ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

गुलियो उखु, अमिलो मन

उखु किसानले समयमा नै उखुको उचित मूल्य नपाएको कारण बिस्तारै उखु खेती हटाउँदै गएको किसानको भनाइ छ । उनीहरू भन्छन्–‘दुःख गयो, गयो उचित मूल्य नै पाउँदैन, समयमा बिक्री भएन भने बर्बाद नै हुन्छ, उधारोको पिर त छँदैछ ।’
९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

बुटवल, ९ जेठ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ८ का किसान जितेन्द्र कुमार चौधरीले केही बर्ष पहिला १० विघा भन्दा बढि क्षेत्रमा उखु खेती गर्दै आएका थिए । तर अहिले उनको खेतमा जम्मा साढे ३ विघामा मात्रै उखु खेती हुँदै आएको छ । उखु किसानले समयमा नै उखुको उचित मूल्य नपाएको कारण बिस्तारै उखु खेती हटाउँदै गएको किसान चौधरीको भनाइ छ । उनी भन्छन्–‘दुःख गयो, गयो उचित रूपमा मूल्य नै पाउँदैन, समयमा बिक्री भएन भने बर्बाद नै हुन्छ ।’

केही बर्ष पहिला सम्म कपिलवस्तुमा महालक्ष्मी सुगर मिल सञ्चालनमा आएको भएपनि अहिले यो बन्द छ । जहाँ उखु दिएका सयौं किसानले अहिले सम्म पनि भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् । उखुवालालाई सरकारले नगदे बालीको रूपमा राखेको छ । तर किसानले नगदे बाली बिस्तारै छाड्दै गएका यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । किसान जितेन्द्र चौधरी थप्छन्–‘१० बिघा पहिला थियो, रेट नै छैन, किसानको उखुको मूल्य पाएकोछैन रेट छैन त्यहि भएर घटाउँदै गएका छु ।’ उनको गाउँमा उनी मात्रै नभएर अन्य किसानले पनि अहिले उखु खेती घटाउँदै लगेका छन् ।

केही बर्ष पहिला चिनी मिल नै सञ्चालन हुँदा केही रकम आएपनि अहिले भेली, सख्खर मिल वालाहरूले उखुको उचित मूल्य नदिने गरेको किसान को गुनासो छ । कपिलवस्तुमा किसानको उत्पादन समयमा नै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किनिदिने गरी चिनी कारखानाको माग स्थानीयहरूले समेत गर्दै आएका छन् ।

किसानले उत्पादन गरेको उखु प्रति क्वीन्टल ५ सय रूपैयाँ भन्दा कम मा विक्रि ग¥यो भने किसानलाई घाटा हुने गरेको किसानको भनाई छ । तर उखु मिल नभएको कारण किसानले भेली, सख्खर मिल उद्योगमा जाने गरी क्रसरमा ५ सय भन्दा कम मुल्यमा उखु दिदै आएका छन् ।
कपिलवस्तु जिल्लाको विजय नगरगाउँपालिका वडा नम्बर ४ डक्डबुबाका किसान सरस्वती शुक्ला भट्टराईको पीडा पनि उस्तै छ । १० कठ्ठा क्षेत्रमा उखु बाली लगाउँदै आएकी उनले उखु खेती गर्दा समयमा नै उचित जातको बीउ नै नपाउने, सिंचाइको सुविधा अभाव, समयमा नै मल नपाउने र अन्तीममा ऊखु उत्पादन पछि भाउ नै नपाउने समस्याको कारण थप पीडा भएको उनको भनाइ छ । उनी भन्छिन्–‘समयमा नै बिक्री नहुने पीडा पनि छ, तयारी हुँदा अन्य व्यवसायीहरूले समेत मोलमोलाई गर्दा समस्या हुने गरेको छ ।’ उनले सख्खर उद्योगलाई दिँदा किसानले घाटा हुने गरेको समेत बताईन । किसानले उचित रूपमा बीउ, मल, सिंचाईको साथै उचित मूल्य नपाउने पीडा भएको कारण समेत समस्या झेल्दै आएको उनको भनाई रहेको छ ।

किसान शुक्लाका अनुसार किसानलाई नयाँ उन्नत जातको बीउ समेत उपलब्ध हुन सकेको छैन, पछिल्लो समयमा केही तालिम अन्य विविध विषयमा जानकारी पाए पनि सोही अनुसारको फिल्डमा नै किसानलाई तालिम सिकाउन जरुरी छ । किसानले रोप्दा बीउ, दुरी, सहितको जानकारी फिल्डमा नै हुन जरुरी रहेको छ । सोही अनुसार रोपेमा मल, बिउ समेत सहज रूपमा भएमा मात्रै उत्पादन बृद्धि हुन्छ । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ८ का उखु किसान प्रेम बहादुर कोईरी पनि उखुबालीबाट सन्तुष्ट छैनन् । उनी जस्तै प्रतापपुर क्षेत्रको वडा ६, ७, ८ मा उखुु खेती आएको छ । भारतबाट समेत उखु आउने गरेको कारण नेपाली किसान मारमा परेको किसान कोईरीको भनाइ रहेको छ । किसानले समयमा नै न्यूनतम समर्थन मूल्य अनुसारको रकम पाउनुपर्ने माग उनको छ । किसानको लाखौं रूपैयाँ अहिले पनि चिनी मिलमा बक्यौता बाँकी रहेको कारण समेत समस्या रहेको उनको तर्क छ ।

डेढ विघा क्षेत्रफलमा उखु खेती गर्दै आएका किसान कोईरीले किसानले सरकारले तोकेको मूल्यमा आफ्नो उखु बिक्री गर्न पाउनुपर्ने माग समेत गर्दै आएका छन् । नेपाल सरकारका पूर्व कृषि सचिव डा. योगेन्द्र कुमार कार्की नेपालमा उखु खेतीको प्रचुर संभावना रहेपनि सोही अनुसारको काम समेत हुन नसकेको बताउँछन् । उनले नेपालको तराई मात्रै नभएर पहाडी जिल्लामा पनि उखुको व्यवसायिक खेती गर्न सकिने जानकारी दिँदै उनले व्यापकरूपमा उखु खेती गरी भारतबाट आयात हुने चिनी प्रतिस्थापन गर्न सकिने उनले जानकारी दिए । उनले भने–‘ नेपाल उखुको तराईं मात्रै होईन पहाडी जिल्लाहरूमा पनि व्यापकरूपमा खेती गर्न सकिन्छ, यसमा सरकारले योजना बनाएर लाग्न आवश्यक छ ।’

सरकार र किसानको बीचमा ठूलो खाडल रहेको भन्दै किसानको लागि बेलैमा समर्थन मूल्य तोक्ने, समयमा नै भुक्तानी दिन आवश्यक रहेको पूर्व सचिव कार्कीको भनाइ रहेको छ । अहिले नेपालमा चिनीको माग उच्च रहेको जानकारी उनले नेपालमा विभिन्न स्थानमा उख चिनी मिल स्थापना गरी सोही अनुसार अन्य देशमा समेत नेपालको उच्च क्वालीटिको चिनी बिक्री गर्न सकिने उनको तर्क छ ।

नेपाल डिष्ट्रिलरी प्रालिका प्रमुख प्रशासकिय अधिकृत जनकराज रेग्मी नेपालमा उखु खेतीको संभावना प्रचुर भएको बताउँछन् । उनले अहिले पनि नेपालमा डिष्ट्रीलरीको लागि चाहिने स्प्रीट भारत लगायतका विभिन्न देशबाट आउने गरेको भन्दै स्वदेशमा नै उखु खेती गर्न सकेमा अन्य देशबाट आयात गर्नुपर्ने स्प्रीट रोक्न सकिने बताउँछन् । उखु किसानका समसयालाई समयमा नै समाधान गर्न सकेमा यसबाट नेपालले ठूलो लाभ लिन सक्ने उनको भनाइ रहेको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुर बाराका बाली प्रजनन् बरिष्ठ बैज्ञानिक डा. दिलराज यादवले नेपालमा कम उत्पादन हुनुका विभिन्न कारणहरूमा बढि उत्पादन दिने जातको अभाव गुणस्तरीय बीउको अभाव, उखुबालीको पराम्परागत रूपको प्रविधि प्रयोग नहुने भएको कारण समस्या भएको बताउँछन् । उनले नेपालमा लगभग ७५ प्रतिशत जमिन आकासे पानीको भरमा खेती हुँदा माटोको कम चिस्यानले गर्दा कम अंकुरण तथा बृद्धि र विकासमा अबरोध, कृषकहरूले उखुवालीलाई कम उर्बर र अन्य वाली नहुने जग्गामा लगाउने हुनाले उखुको उत्पादन तथा उत्पादकत्वमा कमी आएको बताउँछन् ।

उखु नगदे बाली हो र यसले कुल कृषि ग्राहस्थ्य उत्पादनमा २.१ प्रतिशतले योगदान दिँदै आएको छ । नेपालमा चिनी प्रति व्यक्ति प्रति वर्ष उपभोगको स्थिति ८ के.जी. रहेको छ र देशको उत्पादनले मागको ६० प्रतिशत पूर्ति गर्दछ । नेपालमा हाड्रोपावरको क्षमता घटेको बेला चिनी उद्योगबाट नेपालमा १५० मेगावाट क्षमताको बिजुली निकाल्न सकिन्छ । नेपालमा वार्षिक रूपमा ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । यसको १ लाख ५० हजार मेट्रिक टनको माग देश भित्र कै उत्पादनले धान्छ र बाँकी चिनी आयात गर्नु पर्ने अवस्था रहेको जनाइएको छ ।
नेपाल फारमर्स एडभाईजरी काउन्सिल प्रा.लि. विज्ञ संजय धिमालका अनुसार उखुलाई फाईबर बोर्ड, कागज, प्लास्टिक, रेजिन उत्पादन गर्न प्रयोग गरिन्छ, सख्खरको प्रयोग डिस्टलरीमा इथायल अल्कोहल, ब्युटाईल अल्कोहल, साइट्रिक एसिड बनाउन चाहिन्छ ।
उखुको मड (हिलो) प्रांगारिक मलको रूपमा उपयोग गरिन्छ हरियो भाग (माथिल्लो पात) पशुको लागि घाँसको रूपमा उपयोग हुन्छ । सख्खर यसले ३५ प्रतिशत सुक्रोज, १५ प्रतिशत अन्य आवश्यक सुगर प्राप्त हुन्छ ।

अल्कोहलः रम र स्पिरिट उत्पादन र खाद्य इस्टको उत्पादन हुने गर्छ, सख्खर लगायत साईलेजको एडिटिभको रूपमा उपयोग गरिन्छ, उखुको उप पदार्थ इन्धनको रूपमा उपयोग हुन्छ, यसबाट कागज, कार्डबोर्ड, प्लास्टिक एबम् वाल बोर्डको उत्पादन हुने गर्दछ , प्रेस मड, क्यान वाक्स, लाईम एबम् एसीडिक माटोको रूपमा उपयोग हुन्छ, पेट्रोलियम पदार्थमा २० प्रतिशत इथानोल मिसाईएमा १४ प्रतिशत आयातलाई कम गर्दछ , जसले गर्दा वार्षिक १० लाख युएस डलर बचाउन सकिन्छ र २३,३९७ टन कार्बन डाईक्साईड उत्सर्जन बाट जोगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?