ट्रेंडिंग:

>> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो

मुद्दामा आधारित सार्वजनिक प्रशासन सुधार

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

–लक्ष्मी विलास कोइराला

राज्य, सरकारको उत्पति सँगसँगै प्रशासनको विकास भएको हो । देशको शासन व्यवस्था सञ्चालनको अभिभारा पुरा गर्न कार्यपालिकाले सार्वजनिक प्रशासनको संयन्त्र खडा गरेको हुन्छ । देशको शासन प्रणाली सरकार र सार्वजनिक प्रशासनको संयुक्त प्रयासमा सञ्चालन हुनेगर्दछ । नेपालमा निजामती सेवा नै सार्वजनिक प्रशासनको पर्याय बनेको छ । प्रजातान्त्रिक शासन प्रणालीमा फरक फरक समयमा भिन्न भिन्न राजनीतिक दलहरूले शासनको अभिभारा लिएका र नेतृत्व गरेका हुन्छन् । शासनारुढ दलको इच्छामा देशको शासन प्रणालीमा सानो ठूला परिवर्तन गरिन्छन् । यसप्रकारका परिवर्तनहरूलाई प्रशासन सुधारको अल्पकालीन वा तदर्थवादी सुधार भन्ने गरिन्छ ।
देशको शासन व्यवस्थामा नै परिवर्तन भएपछि समग्र प्रशासनमा आमूल परिवर्तनको खाँचो महशुस हुन्छ । देशको राजनीतिक विभाजन बदलिएको छ । पाँच विकास क्षेत्र, चौध अञ्चल पचहत्तर जिल्लाको सट्टामा सात प्रदेश, सतहत्तर जिल्ला सात सय त्रिपन्न स्थानीयतह बनेको छ । प्रदेश र स्थानीयतहहरू आफ्नो कर्मचारी व्यवस्थापन गर्न संघीय निजामती कानूनको परिधिभित्र रहेर व्यवस्थापन गर्न सक्दछन् । संवैधानिक राजतन्त्रात्मक शासन प्रणालीको ठाउँमा गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छ । सूचना सञ्चार प्रविधिको अत्यधिक विकासले मानिसको जीवनस्तर, नेटवर्क र कार्यप्रणाली परिवर्तन भएको छ । समाज र व्यक्तिको अवधारणगत बुझाइमा व्यापक परिवर्तन आएको छ । समाजका आवश्यकता र जनजीवनका मुद्दाहरू परिवर्तन भएका छन् । यसकारण अब बन्ने संघीय निजामती सेवा ऐन प्रशासन सुधारको दरिलोे मार्गदर्शन हुन्छ । यसप्रकारको व्यापक क्षेत्रको सुधारलाई रणनीतिक वा दीर्घकालीन सुधार भन्ने गरिन्छ । देशको शासन सञ्चालनमा दुबै प्रकारका सुधारको समान महत्व भने रहेको हुन्छ ।
संघीय निजामती सेवा ऐन देशको शासन सञ्चालनको मेरुदण्ड हो । निजामती सेवा ऐनमा समावेश हुने विषयवस्तु रणनीतिक र मुद्दा केन्द्रीत हुनुपर्दछ । प्रशासन सुधारलाई मुद्दामुलक बनाउन सर्वप्रथम नेपालको प्रशासनमा देखिएका प्रमुख प्रशासनिक मुद्दाहरू के के हुन्, समाज कसरी परिवर्तन भएकोछ, प्रविधिको विकासको ट्रेण्ड कस्तो छ सबै पहिचान गर्न आवश्यक हुन्छ । कर्मचारीको सवलीकरणलाई कम महत्व दिने, सरकारले खर्च गरेको खर्चको मूल्य खोजीको अभाव, जननिर्वाचित प्रतिनिधि र कर्मचारीबीचको मौन द्वन्द्व, कर्मचारीतन्त्रको नियमित काम गर्न बाह्य विशेषज्ञको प्रयोग, राष्ट्रिय मुद्दाहरूको विश्वव्यापिकरणको सन्दर्भमा मुद्दाहरूको पुनव्र्याख्याको आवश्यकता, भ्रष्टाचारको केन्द्रबाट प्रदेश र स्थानीय तहतिर हँुदै गएको निक्षेपण (डिभुलूसन अफ करप्सन), परंपरागत एकात्मक योजना र निर्णय प्रक्रियाको बढ्दो अस्वीकार्यता, कर्मचारीतन्त्र भन्दा स्वार्थ समूहहरू बलिया र नीति तथा कार्यक्रममा उनीहरूको प्रचूर प्रभाव, कर्मचारीतन्त्रको डिजिटाइजेशन र साइवर अपराध, नेटवर्क गभर्नेन्सको अभ्यास, प्रशासनमा कार्यजनको विविधिकरण, निर्णय वातावरणमा आएको सारभूत परिवर्तन, ज्ञानी (नलेजेवल) सेवाग्राहीसँगको सहकार्य, सार्वजनिक प्रशासन, समावेशी बनाउन राखिएका प्रावधानहरूको मूल्यांकन, संघ, प्रदेश र स्थानीय तहमा रहि कार्य गर्ने निजामती कर्मचारीहरू बीचको अन्तरसम्बन्ध, गतिशीलता र सेवासुविधाको व्यवस्था तथा निर्वाचित जनप्रतिनिधिको क्षमता विकासका क्षेत्रजस्ता विषयहरू नेपालको सार्वजनिक प्रशासनका जल्दाबल्दा नमुना मुद्दाहरूको रूपमा रहेका छन् ।
नयाँ शासन व्यवस्था, नयाँ विश्व परिवेश र नयाँ विधि र प्रविधिले सरकारको कार्यक्षेत्र र प्रशासनको जिम्मेवारीमा समूल परिवर्तन ल्याएको छ । संविधान देशको मुल कानून हो । संविधानले अंगिकार गरेको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक उद्देश्य हासिल गर्नु सरकारको दायित्व र जिम्मेवारी हो । प्रजातान्त्रिक सरकारले जनताका अनगिन्ती अपेक्षा र आप्mनै घोषणापत्रको पुलिन्दा बोकेर हिँडेको हुन्छ । जनताका अपेक्षा र निर्वाचित राजनीतिक दलको भिजनलाई नीति, कार्यक्रम र सेवामा बदल्ने काम प्रशासनले मात्र गर्दछ । प्रशासन लामो अनुभव, दक्षता र सीप लिएर बसेको हुन्छ । सरकार र प्रशासनबीच अव्यक्त मानसिक मनोमालिन्य रहेसम्म निर्वाचित सरकार अप्ठेरोमा पर्छ । प्रशासनको मौन असहमति मात्रै पनि सरकारलाई महङ्गो पर्न जान्छ । यसकारण सार्वजनिक प्रशासनका कर्मचारीहरूलाई तर्साएर वा गाली गरेर वा उनीहरूको सेवासुबिधा खोसेर कुनै पनि सरकार सफल हुन सक्दैन ।
शासन व्यवस्था परिवर्तनसँगै देशको समग्र सार्वजनिक प्रशासन सञ्चालनको संयन्त्र संघीय निजामती सेवा ऐन अहिले तर्जुमाको चरणमा छ । नेपालमा शासन व्यवस्था परिवर्तन भयो तर सार्वजनिक प्रशासनको सवलीकरण गर्ने र निजामती कर्मचारीहरूको मन जित्ने काम हुन सकेन । निजामती प्रशासनको बृहत्तर सुधार छोडेर सरकार, कर्मचारी र विज्ञहरूबीच कर्मचारी समायोजन, डिभी, सेवा समूह, कलस्टर, पदोन्नति, अवकाश जस्ता मसिना विषयमा मात्र माथापच्ची भैरह्यो । संघीय निजामती सेवा ऐन तर्जुमाको सन्दर्भमा कोठे बैठकहरू बाहेक सार्वजनिक प्रशासनका मुद्दाहरू के के हुन्, प्रशासन सुधारको उद्देश्य के के हुने र प्रशासन सुधार कसरी गर्ने भन्ने विषयमा कहिल्यै सारभूत दहल फसल हुन सकेन । नेपालको प्रशासन सुधार सीमित व्यक्तिहरूको संलग्नता, सीमित व्यक्तिहरूको स्वार्थ र सीमित उद्देश्यका लागि हुँदै आयो । तर, यसप्रकारको प्रशासन सुधारले सरकारलाई कहिल्यै गन्तव्यमा पु¥याउन सकेन र सक्दैन पनि ।
कानून र मेरिटमा आधारित देशको प्रशासन संयन्त्रलाई सरकारको लहड वा दाउपेच वा स्वार्थमा तत्काल परिवर्तन गर्न संभव हँुदैन । संवैधानिक उद्देश्य र सरकारको लक्ष्य हासिल गर्न सरकार र प्रशासनको मन नमिलिकन सुख नै छैन । सरकार र प्रशासनको मन मिलाउने पाँच सकारात्मक तत्वहरूको विश्लेषण हुन आवश्यक हुन्छ । (१) सरकार र प्रशासनका एक आर्काको चासोका विषयमा एक आपसमा जानकार हुनुपर्छ, (२) सरकार र प्रशासनको स्वार्थ वा उद्देश्य देश विकास र जनकल्याणमा समानता हुनुपर्छ, (३) उद्देश्य प्राप्त गर्ने नीति, रणनीति र विधिमा समानता हुनुपर्छ, (४) मान्य नीति र विधिको कार्यान्वयनमा संयुक्त पहलकदमी हुनुपर्छ, र, (५) प्राप्त परिणामप्रति सरकार र प्रशासन दुबै समान उत्तरदायी हुने व्यवस्थामा सहमति हुनुपर्छ । यसप्रकारका सहमतिहरू नै सरकार र प्रशासनलाई एकाकार गराउने तत्वहरू हुन् ।
प्रशासन सुधारका लागि सरकार र प्रशासनले एक अर्कालाई राम्रोसँग चिन्नु पर्दछ । एक अर्काको उद्देश्य जान्नुपर्दछ । एकले अर्कालाई सहयोग गर्ने वातावरण बनाउनु पर्दछ । एक अर्काबीचको सुमधुर संबन्धले कार्य उत्पे्ररणा जगाउने काम गर्दछ । उत्प्रेरित सरकार उत्पे्ररित प्रशासनको स्वार्थ अर्थात संवैधानिक उद्देश्य प्राप्त गर्न सहमत भैसकेपछि सहमति गरिएको विधिबाट सवै प्रकारका कार्यक्रमहरू कार्यान्वयनमा सहजै जान्छन् । मान्य विधिको आधारमा नीति र कार्यक्रमको कार्यान्वयनबाट प्राप्त नतिजाप्रति सरकार र प्रशासन समान रूपमा उत्तरदायी हुने सहमतिले दुबैलाई जिम्मेवार भई कार्य सम्पादन गर्न तत्पर, सक्रिय र अनुशासित बनाउँछ । यसकारण संघीय निजामती सेवा ऐन तर्जुमा गर्दा सरकार र प्रशासनको मन मिल्ने वातावरण बनाउन र बृहत्तर, दूरगामी परिणाममुखी दृष्टिकोण राख्न आवश्यक छ । (पूर्व डीजी, सूचना विभाग)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np