ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

नेपालगञ्ज, ७ जेठ ।

कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु गरिएको छ । दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरु बढ्दै गएपछि कुकुरको संख्या घटाउन नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा कुकुरले टोकेर हुने रेबिजको जोखिम बढ्दै जाँदा कुकुरको बढ्दो संख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो । जेठ ४ गतेबाट सञ्चालित बन्ध्याकरण शिविरबाट हालसम्म एक सय बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शाहीले बताईन् । उनले भनिन्, “सामुदायिक कुकुरको संख्याका साथै रेबिज न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरेका हौँ ।”

नेपालगन्ज उपमहानगरपालिकाको २३ वटा वडामा २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उपमहानगरको पशु शाखाले जनाएको छ । पशु सेवा शाखाको आयोजना एवम् होराइजन भेट क्लिनिक एण्ड पेट सप नेपालगञ्जसँगको सहकार्यमा संचालित शिविर जेठ ८ गतेसम्म चल्ने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । शिविरमा होराइजन भेटक्लिनिकका डा. शिव भुसाल र डा. सुरज थारु नेतृत्वको ४ जना डाक्टर तथा ३ जना प्रविधिक टोलीले बन्ध्याकरण गरिरहेको पशु शाखा प्रमुख शाहीले जानकारी दिइन् । उनका अनुसार समुदायबाट कुकुर छोप्न ४ जना डग क्याचर परिचालन गरिएका छन् । पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताए ।

उनले रेबिजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको प्रष्टपारे । पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताए । नेपालगन्जमा केही दिनयता निरन्तर भइरहेको विद्युत अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उनको भनाइ छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस् बनाइने पशु विज्ञको भनाइ छ । सो बन्ध्याकरण अभियानका लागि छ लाख भन्दा बढी खर्च हुने बताइएको छ । सामुदायिक कुकुरको संख्या घटाउने, रेविज रोगको संक्रमण न्यूनीकरणमा मद्दत गर्ने, कुकुरबाट मानिस र अन्य जनावरमा सर्ने विभिन्न रोगहरुको संक्रमण कम गर्ने तथा सामुदायिक कुकुरलाई शान्त बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष बन्ध्याकरण शिविर चलाउँदै आएको शाहीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?