ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

सन्धिखर्क नगरपालिकामा करको सास्ती

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

सन्धिखर्क नगरपालिकामा कर बढाइएको छ । नगर कार्य समितिले निर्धारण गरेको कर अस्वाभाविक नै भएको गुनासो छ । निर्धारण गरेको कतिपय कर पालिकाले उठाउनै सकेको छैन । घरमा कोही मृत्यु भएमा परिवारले नगरपालिकामा कर तिनुपर्ने भएको छ । मृत्यु भएको प्रमाणित गर्न एक सय रूपैया“ निर्धारण गरिएको छ । नगरपालिकाको आर्थिक ऐनको अनुसूची–६ मा सवारी साधन कर निर्धारण गरेको छ । बस र ट्रकको वार्षिक दुई हजार रूपैया“, मिनि ट्रक र मिनि बसको पन्ध्रसय, जिप, कार भ्यान एक हजार, ट्रयाक्टर तेह्रसय, मोटरसाइकल÷स्कुटर तीन सय, डोजर तीन हजार, रोलर दुई हजार र मिक्चर एक हजार रूपैया“ कर निर्धारण गरेको छ । अहिलेसम्म कर उठन सकेको छैन ।
कुन प्रकृतिका कति सवारी छन् भन्ने नगरपालिकालाई समेत विवरण थाहा छैन । ‘आन्तरिक कर निर्धारण गरेका छौं,’ नगर उपप्रमुख ठाकुर विकले भने, ‘कर उठाउन सकिएको छैन । वडा कार्यालयलाई सवारीको संख्याको विवरण पठाउन भनेका छौं, आएको छैन । हामीले पनि तथ्यांक जुटाउन सकेका छैनौं ।’ मोटरसाइकल सञ्चालन गर्नेलाई आग्रह गर्ने हो, कोही तिर्न आएको छैन, अब कडाइ गरेको उठाउने उनले बताए ।
घरमा उत्पादन गरेको तरकारी कृषकले हाटबजारमा ल्याएर बिक्री गरे बापत पनि कर तिर्नुपर्ने भएको छ । बोरामा राखेर बिक्री गरे बापत २० रूपैया कर तिर्नुपर्ने भएको छ । सेमिनार सहितको होटलले वार्षिक तीन हजार, खानेबस्ने सुबिधा सहितको होटलले १८ सय, काठको ट्यांकी पसलले एक हजार र फलफुल तथा तरकारी पसलेले एक हजार दुई सय शुल्क निर्धारण गरिएको छ ।
नाता प्रमाणित सिफारिस प्रतिफोटा एक सय बीस, पेन्सन सम्बन्धिको सिफारिस पा“च सय, नागरिकता सिफारिस दस, नाम थर फरक सिफारिसको लागि एक सय रूपैया“, अंगिकृत नागरिकता (वैवाहिक) को लागि एक हजार आठ सय निर्धारण गरिएको छ । कुनैपनि विषयको अंग्रेजीमा सिफारिस गर्दा ६ सय, क्लब खोल्नको लागि इजाजत सिफारिस ६ सय, चारित्रिक प्रमाणपत्र सिफारिक दस्तुर ६ सय, मृत्यु प्रमाणित सिफारिस एक सय रूपैया“ तोकिएको छ । एकीकृत सम्पत्ती कर ५ लाख रूपैयासम्मको मूल्यांकनमा ५० हजार, पचास लाखसम्मको लागि दस लाख, एक करोड एक लाख देखि तीन करोड रूपैया“सम्मको लागि तीस लाख र पाच करोड भन्दा माथिको लागि ५० लाख रूपैया“ निर्धारण गरिएको छ । सेवाग्राहीका अनुसार नगरपालिकामा कर थपिएकोमा आक्रोशित बनेका छन् । कर कार्यालयमा पनि तिर्नुपर्ने र नगरपालिकामा पनि तिर्दा व्यवसायीलाई मार परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष नोलराज भण्डारीले बताए । दोहोरो करले व्यवसाय धरापमा परेको उनले बताए ।
नगरले निर्धारण गरेको करमा अहिलेसम्म कोही पनि गुनासो गर्न कार्यालयमा नआएको नगर उपप्रमुख विकले बताए । राजनीतिक दलका प्रतिनिधि, सरोकारवालास“ग छलफल गरेर कर निर्धारण गरेको उनले दाबी गरे । करबाट उठेको बजेट जनताकै लागि खर्च गरिने विकले बताए । संघीयताको नाममा जथाभावी कर लगाएको भन्दै नगरबासी जनप्रतिनिधिप्रति असन्तुष्टी छन् । अधिवक्ता विजय खत्रीले मनपरी तन्त्रबाट जनताको ढाड सेक्ने गरी निर्धारण गरिएको कर असान्दर्भिक रहेको बताए । ‘कर उठाउने जनप्रतिनिधिको निर्णय ठीक छैन,’ उनले भने, ‘जनतालाई सेवा भन्दा संघीयताको उपहार अचाक्ली कर भएको छ । यो राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?