ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बुटवलमा बाढीले गराएको खबरदारी !

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बुटवलमा शनिवार राती परेको भारी बर्षाका कारण केही क्षेत्रमा भएको डुबान र क्षतिले सवैलाई सचेत बनाएको छ । बर्षाअघि नै नदी तथा तलको तटीय क्षेत्रको जोखिमका बिषयमा ध्यान नदिने हो भने यो अवस्था फेरीपनि दोहोरिन सक्छ भन्ने यो उदाहरण हो । रातभरीकै भीषण बर्षाले बुटवल प्रभावित भएकोले बर्षाको समय आउन अझै बाँकी छ । त्यो बेला बुटवलको अवस्था के होला ? यसको उत्तर सहज छ– अब बुटवलका जनता सवै सतर्क हुनु जरुरी छ । नदी, कल्र्भट तथा ढल निकासलाई समयमै ख्याल नगर्दा नाली, कल्भर्ट थुनिएकै कारण बाढीको यत्रो बितण्डा भयो । यद्यपि बाढीले ठूलो क्षति भने गर्न पाएन । तर, बुटवलका जनतालाई सचेत भने बनाएको छ । अर्कोतर्फ बुटवल उपमहानगरपालिकाले समेत बर्षा अघि नै बुटवलको साना खहरे, नदी, कल्भर्ट, ढल सफाईमा ध्यान दिनु जरुरी छ । बुटवल हरेक बर्ष बर्षापछि आउने बाढीको चेपुवामा पर्दै आएको छ । तिनाउ नदीबाट प्रभावितहरूको विस्थापनको पीडा एकातर्फ छँदैछ ।

अर्कोतर्फ सहरभित्रै नदी नै बग्ने भेल आउँदा बुटवल सहर जोखिममा छ भन्ने प्रमाणित गरेको छ । ज्योतिनगरको पीडा छँदैछ । त्यहाँका स्थानीय जनता बर्षाैदेखि बर्षायाममा त्रसित हुनुपरेको छ । शनिवार राती परेको पानीले रूपन्देही उद्योग संघ, पश्चिम नेपाल बस ब्यवसायी सघ र रासस कार्यालयमा बाढी पसेर क्षति भएको छ । उता सोह्र छत्तिस कुलाको पानी होराइजन स्कुलमा समेत पुग्दा आज विद्यार्थीलाई बिदा दिनुपर्ने अवस्था आएको छ । एक दिनको पानी त्यो पनि बैशाखको पानीले यतिधेरै क्षति गरेको छ । तसर्थ अझै बर्षाको समय आउनै बाँकी छ । शनिवार रातीको पानीले बर्षाअघि सचेत बन्नुपर्ने चेतावनी दिएको छ । त्यसैपनि नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नयाँ कुरा होइन । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको छ । पूर्वी पहाडी जिल्लामा प्रकोपजन्य जोखिम सुरु भैसकेको छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरूपमा न्यूनीकरण गर्दै जानुपर्ने भएतापनि उक्त कार्यमा अपेक्षित प्रगति हुन सकेको देखिदैन । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरू) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्वतयारी एवं पूर्व सावधानी सहितको कार्ययोजना तत्काल बनाउन, उद्धार लगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधि लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नेतर्फ सरकारले अहिलेदेखि नै ध्यान दिनु जरुरी छ ।
बाढी पहिरोको समस्या समाधानको लागि सम्बन्धित सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गरी छिटो काम गरेमा जोखिम न्यूनिकरण हुने अपेक्षा गर्न सकिन्छ । अतः बाढीबाट पूर्व सतर्कता अपनाउने कुरामा अवपनि सम्वेदनशील नहुने हो भने जोखिम झनै बढ्ने छ । बर्षा आउनै बाँकी छ । बर्षा पूर्वको भीषण बर्षाले सवैलाई सचेत बनाएकोमात्र छैन, मौसमले खबरदारी गरिसकेको छ । अव यो खबरदारीलाई आत्मसाथ गर्दै यो बर्षको बर्षा पूर्व जोखिम न्यूनिकरणतर्फ सम्वन्धित निकायको ध्यान जानु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?