ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

सदरमुकाममा छैन ‘खानेपानी’

३० श्रावण २०७५, बुधबार
३० श्रावण २०७५, बुधबार

सदरमुकाममा खानेपानीको अभाव हुँदा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, खलंगा बजारका गोकर्ण खड्काले त्रिपालको सहायताले घरमा आवश्यक पानीको जोहो गरे । आकाशबाट वर्षिएको पानीलाई त्रिपालमा थापेर पाइप जोडेर खड्काले सजिलै पानीको आपूर्ति गरे । खड्का जस्तै बजारबासीको लागि सोमबार पानीको आपूर्ति सजिलै भयो । आकाशबाट पानी परेका कारण, त्रिपाल, घरको छत, तथा जस्ता मार्फत पानी भरेर बजारवासीले पानीको उपयोग गरिहेका छन् । लामो समयदेखि खानेपानी ठूलो समस्या भोगिरहेका बजारबासीलाई आकाशे वर्षाले त राहत दियो तर, वर्षा नभएका बेला खानेपानीको हाहाकार उस्तै छ । यतिबेला जिल्ला सदरमुकामको मुख्य बजार समेत रहेको खलंगा बजारबासीहरू खानेपानीको अभावमा काकाकुल बनेका छन् ।
लामो समयदेखि खानेपानीको हाहाकार व्यहोरीरहेका बजारबासीलाई पछिल्लो समय नियमित पर्न थालेको आकाशे पानीले राहत दिएको खड्काले बताए । पानी नै नहुनु भन्दा आकाशे पानी भएपनि भरेर काम चलाएको खड्काले बताए । ‘अली अलि भएको पानीको व्यवस्थापन हुन नसकेपछि उपभोक्ताहरू समस्यामा छौं,’ उनले भने, ‘धारामा पानी नआएपछि आकाशबाट वर्षेको पानीलाई नै उपयोग गर्नुको विकल्प छैन ।’ उनले हरेक उपभोक्ताको तीन छाकपछि मात्रै पानी भर्ने पालो आउने गरेको बताए । ‘विहान पानी आयो भने अर्को दिनको बेलुका मात्रै धारामा पानी आउने गरेको छ, यस कारणले पानी जस्तो नभै नहुने महत्वपूर्ण चिजका कारण सर्वसाधारण उपभोक्ताले दुःख पाइरहेका छौं,’ खड्काले भने ।
खलंगा बजारमा झण्डै ४ सय उपभोक्ता रहेका छन् । जसमध्ये ६० प्रतिशत उपभोक्ताकोमा मात्रै पानी पुग्ने गरेको छ । पानी आपुर्ति हुने प्रत्येक उपभोक्ताकोमा पर्याप्त छैन । आकाशे पानीको भरमा उनीहरूले पानिको गर्जो टारिरहेका छन् । ४० प्रतिशत उपभोक्ताकोमा पानी नै नपुग्ने समस्या रहेको छ । उनीहरूले टाढाबाट बोकेर तथा आकाशकै पानीमा निर्भर छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खलंगा बजारमा पानीको आपूर्ति गर्ने गरेको छ ।
अध्यक्ष महेन्द्र केसीले मुहान र ट्याङ्कीमै पानी नभएपछि उपभोक्तालाई पानी पु¥याउन नसकिएको बताए । खानेपानी निर्माणको बेला तत्कालिन जनसंख्यालाई आधार मानेर बनाइएको योजनाले बढेको जनसंख्यालाई नपुगेको भनाइ अध्यक्ष केसीको छ । ‘जनघनत्व पनि बढेको छ, पानीका मुहान पनि यो समयमा सुकेका छन्, उपभोक्तालाई पानी पु¥याउन मुस्किल छ,’ अध्यक्ष केसीले भने ।
खलंगा बजारका उपभोक्ताका लागि प्रति सेकेण्ड १५ लिटर पानी आवश्यक पर्नेमा हाल भने प्रति सेकेण्ड डेढ लिटर मात्रै आपूर्ति भैरहेको छ । ‘पानीको माग अत्याधिक छ, आपूर्ति न्यून छ, पानी नै नभएपछि आपूर्ति कठिन भैरहेको छ,’ अध्यक्ष केसीले थपे । खलंगा बजार लगायत अन्य धेरै ठाउ“मा खानेपानी पु¥याउन भन्दै साना सहरी खानेपानी आयोजना निर्माण गर्न लागेको लामो समय भैसक्दा पनि उक्त आयोजना पूरा नहु“दा थप समस्या भैरहेको छ । १५ करोड बढीको लगानीमा निर्माणाधिन आयोजनाले एक घर एक धारामार्फत सबैको घरमा पर्याप्त पानी दिने लक्ष लिएको छ । तर आयोजना निर्माण सम्पन्न हुने समय वितेको लामो समय भैसक्दा पनि आयोजना सम्पन्न नहुँदा सर्वसाधारण पानी उपयोगबाट बञ्चित हुँदै आएका छन् । ठेकेदार कम्पनीले २ वर्ष अघि नै निर्माण गरिसक्नुपर्ने काम अझै गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?