ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक

नमुना विद्यालयको रूपमा विकास हुँदै गएको पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको मुस्लीम समुदायका बालबालिका अध्ययन गर्ने मदरसा मदिनतुल ओलुम आर्थिक अभावको चपेटामा परेको छ ।
७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

सुनवल, ७ जेठ । नवलपरासी जिल्लाको प्रतापुरमा रहेको मदरसा शिक्षामा आधारित पाठ्यक्रम अनुसार नेपालमै पहिलो पटक कक्षा १२ सम्म अध्यापनको अनुमति पाएको उक्त मदरसा ऋण खोजेर सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको छ । मदरसाको क्षेत्रमा नेपालकै पहिलो अभ्यासको रूपमा तीन वर्ष अगाडि नै एसइइ सम्मको परीक्षा दिएका मुस्लिम बालबालिकाहरू गत वर्षदेखि कक्षा १२ सम्म प्रतापपुर ६ हरपुरमा रहेको मदरसामै पढाइलाई निरन्तरता दिन पाएका छन् ।

प्रतापपुरको सिमावर्ती गाउँ हरपुरमा रहेको मदरसामा अहिले कक्षा १२ सम्म ३ सय ५९ जना बालबालिकाले अध्ययन गर्दे आएका छन् । नवलपरासीका मात्रै होईन रूपन्देही र कपिलवस्तुबाट पनि बालबालिका अध्ययनका लागि मदरसा मदिनतुल ओलुममा आउँछन् । छात्रावासको समेत व्यवस्था रहेको मदरसामा हाल ४० जना जिल्ला बाहिरका विद्यार्थी छन् । बुटवलबाट आई छात्रावासमा बसेर पढिरहेकी आस्मा मन्सुरीले मदरसा मदिनतुल ओलुमले आफूहरूको भविष्य बदल्न सहयोग गरेको बताइन् । ‘बुटवलमा खोजेजस्तो मदरसा नै छैन्, मन्सुरीले भनिन्, यहाँ आफ्नै घर जसतो गरी होस्टलमा बसेर पढ्न पाइएको छ, मुस्लिम महिलाका लागी यो ठुलो कुरा हो ।’
प्रतापपुर पिपरपातीकी अल्मेरु निसा पनि कक्षा १२ मा पढ्छिन । उनलाई गाउँमै कक्षा १२ सम्म मदरसामा पढ्न पाईएला भन्ने आशानै थिएन् । तर अहिले एसइइ हँुदै १२ कक्षा सम्म गाउँमै त्यो पनि मदरसामा पढ्न पाएकोमा आफूलाई भाग्यमानी मान्छिन् । ‘पहिले त कि भारत जानुपर्दथ्यो, धेरै छोरीहरू घरबाट निस्कनै पाउँदैनथे, तर अहिले गाउँको विद्यालयमा पढ्न पाएका छांै, अब त जागिर पनि पाईएला भन्ने आशा छ, निसाले भनिन् । ’
उक्त विद्यालयका कुल विद्यार्थी मध्ये दुई तिहाई छात्रा मात्र छन् । त्यसैले पनि महिलालाई शिक्षाको ज्योती देखाउने महŒवपूर्ण कदमको रूपमा मदरसा स्थापित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारी बताउँछन् । आफैले जग्गा दान दिएर सुरु भएको मदरसा अहिले आर्थिक संकटमा पर्दा भने साढे तीन सय बढि विद्यार्थीको भविष्य के हुने हो भन्ने चिन्ता अन्सारीलाई छ । ‘हेडसरले जताततै पहल गरिरहनुभएको छ तर सहयोग जुट्दैन्, ऋण खोजेर कसरी चल्ने हो मलाई त समजमा आएको छैन् अन्सारीले गुनासो पोखे ।’
विद्यालयका प्रधानाध्यापक अमिर आजम मियाँ विद्यालयको स्रोत व्यवस्थापनका लागि वडादेखि पालिका हुँदै काठमाडौं सम्म पुगेपनि पर्याप्त स्रोत जुट्ने आधार नपाएको भन्दै निराशा व्यक्त गर्छन् ।

शिक्षकहरूले गत वर्षकै तलब पाउनुभएको छैन्, यस वर्ष पनि सबैलाई दिन सक्ने अवस्था छैन्, कहिले सम्म सेवा मात्र गर्ने त ? उनले प्रश्न गरे । विद्यालयले गत वर्ष नै ऋण खोजेर केहि शिक्षकको तलब भुक्तानी गरेको मियाँको भनाइ छ । संघिय सरकारले वर्षभरका लागी जम्मा १० लाख दिएको छ, त्यतिले साढे तिन सय बढि विद्यार्थी अध्ययन गर्ने विद्यालयको खर्च व्यवस्थापन कसरी हुन्छ ? प्रधानअध्यापक मियाँले सरकार संग प्रश्न गरे ।
संघीय सरकारको परम्परागत शिक्षण संस्था सञ्चालन मापदण्डमा विद्यार्थी संख्याको आधारमा दरबन्दी वा राहत अनुदान कोटा सहित शिक्षण सहयोग अनुदान रकम प्रदान गर्ने व्यवस्था छ । तर उक्त व्यवस्था अनुरूप संघीय सरकारले मदरसालाई सहयोग नगरेको विद्यालयको भनाइ छ । सिमावर्ती क्षेत्रमा मुस्लिम बालबालिकामा शिक्षाको भोक जगाएको विद्यालयमाथी सरकारले वेवास्ता गर्नु गम्भिर विषय भएको आजमको भनाई छ । यदि अन्य विद्यालयमा यतिनै विद्यार्थी अध्ययन गर्ने हो भने डेढ करोड रकम सहजै आउथ्यो तर हामीलाई वर्षमा १० लाख दिएर कसरी सञ्चालन गर्ने ? न त, पालिकाले सहयोग गरेको छ न प्रदेश न संघीय सरकार, मियाँले भने ।

अंग्रेजी, नेपाली, गणित, विज्ञान सहित धार्मिक शिक्षा अन्तर्गत अरवी, उर्दु लगायतका विषय पनि अध्ययन हुदै आएको मदरसा अहिले मुस्लीम बालबालिकाको रोजाईको केन्द्र बनेको छ । गाउँमै मदरसा सञ्चालनमा आएपछि मुस्लिम समुदायमा बालविवाह कम भएको छ भने गाउँका सबै छात्राहरू विद्यालय जान थालेका छन् । विगतमा मुस्लिम बालिकाहरू विद्यालय जान हँुदैन भन्ने धारण परिवर्तन भएको स्थानीयहरू बताउँछन् । २०६४ सालमा समुदायको लगानीमा स्थापना भएको मदरसालाई तिनै तहका सरकारले वेवास्ता गरेको मदरसाको शिक्षक अभिभावक संघका अध्यक्ष अलस्गिर हजामले गुनासो गरे । समुदायकै अग्रसरतामा स्थापना गरेर मुस्लिम बालबालिकालाई शिक्षा ँिददै आएको विद्याको मन्दिरलाई बचाउन कुनै पनि सरकारले चासो नदिएको हजामले बताए ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले स्थानीय तहले सहयोग गर्दै आएको बताएका छन् । वडा बाट चालु आर्थिक वर्षमा ३ लाख अनुदान दिनुका साथै पालिका मार्फत छात्रावासको भान्सा निर्माण गरेको अधिकारीले बताए । तर त्यतिले मात्रै विद्यालयको आर्थिक अवस्था सुधार गर्न पर्याप्त भने भएको छैन । स्थापनाकालमा कक्षा ५ सम्म सञ्चालनको अनुमती पाएको विद्यालयले २०७७ सालमा कक्षा १० सम्म र २०७९ सालमा कक्षा १२ सम्म अध्यापनको अनुमती पाएको हो । अहिले विद्यालयमा एक जना कर्मचारी सहित १५ जना शिक्षक शिक्षिका कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?