ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलको डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी (भिडियोसहित) >> लुम्बिनी प्रदेश सरकारविरुद्ध सञ्चारसंस्थाहरु एक मतः पहुँचका आधारमा कानुन मिचेर बजेट छुट्टयाइएको आरोप >> एक्साभेटरले च्यापिंंदा युवकको मृत्यु >> बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं–गिरी >> ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो : रोहित पौडेल >> छैठौं स्थापना दिवसमा सरसफाई र बृक्षरोपण >> लुम्बिनीको सञ्चार वजेट मनपरी बांडिएकोमा आपत्ति >> गिरीबन्धुको जग्गा छानबिन समिति बनाउन कांग्रेसको माग >> लुम्बिनी प्रदेशमा भित्रियो मनसुन >> निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री >> विषाक्त मदिरा सेवनबाट भारतको तामिलनाडुमा २९ जनाको मृत्यु >> लुम्बिनी भारतीय दुतावासको योग दिवस >> जीबी राईको मलेसिया लोकेसन पत्ता लाग्यो : गृहमन्त्री >> आज संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर >> सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु >> स्कलर्समा क्षमता अभिवृद्धि कार्यक्रम >> टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै >> सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालयबाट सुरु गर्नुपर्ने >> पूर्व राजपरिवारका ज्वाइँ प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेषले दियो सबैलाई सफाइ >> आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना >> ‘सुपर एट’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका पराजित >> गैंडहवामा महिलाहरुको स्वास्थ्य परीक्षण >> ‘बिरामीले पाउने सास्ती अन्त्य होस्’ >> अब जनवादी गणतन्त्र ल्याउन उठौं >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खोल्सा व्यवस्थापनमा नमुना अभ्यास >> ‘साँगुरिदै अक्सिजन क्षेत्र’ >> तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता (पुर्णपाठ) >> बुटवलको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई मुख्य प्राथमिकता >> पर्साका तत्कालीन मालपोत अधिकृतसहित तीन जनालाई ८ वर्ष कैदको फैसला >> झलनाथको रिट निवेदन सर्वोच्च अदालतद्वारा अस्वीकार >> बैंक तथा वित्तीय संंस्थाका ऋणिहरुद्वारा बुटवलमा प्रदर्शन >> जेसिस सप्ताहको तयारी पुरा >> मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै पुनर्लेखन गर्न कांग्रेसको माग >> अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन >> थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने >> कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो –प्रभु शाह >> २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन >> सुनको मूल्य स्थित, चादीको बढ्यो >> केन विलियम्सनले छोडे कप्तानी >> संसद भवनको शौचालयमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या >> नेतन्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप >> ‘हेरी रहुँ तिमीलाई’बोलको म्यूजिक भिडियोे सार्वजनिक >> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं

गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ

८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

नवलपुर, ८ जेठ ।

पुर्वी नवलपरासीको नवलपुरका ५ जना सहित ६ जना गैँडाको खाग खरिदबिक्रीको आरोपमा पक्राउ परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ गरी सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा मंगलबार बिहान गरिएको पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै मुद्धा दर्ता गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलप्रजा पुनले जानकारी दिए ।

कावासोती –१६ का क्रान्ती खड्का, कावासोती–१५ का छविलाल परियार, कावासोती–१५ का प्रकाश घिमिरे, कावासोती–१६ का लेखनाथ सुनार, बुलिङटार–४ का खिम बहादुर बराल र बझाङ छविस पाथिभरा गाउँपालिका–१ का प्रकाश राज जोशीलाई पक्राउ गरिएको पुनले जानकारी दिए ।

२०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा घाँस दाउरा गर्न गएको बेला कावासोती १५ का छविलाल परियार र करीब अढाई वर्ष अघि मृत्यु भएका भैरव थापाले मृत फेला पारेको गैँडाको खाग काटेर ल्याएको अनुसन्धानबाट खुलेको पुनले बताए ।

अनुसन्धानमा खुलेका व्यक्तिहरुलाई निगरानी गर्ने क्रममा भरतपुर महानगरपालिका ६ मा क्रान्ती खडकालाई सोधपुछ गर्ने क्रममा खडका बाट परिधिः ८.५ “, टुप्पो देखि फेदको उचाई २.४“, तौलः ६० (साठी ग्राम) परिमाणको खाग फेला परेपछि अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई गएको चैत २७ गते चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले पक्राउ गरेको पुनले जानकारी दिए ।

अनुसन्धानबाट एक जना प्रतिवादी फरार समेत गरी ७ जनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग (आखेटोपहार) खरिद तथा विक्री मुद्दामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६(१) को बिरुद्धको कसूर गरेकोले ऐनको दफा २६ (१) बमोजिम सजाय माग दाबी सहित मंगलबार नै जिल्ला अदालतमा मुद्धा दायर गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?