ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

कपिलवस्तुमा गरिब परिचय पत्र फिर्ता !

३० श्रावण २०७५, बुधबार
३० श्रावण २०७५, बुधबार

गरिब घरधुरी परिचयपत्रमा अधिकांस बास्तबिक गरिबहरूको नामावली छुटेको भन्दै कपिलवस्तु नगरपालिकाको नगर कार्यपालिका बैठकले परिचयपत्र बितरण नगर्ने निर्णय गरेको छ । बैठकमा अधिकांस बास्तविक गरिबहरूको नामावली नै छुटेको ठहर गर्दै मन्त्रालयलाई पुनः नामावली संकलनको लागि माग गर्ने निर्णय गरिएको हो । बैठकमा सहभागी अधिकांस समितिका सदस्य तथा वडा अध्यक्षले वास्तविक गरिबको नाम छुटेको परिचयपत्र बितरण औचित्यहीन हुने भन्दै सो परिचयपत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेका हुन् । बैठकमा सहभागी नगर समिति सदस्य उर्मिला कोरीले सम्पन्न व्यक्तिको नाम गरिबको सूचिमा रहे पनि गरिबको नाममा परिचयपत्र नआएको गुनासो गरिन् ।
“अधिकांस वास्तविक गरिब र बिपन्नको नाम गरिब परिचयपत्रमा छुटेपछि परिचयपत्र नबाँड्ने निर्णय गरेका हांै । सो बिषयमा पुनः तथ्याङ्क संकलनका लागि मन्त्रालयसँग माग गर्ने समेत निर्णय गरेका छौं ।” वडा नम्बर १० का अध्यक्ष मोहन शर्माले भने ।
गरिबले नै परिचयपत्र नपाउने अवस्थामा परिचय पत्र बितरणको औचित्य नहुने भएपछि आफूहरूले परिचयपत्र मन्त्रालय फिर्ता पठाउने निर्णय गर्न बाध्य भएको १२ नम्बर वडाका अध्यक्ष ओमप्रकाश पाण्डेयले जानकारी दिए ।
नगरमा बाँड्नका लागी आएको परिचयपत्रमा बास्तविक गरिबहरू नै छुटेको भेटिएपछि सो बिषयको संसोधनका लागि सम्पूर्ण परिचयपत्र नगर कार्यपालिकाको बैठकले मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले जानकारी दिए ।
कपिलवस्तु नगरपालिकामा कुल ३ हजार ४ सय ७५ घरधुरी गरिब रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । बैठकमा परिचयपत्र फिर्तासँगै तौलिहवा–बहादुरगंज सडक बिग्रीदा दुर्घटना बढेको र नगरबासीलाई सास्ती भएको जन गुनासो आएकाले सो सडकलाई स्तरोन्नतिका लागी डिभिजन सडक कार्यालय र शहरी बिकास मन्त्रालयको ध्यानाकर्षण गराउने, पुर्ण शिक्षा र पुर्ण साक्षर घोषणा कार्य अघि बढाउने तथा नगर परिषदको निर्णय अनुसार नगर क्षेत्रमा फुसको घर बिस्थापन गर्ने योजना अनुरूप तत्काल चार वटा वडामा कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरिएको नगर प्रमुख किरण सिंहले बताए ।

photo sorce : Google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?