ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो रोग बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । सरकारले २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका तर समयमै आईपिभी खोप लगाउन छुट भएका सबै बालबालिकाहरूका लागि बृहत खोज र खोप अभियान २०८१ सञ्चालन गर्न लागेको छ । नेपालमा आईपिभी खोप सेवा २०७१ असोज महिनादेखि शुरु भएको थियो तर २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । आईपिभी खोप अभाव भएको समयमा यो खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने हुँदा छुट भएका ति बालबालिकालाई आईपिभी खोप दिन जरुरी भएको हो । मन्त्रालयले पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण गर्ने र पोलियो रोगलाई बिश्वबाटै उन्मूलन गर्ने उद्देश्यले खोप अभियान २०८१ संचालन गर्न लागेको हो । स्वास्थ्य सेवा बिभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पोलियो रोगबाट बचाउन देशैभरीका करिब १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई पोलियो रोग बिरुद्धको आईपिभी खोप यो अभियानमा लगाईने जानकारी दिनु भएको छ । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड ईमुनाईजेसन (गाभी) ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको बिभागले जनाएको छ । बालबालिकाहरूलाई नियमित खोप सेवातर्फ पोलियो रोगबिरुद्धको खोप बच्चा जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुख बाट थोपा खुवाउने र १४ हप्ता र ९ महिनामा एफ आईपिभीखोप सुईमार्फत लगाईदैं आईरहेको कुरा सर्बबिदितै छ । खोप लगाउन छुटेका सो उमेर समूहका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोपको सुनिश्चित गर्नको लागि र पोलियो बिश्वबाटै उन्मूलन गर्नको लागि यही जेठ १३ गतेदेखि २६ गतेसम्म अभियान देशैभरी एकैपटक सञ्चालन गर्न लागिएको छ । देशभरका सो उमेर अबधिका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट प्रत्येक बिद्यालयलाई खोप केन्द्र मानी खोप दिने अभियान भएकाले सम्पूर्ण सरोकार वालाहरू यो अभियान सफल बनाउन अनिवार्य लाग्नुपर्ने देखिन्छ । याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउदैनन् तबसम्म कोहीपनि सुरक्षित हुदैनन् । आईपिभी खोप लगाउन छुटेका सो उमेर समूह अवधिमा जन्मिएका सबै बालबालिकाकालागि २०८१ जेष्ठ १३ देखी २६ गतेसम्म बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागी परौं ।

खोपको महत्व :
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवनको रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागी फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि तिसहजार रूपैंया खर्च लाग्ने भनिएको छ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रूपमा बितरण गर्दै आएको खोपलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभापकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ । नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि संचालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरूलाई बाहिरी रूपमा किनेर प्रयोगमा ल्याउनको लागी हामी नेपालीहरूको बहस भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेटन नसक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई यस्ता तेह्रवटा घातक रोगहरूबाट बचाउन, बालबालिकाहरूलाई लुलो लङ्गडो, लठेब्रो, सुस्तमनस्थीति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निशुल्क रूपमा प्रगोगमा आएका नियमितरूपमा हरेक महिना सञ्चालनमा ल्याईएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिबार्य खोप लगाऔं । भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्य बचाऔं । आफ्ना बालबालिकाहरूको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरूको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित नगरौं । जुनसुकै समयमा पनि चल्ने यस्ता महत्वपूर्ण अभियानलाई सफल पारौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?