ट्रेंडिंग:

>> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

रूपान्तरणको खाँचा(सम्पादकीय)

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

नेपालका कतिपय संभ्रान्त घरानामा पालिएका कुकुर बिरालालाई नोकरहरूले चम्चाले खाना ख्वाउँछन् । यद्यपि नोकरहरूलाई कुकुर, बिरालाकोजस्तो खाना मिल्दैन । तर, अधिकांश नेपाली बालबालिका भने शरीरलाई आवश्यक पर्ने खाना खान पाइरहेका छैनन् । अहिले पनि २१ प्रतिशत बालबालिकामा पौष्टिक तत्वको कमी रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे दुई वर्ष स्थलगत अध्ययन गरेर यो तथ्यांक अगाडि सारेको हो । पौष्टिक तत्वको कमी भएमा पुड्कोपन, सुस्त मनस्थिति हुनु, रक्तअल्पता हुनु, पढाइमा ध्यान नजानु लगायत अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ । सरकारले ७५ वटा जिल्लामा सर्वेक्षण गर्दा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा ‘हेलिब्याक्टर पाइलरी’ भाइरस देखिएको बताइएको छ । यो भाइरसले ग्यास्ट्राइटिस हुन सक्छ । यस्तै २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन उमेरका महिलामा सूक्ष्म पोषण तत्व आइरनको कमी रहेको पाइएको छ । हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलामा रक्तअल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ ।
मानिसको लागि स्वस्थ रहन, परजीबीसँग लड्ने तागत विकास गर्न पौष्टिक तत्व अनिबार्य हुन्छ । जब शरीरमा आवश्यक पर्ने तत्वहरूको कमी हुन्छ त्यहिँबाट रोग लाग्ने सिलसिला पनि शुरु हुन्छ । तर, सबै मानिसलाई पौष्टिक तत्व प्राप्त हुने खाना मिल्दैन । सबै मानिसलाई खाना किन मिल्दैन यो राजनैतिक सरोकारको बिषय हो । लूटतन्त्रको जगमा बनेको राज्यसत्तामा शक्ति सम्पन्नहरूले दिनदिनै भोज गर्छन् । घरमा भोज गर्ने, तारे होटेलहरूमा डिनर र लञ्च लिने गर्छन् । पैसाको अभाव छैन । तर, गरी खाने वर्गले पेटभरी खाना खान पाउँदैन । किनभने उसँग खाना खानको लागि सम्पति नै हुँदैन । न आवश्यकता अनुसारको ज्याला मजदुरी नै पाउँछ । किनेर खानको पैसा हुँदैन । मर्न नसकेर बाँचिरहेको अवस्था छ । हरेक कुरामा उनीहरू नै ठगिएका छन् । गणतन्त्रको नाम दिइएको वर्तमान ब्यवस्थामा गणतन्त्र पनि धनीहरूकै पोल्टामा परिरहेको छ । गणतन्त्र आयो भने सबैलाई गास, बास, कपास, शिक्षा, रोजगारी उपलब्ध हुन्छ भनेर भनियो । त्यस्तो ब्यवस्था हुन्छ भने त्यहि स्थापना गर्ने भनेर हजारौँ मानिसले ज्यान गुमाएर गणतन्त्र स्थापना गरे । तर, त्यो गणतन्त्रको सारतत्व धनीहरूबाट खोसियो । अगुवा नेताहरू नै धनीको सुचीमा पर्न गए । गरिबलाई पौष्टिक तत्वको अभाव त छ नै, दुई छाक पेटभर खाना पनि जुरिरहेको छैन भन्ने त सरकारी तथ्यांकले नै देखाइरहेको छ ।
यसरी कुपोषणसँग लडेर बाँचेकालाई फेरि कतिपयका घिनलाग्दा आँखाहरू गडेर बाँच्ने अधिकार छिनिएको छ । कैयौँ बालिकाहरू आफ्नो अस्तित्व लूटाउन, ज्यान गुमाउन बाध्य भएका छन् । केन्द्रीय बालकल्याण समितिले गत चैतदेखि यो बर्षको असारसम्मको चार महिनामा १ सय १८ जना बालिका बलात्कृत भएको तथ्य सार्वजनिक गरेको छ । यसरी हेर्दा नेपालमा हरेक दिन एकजना बालिका बलात्कारको शिकार भएका छन् । प्रतिवेदनअनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको व्यवस्थाअनुसार बलात्कारपछिको हत्यामा आजीवन कारागारको सजाय हुने व्यवस्था गरिएको छ । बलात्कारीलाई कडा भन्दा कडा सजायको ब्यवस्था छ । यो कानुनले बलात्कारलाई रोक्न सक्ला या नसक्ला त्यो त तपसिलको कुरा हो, तर, यसलाई सम्बोधन गर्नको लागि पनि राजनैतिक कदम अनिवार्य हुन्छ । किनभने गरिबीले नै मानिसलाई बलात्कारीको नजिक पुराउँछ । यौन शोषणको निकट पुराउँछ । यसलाई हल गर्न राजनैतिक रूपान्तरणको खाँचो छ । यसमा कसले ध्यान दिने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?