ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

तीन दिने उद्घोषण तालिम सम्पन्न

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

बुटवल, ७ जेठ ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ को आयोजना र सिद्धेश्वर लालकुमारी माविको समन्वयमा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

विद्यार्थीहरुको क्षमता र व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले सिद्धेश्वर लालकुमारी माविमा तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागी विद्यार्थीहरुले तालिम पश्चात आफूहरुले आत्मविश्वासका साथै माईक समाएर निर्धक्क भएर बोल्न सक्ने, असल उद्घोषक बन्नका लागि गर्नुपर्ने कुरा र कसरी कार्यक्रम सञ्चालन गरिन्छ भन्ने कुराबारे थाहा भएको बताए ।

तालिमको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष पदम गाहाले ३ दिनसम्म तालिममा सहभागी भएर सम्पन्न गरेकोमा विद्यार्थीहरुलाई शुभकामना दिँदै तालिममा सिकेका कुराहरुलाई विद्यार्थीहरुले व्यवहारमा ल्याउनुपर्ने बताए ।

उनले विद्यार्थीहरुको क्षमता विकासमा मध्यनजर गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुको नेतृत्व विकास र माईन्युट लेखन तालिमको आयोजना गर्ने प्रतिवद्धता जनाए । उनले नेतृत्व विकासको तालिमले विद्यार्थीहरुलाई सक्षम बनाउने भएकाले यस खालको तालिम विद्यालय स्तरमा प्रदान गर्ने लक्ष्यका साथ बुटवल उपमहानगरपालिका वडा नं ७ निरन्तर सक्रिय रुपमा लागिरहेको बताए ।

३ दिनसम्म सन्चालन भएको उद्घोषण तालिम विद्यालय र विद्यार्थीका लागि निकै प्रभावकारी र उपलब्धिमूलक रहेको सिद्धेश्वर लालकुमारी माविका प्राचार्य दिनानाथ गिरीले बताए । ३ दिनको तालिम पश्चात विद्यार्थीहरुमा बोल्न सक्ने कलामा परिवर्तन भएको देखेपछि आफू निकै खुशी भएको बताउँदै प्रशिक्षकहरुलाई उनले धन्यवाद ब्यक्त गरे । आगामी दिनमा विद्यार्थीहरुलाई क्षमता अभिवृद्धि बढाउन अन्य तालिमको समेत समन्वय गर्ने उनले बताए । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न यस खालको तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । विद्यार्थीहरुको मनोभावना बुझेर उनीहरुको क्षमता विकासमा मध्यनजर गर्दै आफू निरन्तर लागिरहेको बताए । उनले वडा नं. ७ बाट प्राप्त सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न तालिम तथा अन्य शैक्षिक गतिविधि गर्न सहज भएको बताए ।

३ दिनको उद्घोषण तालिम पश्चात विद्यार्थीहरुमा प्रत्यक्ष रुपमा सकारात्मक परिवर्तन पाएको सिद्धेश्वर लालकुमारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए । उनले विद्यार्थीहरुलाई तालिमबाट सिकेका कुराहरु निरन्तर अभ्यासमा ल्याउन सुझाव दिए । उनले वडा नं ७ को सहयोगमा विद्यार्थीहरुको क्षमता र व्यक्तित्व विकास गर्न तालिमको आयोजना गरिएको जानकारी दिए । उनले विद्यार्थीहरुका लागि यो तालिम अत्यन्तै उपयोगी भएको बताए । उनले विद्यार्थीहरुको क्षमता विकासका लागि विद्यालयस्तरका विद्यार्थीहरुलाई यस खालको तालिम दिनुपर्ने आवश्यक रहेको बताए ।

३ दिन सम्म सन्चालन तालिममा प्रशिक्षक पत्रकार सुजिता श्रेष्ठसँगै कुमारी थापा र मनु गरुङ्गले सहजीकरण गरेका थिए । यही जेठ २ गतेदेखि ४ गतेसम्म सिद्धेश्वर लालकुमारी माविको हलमा भएको उद्घोषण तालिममा ४० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । तालिममा अन्य निजी विद्यालय त्रिभुवन युनाइटेड एकेडेमी र साईनिङ्ग ईङ्लिस बोर्डिङ्ग स्कुलको पनि सहभागिता रहेको थियो । तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई वडा नं ७ का वडा अध्यक्ष पदम गाहाले प्रमाण पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?