक्रम गरी सरसफाई सप्ताहको समापन >> माधव नेपालका भान्जासहित तीनजना निश्कासित >> तिलोत्तमामा नमुना कृषकलाई प्रोत्साहन गर्न अनुदान >> बास्केटबल खेलाडी बिदाई >> गैंडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई >> बुद्ध पब्लिकमा जुरेस र बाल क्लब गठन >> प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न रक्तदाताहरुको माग >> मेडिटेक अस्पतालको रक्तदानमा ५१ प्वाइन्ट रगत संकलन >> नेपालमा मानवअधिकारको अवस्था सुध्रिएन >> विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै >> असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी >> आगामी तीन दिन तातो हावाको लहरबाट जोगिन आग्रह >> टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै >> जीवी राईलाई छिटो पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग >> बुटवल उपमहानगरले किन रोक्यो कार्यक्रमबापतको भुक्तानी ? अख्तियार भन्छ–कार्यक्रमको भुक्तानी रोक्न मिल्दैन >> प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन एमालेको माग >> दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गरिने >> ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न गिरीबन्धुको फाइल कहिले खुल्छ ? >> मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? >> राप्रपाका लुम्बिनी प्रदेश सांसद यादवको निलम्वन फुकुवा >> टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

खाली हुँदै राम्चे गाउँ

गाउँ खाली हुँदै गएपछि हाल सिंगो विद्यालयमा २२ जना मात्र विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा विद्यार्थी कम हुँदै जाँदा अर्काे विद्यालयमा गाभिने अवस्था आएको छ ।
८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

सुर्खेत, ८ जेठ ।

कुनै समय थियो जतिबेला सबैकोे रोजाईमा थियो राम्चे गाउँ । उब्जनी राम्रो हुनुको साथै पानीको सुविधाको कारण राम्चे गाउँमा बस्न धेरैको रोजाईमा थियो । तर, पछिल्लो दिनमा राम्चे गाउँ खाली हुँदै जान थालेको छ । उक्त गाउँबाट बसाई सार्ने मध्येकी एक हुन् घना न्यौपाने ।

वर्षभरी लगाएको खेतीपातीले गुजारा चलाउन समस्या पर्न थालेपछि न्यौपाने वीरेन्द्रनगर बजार बसाई सार्ने निधो गरिन् । १० वर्ष अघि सम्म न्यौपानेका पाँच जनाको परिवारलाई आफ्नै उब्जनी प्रयाप्त हुन्थ्यो । तर, पछिल्लो वर्षहरुमा उनको परिवारलाई दैनिकी चलाउन पनि मुस्किल पर्न थाल्यो । जसका कारण उनका श्रीमान परिवारको गुजरा चलाउन विदेश जाने गर्छन् । घरमा बालबच्चासँगै गुजारा चलाइरहेकी उनी सात वर्ष यता बालबच्चा पढाउनको लागि सुर्खेतको वीरेन्द्रनगर बजारमा बस्दै आएकी छन् । ‘घरको उब्जनीले खान पनि मुस्किल हुने, गाउँमा छोराछोरी पढाउन गतिलो स्कुल पनि छैन, बिरामी हुँदा पनि टाढाको स्वास्थ्यचौकी थियो’ उनी भन्छिन्, ‘घर त्यत्तिकै छोडेर बजार झरेका छौ ।’ उब्जाउ पनि नहुने र सुविधाबाट पनि वञ्चित भएपछि न्यौपानेले बसाई सारेकी हुन् । उनको परिवारले छोडेको घर भग्नावशेष अवस्थामा वरिपरी सिस्नो उम्रिएको छ भने बारी पनि बाँझै छ ।

सोही गाउँका मनु मन्दिरको परिवार पनि १४ वर्षयता वीरेन्द्रनगरमै बस्दै आएका छन् । आफुसँग भएको पाखो जमिन र चार रोपनी खेत त्यत्तिकै छोडेर आएको उनले बताइन् । ‘पहिलाको जस्तो खेती उब्जनी नभएपछि खेती गर्ने जागर मर्दाे रहेछ’ उनी भन्छिन्, ‘खेती गर्न भन्दा अन्य व्यवसाय गरेमा फाइदा होला भनेर खेतिपाती गर्न छाडेका छौ ।’ वर्षभरी खेती गरेर परिवार पाल्न मात्र ठिक्क भएपछि खेती गर्न छाडेको उनले बताइन् । ‘पहिले समयमै पानी पथ्र्याे राम्रो उब्जाउ हुन्थ्यो’ उनले भनिन्, ‘अहिले चाहिएको बेलामा पानी आउँदैन अनि राम्रो खेतीपाती पनि हुँदैन ।’

राम्चे गाउँका ६६ वर्षीय शेरबहादुर रानाको पनि छोराछोरीहरुले गाउँ छोडेपछि बूढाबूढी मात्र गाउँमा बस्दै आएका छन् । उनका छोरा वैदेशिक रोजगारको शिलशिलामा छन् भने छोरीको अन्यत्र विवाह भएको छ । ‘अबका छोराछोरीहरु खेती गर्नै मान्न छोडे हामी बुढाबुढीले काम गर्दा सम्म त खेती होला त्यसपछि यी जग्गा पनि बाँझै हुने होलान्’ उनी भन्छन्, ‘अहिले खेतीबाट फाइदा हुँदैन भनेर कि विदेश जान्छन् की लाहुरे हुन जान्छन् ।’ समयमै पानी पर्न छोडेपछि कम उब्जनी भएको उनी बताउँछन् । ‘खेती लगायो दुःख मात्रै हुन्छ हात केही लाग्दैन’ उनी भन्छन् , ‘वर्षभरी दुःख गरेपनि खान मुस्किल हुन थाल्यो ।’

पहिले भरिभराउ यो गाउँ खाली हुँदै गएपछि प्रायः बुढाबुढी मात्र भेटिन्छन् । त्यसकारण अहिले खेती लगाउने भनेकै बुढाबुढीले मात्र हो । यही अवस्था रहिरहे गाउँका सबै जग्गाहरु बाँझै रहने अवस्था आउन सक्ने ५४ वर्षीय शशिकला पंगाली बताउँछिन् । ‘अहिले हाम्रो गाउँमा बुढा बुढी मात्र छन् अरु सबैले गाउँ छोडे, त्यही भएर खेतीपाती लगाउने पनि कोही नभएर जग्गा त्यसै बाँझै छ’ उनी भन्छिन्, ‘जग्गा बाँझै छोडेर भएपनि विदेश कमाउन जान्छन् कोही अरु ठाउँमा बसेर जागिर गर्छन् ।’

समयमा पानी पर्न छाड्यो, रासायनिक मलको प्रयोगले उब्जाउ कम हुँदै गएपछि प्रायः गाउँमा खेतीपाती गर्न छाड्न थालेका छन् ।

राम्चे गाउँका ५४वषर््ािय पूर्णप्रसाद गौतमको परिवार वीरेन्द्रनगर बजार सर्ने तयारीमा छ । तीन वर्ष अघि गाउँका एक स्थानीयको खाली छोडेको जग्गामा परिवार लिएर आएका उनी उब्जाउ नहुने भएपछि फर्किन लागेका हुन् । ‘खाली जग्गा पहिलेबाट यत्तिकै खाली रहेछ घर पनि खाली थियो आफन्त भएकोले खेती गरेर खानुहोस्, भनेपछि यही घरलाई लिपपोत गरी बस्यौ’ उनले भने, ‘विदेश कमाउन जानुभन्दा यही खेती गर्छु भनेर आएको हो तर, वर्षभरी दुःख गरेपनि खान पुग्ने जति अन्न पनि फलाउन धौ–धौ पर्ने रहेछ, अब लगाएको बाली थन्क्याएर गाउँ छोड्ने सोच बनाएको छु ।’

एक दशकअघि सम्म राम्चे गाउँमा बाक्लो बस्ती थियो । पुरानो बस्ती भएकाले पनि गाउँमा चहलपहल निकै हुने गथ्र्याे । खेतीपातीलाई नै मुख्य पेशा अंगालेका स्थानीयहरु खेत बारीहरु बाँझो राख्दैनथे । तर, अहिले गाउँको अवस्था फेरिएको छ । रमाइलो राम्चे गाउँ अहिले सुनसान बन्दै गएको छ ।

साविकको गढी गाउँ विकास समिति अन्तर्गतका नौ वटा वडाहरु मिलेर हाल वीरेन्द्रनगर १४ बनेको छ । यहाँका राम्चेलगायत आसपासका गाउँहरु समेत खाली हुँदै गइरहेका छन् । कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था समेत आएको छ । अहिले गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोसा दिने मानिस पाइदैनन् । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको स्थानीय ६१ वर्षीया शशिकला पंगाली बताउँछिन् ।
स्वास्थ्य, शिक्षा, रोजगारीलगायत कारणले यस गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीय मिना गौतमले बताइन् । ‘कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर झरेका छन’ उनले भनिन्, ‘युवा वर्गहरु रोजगारीका लागि शहरमा आउँदा गाउँमा बुढाबूढी मात्र छन् भने कतिपय आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जंगलमा परिणत हुँदै गएका छन् ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार साविक गढी गाविसमा तीन हजार ५० जनसंख्या थियो । २०७५ सालमा नगरपालिकाले तयार पारेको प्रोफाइल अनुसार १४ नम्वर वडामा दुई हजार नौ सय एक जनसंख्या रहेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार उक्त वडाको जनसंख्या दुई हजार पाँच सय ७६ रहेको छ ।

सुनसान गाउँ

गाउँ सुनसान हुन थालेपछि अहिले कृषकका बारीमा बाँदर र बँदेलको आतंक हुने गरेको स्थानीय उत्तम आचार्यले बताए । ‘पहिले पहिले बारीमा यसरी बाँदर र बँदेल लागेको थाह पाएका थिएनौ’ उनले भने, ‘यो वर्ष त झनै हैरानी पारेको छ, लगाएको अन्नबाली जति बाँदर र बँदेलले सिध्याउँछन् ।’ पहिलाका वर्षहरुमा भन्दा कम उब्जनि हुँदै आएको त्यसमा पनि बाँदर र बँदेलले अन्न खान थालेपछि कृषकहरु चिन्तित हुन थालेको उनको भनाई छ ।

गाउँ खाली हुँदै गएपछि हाल सिंगो विद्यालयमा २२ जना मात्र विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा विद्यार्थी कम हुँदै जाँदा अर्काे विद्यालयमा गाभिने अवस्था आएको छ । विद्यालयमा विद्यार्थी निरन्तरता नरहेको उक्त विद्यालयकी प्रध्यानाध्यापक कृष्णा आचार्य बताउँछिन् । ‘प्राय गाउँमा बसिरहने भन्दा पनि यहाँका अभिभावकहरु वीरेन्द्रनगर बजार क्षेत्रमा मजदुरी लगायतका कामहरु गर्न जानुहुन्छ त्यतिबेला बालबच्चा पनि साथमै लाने भएकाले कहिले आउने कहिले नआउने खालको समस्या छ’ उनी भन्छिन्, ‘भर्ना गर्ने बेला र परीक्षाको समयमा विद्यार्थी भरिन्छन् अन्य बेला कम हुन्छन् ।’ उक्त विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेको आचार्यले जानकारी दिइन् । पहिले निमाविसम्म सञ्चालित यस विद्यालय अहिले प्रावि मात्र सञ्चालन गरिएको उक्त विद्यालयकी प्रअ आचार्यले बताइन् ।

त्यतिमात्र होइन गाउँमा अहिले गर्भवती महिला पनि पाइन छाडेको राम्चे गाउँकी स्वयंसेवीका कौशिला भण्डारीले बताइन् । एक दशक अघि राम्चे स्वयंसेविका भण्डारी वर्षमा सातदेखि आठजनासम्मका गर्भवती महिलालाई स्वास्थ्यचौकीसम्म लाने पु¥याउने गर्थिन् । आजभोली भने मुस्किलले एक दुईजनासम्म भटिन्छन् । कुनै वर्ष शून्य नै हुन्छ । ‘भएका घरहरुमा ताला लागेका छन् मान्छेहरु बस्नै छाडेका छन्’ उनले भनिन्, ‘अहिले त गाउँमा गर्भवती महिला नै भेटिदैनन् ।’

घर घरमा स्वास्थ्य सचेतना फैलाउँदै हिड्ने महिला स्वास्थ्य स्वयंसेविका भण्डारी राम्चे गाउँमा ७८ घर धुरी रहेको बताउँछिन् । ‘अहिले ७८ घरधुरीमध्ये २० घरमा ताला लागेको छ अन्य घरमा पनि मानिसहरु भटिदैनन्’ उनी भन्छिन्, ‘भएका घरमा पनि बूढाबूढी मात्र छन् ।’ साविकको गढी गाविसका नौ वटा वडाहरुमध्ये चार वटा वडाहरुमा गाउँ नै खाली हुने अवस्था आएको उनी बताउँछिन् । त्यतिमात्र होइन वर्षाैदेखि बस्दै आएका आमा समूह पनि बन्द हुने अवस्थामा छन् ।

‘आमा समूहमा बस्ने सदस्यहरु गाउँमा बस्नुहुन्न, उहाँहरु उतैबाट बचत पठाउनुहुन्छ’ स्वयंसेविका कौशिला भण्डारीले भनिन्, ‘२० देखि २२ जनाको हाम्रो आमा समूह अहिले १० देखि १२ जना पनि जम्मा हुन मुस्किल पर्छ । ३० जना जम्मा गर्नुपर्नेमा मुस्किलले १० देखि १२ जना सम्मलाई मात्र जम्मा भएको अवस्था रहेको छ ।’

के गर्दै छन् स्थानीय र प्रदेश सरकार ?

यता स्थानीय सरकार पनि गाउँ खाली हुँदै गएकोे कुरा स्वीकार गरेको छ । १४ नम्वर वडाका वडा अध्यक्ष देवबहादुर रोकायले गाउँमा मानिसहरु बस्नै छाडेको बताउँछन् । नगरपालिकाको तथ्यांकअनुसार एउटा वडाबाट वार्षिक रुपमा ३० देखि एक सय परिवार बढीले बसाई सार्ने गरेको तथ्यांक छ । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले पालिकामा जलवायु अनुकूलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको दावी गर्छन् । पौडेलले सरसफाई तथा कृषिका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन भएको बताउँछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार जिल्लामा कृषि सामग्री तथा वीउ वितरणका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँछन् । दुई अर्ब १४ करोड बजेट मन्त्रालय मातहतका २६ वटा कार्यालयहरुमार्फत कार्यान्वयनमा रहेको कठायतले बताए । ‘विशेषगरी मन्त्रालय मातहतका कार्यालयहरुबाट तरकारी तथा फलफूल खेती लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्’ उनी भन्छन्, ‘कर्णालीका धेरै गाउँमा अहिले पानी र सिंचाईको समस्या देखिएको छ ।’ पछिल्लो समय कृषकहरु कृषि पेशा छाड्दै शहरमा आउने र मजदुरी गर्ने क्रम बढ्दा साविक कर्णालीका धेरै गाउँहरु खाली हुने अवस्थामा पुगेको उनी बताउँछन् । ‘खाली हुने अवस्थामा रहेका गाउँमा कृषिको अध्ययन गरी सोही बमोजिमका कृषि गर्न जरुरी देखिन्छ’ उनी भन्छन्, ‘यसरी कृषि गरिएमा उत्पादन राम्रो हुने र कृषकहरु पनि प्रोत्साहित हुने् हुन्छन् ।’

उनले सुर्खेत लगायत कर्णाली प्रदेशभर सुख्खा तथा खडेरीको समस्या रहेको बताए । ‘पछिल्लो समय यहाँका कृषकहरुले बढीजसो सुख्खा र खडेरीको सामना गर्न बाध्य छन्’ उनी भन्छन्, ‘प्रदेशमा कार्यक्रम गर्न आउने डोनरहरुलाई जलवायू अनुकुलनका कार्यक्रमहरु ल्याएर आउन सुझाव दिन्छौ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यापन गराउँदै आएका प्रध्यापक एर्व जलवायुविज्ञ सुदीप ठकुरीका अनुसार जलवायु परिवर्तनले पनि कृषिमा प्रभाव पारेको छ । सुर्खेत लगायत कर्णाली प्रदेशमै पानी कम पर्नु, खडेरी हुनुको साथै हिमाली क्षेत्रहरुमा हिउँ कम परिरहेको अवस्था रहेको ठकुरी बताउँछन् । ‘जलवायु परिवर्तनका कारण कम वर्षात् हुने गरेको छ, खडेरीको समस्या पनि बढ्न थाल्यो । सिँचाइको समस्याले विस्तारै उब्जनी घटदै जाँदा यसले विस्तारै कृषकहरुको जीविकोपार्जनमा नै समस्या उत्पन्न गराइरहेको छ ’ उनी भन्छन्, ‘पछिल्लो समय पानीका मुहान समेत सुक्दै गएको  र उत्पादनमा यसले प्रभाव पार्दै आएको छ ।’ ग्रामीण क्षेत्रमा उब्जनी घट्दै जानु र सेवा सुविधा नहुँदा विस्तारै मानिसहरु बसाईसराई गर्न थालेको विज्ञहरुको भनाई छ । कर्णालीका विकट गाउँमा सञ्चालन भइरहेका कृषिका कार्यक्रमहरु जलवायू अनुकूल सञ्चालन नगर्ने हो भने वर्षेनी गाउँ रिक्तिने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?