ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

मासु साक्षरताः आजको आवश्यकता

मासु साक्षरता अभावका कारण उपभोक्ताहरु बजारमा अस्वस्थकर मासु उपभोग गर्न बाध्य भएका छन । यस्तोमा स्थानीय सरकार, सरोवकारवालाहरुले अब मासु साक्षरताबारे अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।
८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

बुटवल, ८ जेठ ।

केही दिन अघि अस्वस्थकर मासु बिक्री गर्ने बुटवलका मासु पसलेहरुलाई १० हजार रुपैयाँसहित कारवाही गरियो । बजारमा अधिकांश मासु मानव स्वास्थ्यका लागि हानीकारक हुने गरी बध र बिक्री गर्ने गरिएको पाइएको छ । कारवाही र जरिवाना गरिरहँदा बुटवलमा रहेको दैनिक १ हजार खसिबोका बध गर्न मिल्ने अत्याधुनिक पशु बधशाला संचालनबारे भने सरोकारवालाहरुको ध्यान गएको छैन । मासु साक्षरता अभावका कारण उपभोक्ताहरु बजारमा अस्वस्थकर मासु उपभोग गर्न बाध्य भएका छन । यस्तोमा स्थानीय सरकार, सरोवकारवालाहरुले अब मासु साक्षरताबारे अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

बुटवल उपमहानगरपालिका, मुक्तिनाथ कृषि, बुटवल अत्याधुनिक पशु बधशालाको अवधारणाबारे अन्तत्र्रिmया कार्यक्रममा बधशालाको मासु उपभोगमा जोड दिनुपर्ने बताए ।

मुक्तिनाथ बैकद्वारा वि.सं २०७५ सालमा ‘समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ नारासहित मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको मुक्तिनाथ कृषि लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले बताए । कृषि क्षेत्रमा नीतिगत अपर्याप्तता, निजी क्षेत्रको न्युन लगानी र संस्थागत संरचना अभावको बेला कृषकसंग मुक्तिनाथ, उपभोक्तासंग मुक्तिनाथ गरी दुई अभियान चलाउँदै आएको उनले बताए । ऐन, निर्देशिकाले पनि मानव स्वास्थ्यलाई हितकर हुने मासु उपभोगमा जोड दिएको बेला मुक्तिनाथ कृषिले बुटवलमा अत्याधुनिक पशु बधशालाको अवधारणा ल्याएको बताए । राजपत्रमा समेत यो उल्लेख भएको उनले बताए । मानव स्वास्थ्यका लागि हानीकारक मासुको बिक्री बजारमा रहेको छ । मासु र दुधजन्य पदार्थलाई हाईजेनिक राख्नु चुनौती रहने उनले बताए । चिसो र तातोले गर्दा मर्ने दुई प्रकारको जिवाणु मासुमा हुने उनले बताए । चिसो ब्यवस्थापन गरिदा यो मासु उपयुक्त हुने उनले दाबी गरे । कृषकबाट गुणस्तर वस्तु तथा सेवा लिने र उपभोक्तालाई पुर्याउने काम गर्ने मुक्तिनाथ लाईभस्टकमार्फत गर्ने छ । यसैगरी युवाहरुलाई स्वरोजगार बनाउन सात एमको मोडल चलाएको छ । चार वटा कृषि श्रोत केन्द्र, प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि ब्यवसाय परामर्श केन्द्र स्थापना गरी कार्यक्रम अघि बढाएको छ ।

कार्यक्रममा मुक्तिनाथ लाईभस्टक बैकद्वारा संचालित पशु वधशालाका अध्यक्ष उमेशकुमार आचार्यले मुक्तिनाथ कृषि कम्पनी कृषि ब्यवसाय गर्ने समुदायलाई सहयोग हुने गरी काम गर्ने बताए । मासु ब्यवसायीहरुलाई बिस्थापित गर्नेभन्दा उनीहरुको हकहितमा आएको बताए । ब्यवसायीहरु खसीबोका लिएर आउने र बधशालामा बध बापत प्रति गोटा एकहजार रुपैयाँ तोकिएको उनले बताए । नेपालकै नमुना परियोजना भएको हुँदा यसलाई न्यून नाफामा संचालन गर्न चाहेको उनले बताए । होल बडि मासु खरिद गर्न पाउने माग ब्यवसायीहरुको माग अनुसार निश्चित प्रतिशत राखिएको उनले बताए । अत्याधुनिक प्रविधि र उपकरणसहित दक्ष जनशक्तिहरुद्वारा पशु वधशालामा खाद्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु कायम राख्दै मासुलाई आधुनिक र प्रभावकारी रुपमा प्रशोधन गरिएको उनले बताए । हाल बजारमा रहेकै मूल्यमा मासु बिक्री हुँदै आएको उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले घर छोडेपछि खसीबोकाको मासु उपयुक्त हँुदैन भन्ने मान्यता चिर्न जरुरी रहेको बताए । बजार अनुगमनको क्रममा खान अनुपयुक्त मासुहरु सबै होटललाई पठाउने गरिएको सूचनाबाट पनि यो कुरा पुष्टि हुने गरेको उनको तर्क छ । होटल ब्यवसायको बदनाम हुने गरी अहिलेको परिस्थिति परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, संघका सदस्य मीन तिवारीले कामदारको क्षमता, साना परिमाणको मासु उपभोक्ताको खरिद प्रक्रियाबारे जिज्ञासा राखेका थिए । बधशालाको बुटवलका ३ स्थानमा आउटलेट संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?