ट्रेंडिंग:

>> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध

नेपालकै नामी प्युठानी तिहार र मुला

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

बसन्त पोखरेल
प्युठानी मुला नेपालमा नामी छ । साथै प्युठानी तिहार पनि नेपालमै नामी छ । म आफू प्युठानमा जन्मे हुर्केको मनुवा । मुलाको खेती आफ्नै हातले गरियो । एउटा सिंगो बारीको पाटो नै मुलाबारी भनेर नामाकरण गरिएको थियो । मेरोमात्र हैन, सबै किसानहरूले आ–आफ्नो एउटा मुलाबारी बनाएका हुन्थे । त्यहि नाम दिएका हुन्थे । मुला प्रायः भदौ महिनाको अन्त्यमा वा असौजको पन्ध्र भित्र छरिन्थ्यो । त्यो पनि मौसममा भरपथ्र्याे । बारीलाई गहिरोसँग जोतेर डल्ला सम्याइ मुलाको विउ छर्ने र हलुका ढंगले माटो मिलाइन्थ्यो । ड्यांग बनाउने चलन थिएन । उम्रेर हुर्कदैजाँदा ओकेरा लगाउँदै जाँदा त्यो नै ड्यांगमा रूपान्तरित हुन्थ्यो । पात लाग्ने फेँदमा रातो हुँदै मुला ठूलो हुँदै जान्थ्यो । कतिसम्म ठूला हुन्थे भने गफाडीहरूले भन्ने गर्थेः मुलाको बोटमा भैँसी बाँधियो भने पनि उखेलेर भाग्न सक्तैनथे । गफै भए पनि मुला निकै ठूला फल्थे भन्ने कुराचाहिँ पक्कै हो । हाम्रो घरमा हामी दशजनाको संख्यामा परिवार थियौँ । एउटा मुला उखेलियो भने त्यसले तीन चार छाक तरकारी टाथ्र्यो । यसको अर्थ एउटा मुला पाँच, छ किलोसम्मको हुन्थ्यो ।
माघको शुरुमा मुला उखेलिन्थ्यो । मुला उखेल्ने बेलामा जमीन गजक्क भिज्नेगरी सिँचाइ गर्नुपथ्र्यो । नत्र उखेल्ने कसको तागत ? मुला उखेल्नको लागि हामीजस्ता तीस पैँतीस किलो वजनका केटाहरूको काम थिएन । बलिया मानिसलाई खेताला बोलाउनु पथ्र्यो । हाम्रो काम हुन्थ्यो उखेलिएका मुलालाई काँधमा हालेर कुलोमा लैजाने र माटो सफा गर्ने त्यसपछि ल्याएर आँगनमा बिछाएको गुन्द्री, मान्द्रा, परालमा सुकाउन हाल्ने । केही दिनपछि मुला हलुका ओइलाउँथ्यो । त्यसलाई ढिकीमा कुटिन्थ्यो । मुलालाई सिन्की बनाउनको लागि गहिरो खाल्टो खनिएको थियो । त्यसलाई सफा बनाएर केराका लोक्ता विछाएर माटोबाट सिन्कीलाई बचाउने गरी विछाइन्छ । कुटेको मुलालाई खाल्टोमा हालेर खुट्टाले चपचप खाँदिन्थ्यो । भरिएपछि पराल, कपडा आदिले ढाकेर माटोले छोपिन्छ । २१, २३ यस्तै दिन पुराएर सिन्की निकालिन्छ । सिन्की निकालेर घाममा सुकाउने क्रममा सिन्की र गुन्द्रुकलाई अलग बनाइन्छ । आहा त्यो सिन्की ? क्या स्वाद, क्या मिठास ? सिन्कीको अचार पनि हालिन्थ्यो । त्यो अचारको स्वाद बर्णन गरी सकिँदैन । त्यसैले मुला प्युठानीको ट्रेडिसनल खेती हो । सिन्की प्युठानीको टे«डिसनल दाल तरकारी हो । दाल खाने कि सिन्की खाने भनेर पाहुनालाई सोध्यो भने कसैले पनि दाल रोज्दैन । तराई झरेपछि त्यो मेरोलागि एकादेशको कथा बन्न पुगेको छ । घुँडो सुँघेर सानोमा खाएको घिउको बासना लिएको उखानजस्तो भएको छ ।
यो त भयो प्युठानी मुलाको कथा । अब प्युठानको तिहारको चर्चा गरौँ । यसपटक दिदीले हामीलाई भाइ टिका लगाइदिन प्युठानबाट निम्ता गरिन् । भाइटिकाको अघिल्लो दिनभाइ लोकराज पोखरेल र म प्युठानतर्फ लाग्यौँ । बिहान यस्तै साढे पाँच बजेतिर हामी बुटवलबाट प्रस्थान गरेका थियौँ । आफ्नै गाडी भएकोले बस चढ्नु, अनेक ठाउँमा रोकिनु आदि झञ्झट भएन । बड्डाँडामा गएर नास्ता खायौँ । मेरो गाउँभन्दा पारीपट्टीको गाउँमा माइत भएकी विधवा साहुनी रहिछन् । परिचय भएपछि उनले माइती दाजु सम्झेर तिहारको सगुन भन्दै एक ग्लास घरमा बनाएको तीनपाने दिइन् । साढे नौ बजे हामी क्वाडी पुग्यौँ । सबैभन्दा पहिला लेखक तथा अधिवक्ता गोविन्दराज पोखरेलको घरमा छि¥यौँ । आँगनमा गोवद्र्धन पर्वत बनाएर सिँगारिँदै थियो । बुहारीले लस्सी बनाएर खान दिइन् । त्यसपछि प्रहरी अधिकृत भतिज प्रेम पौडेलको घरमा गयौँ । उनको घर नजिकै गाडी राखेर पैदल खैरा मावली घरमा पुग्यौँ । मामा बित्नुभएको डेढ बर्षमात्र भएको थियो । त्यहाँ गएर खाना खाने काम भयो । खाना खाएर केहीबेर आराम गरेपछि हामी फेरि क्वाडी झ¥यौँ । गाडी लिएर हामी जन्मेको घरमा पुग्यौँ ।

आफू जन्मेको घर, हुर्केको खेलेको, माटो चाटेको आँगन, माथि उल्लेख गरिएको मुला खेती गरेको बारी, मुला धोएका कुलाहरू, सुकाएको आँगन, सिन्की खाँदेका खाल्डा सबै अवलोकन गरियो । अहिले त्यो जमीनको हकवाला भएका छन् मेगबहादुर बिष्ट । हामी उनको आँगनमा पुगेर आवाज दिँदासाथै काका भन्दै आएर स्वागत गरे । यहाँसम्म कि अनुमति नदिँदा नदिँदै पनि उनले हाम्रो गोडा नै ढोगे । सानैदेखिसँगै हुर्केका, खेलेका छिमेकी हुन् उनी । हामी पुरोहित खानदानका भएकोले परम्पराअनुसार उनले हाम्रा गोडा समाउन पुगेका थिए । मीठो दही खाएर हामीहरू अन्य थुप्रै पुराना इष्टमित्रलाई भेट्दै बडारापाटा झ¥यौँ । बडारापाटा त्यहाँको यस्तो ठाउँ हो जहाँ अनेक अनुहारहरूको जमघट हुन्छ । मलाई धेरै अनुहारले चिन्यो । तर, मैले एकाधलाईमात्र चिन्न सकेँ । ऋषि बिष्ट, मोहन बिष्ट, लेखबहादुर बिष्टलाई बीचमा पनि देखेकोले चिन्न सकेँ । ठाकुर सिँह बिष्ट जो एक कक्षा देखि दश कक्षासम्म सँगै पढिएको थियो, उनले मलाई टाढैबाट चिने, तर, मैले चिन्न सकिन । त्यहाँ धेरै साथीभाइसँग चिनजान नविकरण भयो । त्यसपछि साँझपखमात्र हामी दिदीको घरमा पुग्यौँ । भानिज युवराज पौडेल भान्से बनेका थिए । साँझको खाना खाएर आठ बजेतिरै हामीहरू सुत्यौँ ।
भोलिपल्ट भाइ तिहार । टिका लगाउने क्रम बाह्र बजेमात्र शुरु भयो । टिका लगाएपछि खाना खाइयो । टिकाको पछिमात्र प्युठानमा तिहार आएको अनुभूति हुन्छ । अरू ठाउँमा जस्तो तिहार प्युठानमा हुँदैन । बडो अनौठो छ त्यहाँको तिहार । टिका पछिमात्र त्यहाँ भैलो टोलीले आफ्ना मादलहरू खोज्न थाल्छन् । झेली मुजुरा, गोडामा लगाउने पाइजुहरू माझ्न थाल्छन् । बाँसुरी छम्कीहरू कता कता छन् खोज्छन् । कता कता मादलहरू बज्न शुरु भएका थिए । प्युठानको मारुनी नाच हेर्न पायो भने कहिल्यै आँखा अघाउँदैनन् । खाना खाएपछि हामीले अहिले नै हामीहरू बुटवल फर्कनु छ भनेर कुरा राखेपछि दिदी, भिनाजु, भाञ्जभाञ्जी झल्यास्स हुन पुगे । प्युठानमा तिहार मान्न आएको कुनै पनि मानिस तिहारपछिका तीन दिनसम्म प्युठान छाडेर जाँदैन भन्ने मान्यता हुन्छ । किनभने तिहारको भोलिपल्ट डल्ले सराएँ, दोस्रो दिन बडारापाटा, तेस्रो दिन शिवालय सराएँ तथा मेला लाग्छ ।

थरीथरीका नाच र भैलो हेर्ने कार्यक्रम नै ती दिनमा हुन्छ । कृषि मेला, औद्योगिक प्रदर्शनी, चर्खे पिंग सबै मनोरञ्जनको ब्यवस्था मिलाइएको हुन्छ । टाढा टाढाबाट मानिसहरू प्युठान आएका हुन्छन् । हामी त्यहाँ पुगेका मानिसहरू फर्कन थाल्दा दिदी भिनाजुलाई अनौठो लाग्नु स्वभाविकै थियो । तर, मनले चाहँदा चाहँदै पनि हामी बस्न सक्ने अवस्थामा थिएनौँ । सानोबुबाको छोरी दिदी तारालाई भेटेपछि हामी बुटवल झ¥यौँ । बाटोमा यातायातका साधन निकै कम चलेकाले आउँदा निकै सहज भयो । तर, बाटोमा गाडी छेकेर केटाकेटीहरूको भैलो खेल्ने र पैसा झार्ने उछृंखलताले हैरानै पा¥यो । तीन बजे हिँडेका हामीहरू साँझ साढे छ बजे बुटवल झरिसकेका थियौँ । तर, यसपाली प्युठानका बारीमा उहिलेको जस्तो मुला खेती गरेको देख्न भने पाइएन । हामीले मुला छर्ने बारीमा मेगबहादुरले तोरी छरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?