ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

निशा फुडको ‘चिप्स’ न्यून गुणस्तर

२७ श्रावण २०७५, आईतवार
२७ श्रावण २०७५, आईतवार

बालबालिकाले सबैभन्दा बढी रुचाउने ‘चिप्स’ न्यून गुणस्तरको पाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित निशा फुड प्रोडक्टबाट उत्पादित ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामक चिप्स न्यून गुणस्तर पाइएको हो ।केही दिनअघि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई एक अपरिचित व्यक्तिले फोन गरी निशा फुड प्रोडक्टको उत्पादनमा जनगुनासो आएको जानकारी दिएपछि परीक्षण गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रयोगशाला पठाइएको थियो । “ल्याबमा परीक्षण गर्दा निशा फुडको विभिन्न उत्पादनमध्ये ‘निशा छोटा भिम’ र ‘बलबीर’ न्यून गुणस्तरको पाइयो”–खाद्य अनुसन्धान अधिकृत निरत कटुवालले जानकारी दिए ।न्यून गुणस्तर पाइएको ५० बोरा ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामक चिप्स शनिबार नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा, शिवराज नगरपालिका र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले सो चिप्स नष्ट गरेको हो । ‘निशा छोटा भिम’ र ‘बलबीर’ नामको दुई उत्पादनमा बाह्य गन्ध पाइनुका साथै एसिड भ्यालु र पेरोक्साइड भ्यालुको मात्रा बढी पाइएकाले स्वास्थ्यका लागि हानिकारक भएको खाद्य अनुसन्धान अधिकृत कटुवालले बताए ।न्यून गुणस्तरयुक्त सो चिप्स प्याकेटबाट सबै खोलेर प्लास्टिक बोरामा भरी बेलनदीमा लगी नष्ट गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख जगदीश अर्यालले जानकारी दिए । मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेका कारण नियन्त्रणमा लिई नष्ट गरिएको प्रशासन प्रमुख अर्यालले बताए । गुणस्तरहीन खाद्य सामग्री उत्पादन र विक्रीवितरण नगर्न समेत प्रशासन प्रमुख अर्यालले चेतावनी दिए ।न्यून गुणस्तर खाद्य चिप्स नष्टका क्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, कार्यपालिका सदस्य शान्ता सेन तथा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक शंकर न्यौपाने तथा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी टोलीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?