ट्रेंडिंग:

>> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने

लुम्बिनी कासाई र नुसी वरिर्यस विजयी

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटर्सले दोस्रो जित निकाल्दै लिगमा ४ अंक जोडेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाईले रोयल च्यालेन्जर भैहरवामाथि ५ विकेट जित निकालेको हो । लुम्बिनी कासाई शक्ति गौचनको प्रशिक्षणमा रहेको छ । यसैगरि सोमबार भएको दोस्रो खेलमा नुसी वारिर्यस मणिग्रामले बुटवल डाईनामाईटमाथि ४६ रनको पराजित गर्दै २ अंक जोडेको छ । यो समुहमा दुबै टिम एक खेलमा जित र एक खेलमा हार ब्यहोर्दै मान २–२ अंक बनाएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ्ग रोज्दै लुम्बिनी कासाईले रोयल च्यालेन्जर भैरहवालाई ब्याटिङ्गको निम्तो दिएको थियो । रोयल च्यालेन्जर भैरहवाका ब्याट्सम्यानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रनको लक्ष्य खडा गरेको थियो । रोयल च्यालेन्जर भैरहवाका ओपनर ब्याट्सम्यान सुशान्त थापाले १ छक्का र ४ चौकाको मद्यतले ३० बलमा २९ रन बनाएका थिए । अर्का ओपनर ६ बलमा ९ रन बनाउदै पेभिलियन फर्किएपछि खेल रोचक बनेको थियो । छैटौ नम्बरका ब्याट्सम्यान सोनु तामाङ्गले विष्फोटक ब्याटिङ्ग गरे । उनले २४ बलमा ६१ रन जोड्दै टिमलाई सम्मानजनक स्कोरमा लगेका थिए । अनुभवी अन्तराष्ट्रिय अलराउण्डर शक्ति गौचनको प्रशिक्षणमा रहेको लुम्बिनी कसाईका बलर रूपेश कुर्मीको प्रर्दशन शानदार रहेको थियो । उनले ४ ओभर बलिङ्ग गर्दै १ मेडलसहित २१ रन खर्चेर ६ विकेट लिएका थिए । प्रदिप जयसवालले १ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको लुम्बिनी कासाईका ब्याट्सम्यानले १८.४ ओभरमा ५ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । लुम्बिनी कासाईका ओपनर कुशल मल्ल र सुमन पाण्डेको जोडीले राम्रो शुरुवात गरेका थिए । मल्लले ५ छक्का र ५ चौकाको मद्यतले ३६ बलमा ५७ रनको योगदान दिए । अर्का ओपनर सुमन पाण्डे ९ बलमा ७ रन जोडेर सोनु तामाङ्गको बलमा आशुतोषको क्याच हुदै पेभिलियन फर्किए । तेस्रो नम्बरका ब्याटसम्यान सुनिल धवल ४ बलमा १ रन बनाएर रमेश कुर्मीको बलमा सिजलको क्याच भए । खेलको १० ओभरमा ओपनर कुशल मल्ल समेत ईकलाक अहमदको बलमा सिजलको क्याच आउट भए लुम्बिनीको ब्याटिङ्ग लाईन धरमराएको थियो । तर चौथौ नम्बरका ब्याट्सम्यान राजु साहनीले सम्हालिएको पारी खेले । उनले पुरन बिकसंग राम्रो साझेदारी गरे । राजुले ३३ बलमा ३६ रन तथा बिकले १९ बलमा १७ रनको योगदान दिएका थिए ।
रोयल च्यालेन्जर भैरहवाका अहमद हुसैनले २ ओभरमा ६ रन दिएर २ तथा सोनु तामाङ्ग, इकलाख अहमद र रमेश कुर्मीले समान १–१ विकेट लिएका थिए । लुम्बिनी कासाईका रूपेश कुर्मी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । दोस्रो खेलमा टस जितेर बुटवल डाईनामाईटले फिल्डिङ्ग रोजेर नुसीलाई ब्याटिङ्गको निम्तो दिएको थियो । नुसीका ब्याट्सम्यानहरूले १९.२ ओभरमा १ सय ५३ रन बनाएको थियो । ओपनर अजय कौशिक शुन्यमा आउट भएका थिए । साहब आलमको बलमा उनि आउट भएपनि नुसीको पारीलाई महेश राना र दिपेन्द्रसिह ऐरीले सम्हालेका थिए । दिपेन्द्रले ५ छक्का र ७ चौकाको मद्यतले ३५ बलमा ७० रन तथा महेश रानाले १९ बलमा १६ रन जोडेका थिए । यसैगरि सरोज पौडेलले १२ बलमा २० रन बनाए । बुटवल डाईनामाईटका साहब आलम र अभिषेक गौतमले समान ४–४ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछाएको बुटवलका ब्याटसम्यानहरू क्रिजमा टिक्न सकेनन । ओपनर मृनल गुरुङ्ग ४ बलमा ४ रन बनाएर आउट भए । यसैगरि अर्का ब्याटसम्यान प्रज्वल थापा ४० बल खेल्दै ३६ तथा सौरभ खनाल १२ बलमा १५ रनबाहेक अन्य कुनै ब्याटसम्यान क्रिजमा टिक्न सकेनन । बुटवललाई कम स्कोरमा रोक्न दिपेन्द्र सिह ऐरीले उत्कृष्ट बलिङ्ग गरेका थिए । उनले ४ ओभरमा ९ रन खर्चेर एक मेडन लिएका थिए । नुसीका कुशल भ्रुतेलले ४ तथा सुनिल पौडेलले २ विकेट लिएका थिए । खेलमा नुसीका दिपेन्द्रसिह ऐरी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । मंगलबार पहिलो खेल ज्ञानोदय गोल्डस र रोयल शंकरनगर तथा दोस्रो खेल मणिग्राम किङ्स र एसआरएनसिएसए टाइगर्सका बिचमा हुने छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?